arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
विश्व समाचार

भारतीय आध्यात्मिक गुरू बलात्कारमा दोषी ठहरपछि हिंसामा मारिनेको संख्या ११ जना पुग्योtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र ९, शुक्रवार)


भारतका स्वघोषित आध्यात्मिक गुरू गुमरित राम रहिम सिँहलाई लामो समयपछि अदालतले बलात्कारमा दोषी ठहर गरेको छ ।

हरियाणाको पञ्चकुलास्थित केन्द्रीय जाँच ब्यूरोको विशेष अदालतले 'डेरा सच्चा सौदा' अभियानका प्रमुखसमेत रहेका रहिमलाई बलात्कारमा दोषी ठहर गर्दै शुक्रबार (आज)जेल पठाउने निर्णय गरेको हो ।

उनले भोग्नुपर्ने जेल सजायको समय भने अदालतले सोमबार तोक्ने उल्लेख गरेको छ । त्यतिन्जेलसम्म रहिमलाई प्रक्राउ गरी सेनाको पुर्वी कमान्ड मुख्यालयस्थित सैनिक हिरासतमा राख्न अदालतले आदेश दिएको छ । उनलाई राखिने जेलबारे भोलिसम्म निर्णय गरिने बताइएको छ ।

अदालतको फैसलाप्रति उनका 'डेरा सच्चा सौदा' अभियानका लाखौँ समर्थकले विरोध गरेका छन् । राज्य सरकारले स्थिति सामान्य राख्न कफ्र्यू आदेश जारी गरेपछि सैनिकले मार्चपास गर्नु परेको छ ।

'बीबीसी'ले अहिलेसम्म हरियाणाको २२४ स्थान र पन्जाबको ६४ स्थानमा प्रहरी र डेरा समर्थकबीच झडप भएको र ती स्थानमा  ११ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

समर्थकहरुले सुरक्षाकर्मीको गाडी, रेल्वे स्टेसन तथा समाचार संकलन गर्न गएका सन्चारकर्मीको भ्यानमा समेत आगजनी गरेका छन् । स्थिति नियन्त्रणमा लिन कयौं सेल अश्रुग्याँस र 'हवाई फायर' गरिएको छ ।

सन् २००२ मा आफूलाई आध्यात्मिक गुरू बताउने रहिमले आफूलाई बलात्कार गरेको भन्दै एक अनुयायी महिलाले तत्कापलन प्रधानमन्त्री अटल बिहारी वाजपेयीलाई गोप्य चिठि लेखेकी थिइन् ।

चिठिकै आधारमा सार्वोच्च अदालतले छानविनको आदेश दिएको थियो । त्यसलगत्तै सीबीआइले अनुसन्धान अगाडी बढाएको थियो । उनीविरुद्ध हत्या आरोपमा पनि मुद्दा चलिरहेको छ ।

'डेरा सच्चा सौदा' अभियानका प्रवक्ता डा.दिलावर इंशाले अदालतले अन्यायपुर्ण फैसला गरेको बताएका छन् । उनले अपील गर्ने बताउँदै सबै समर्थकलाई शान्त रहन आह्वान गरेका छन् । (एजेन्सी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
इरान विश्वका लागि सबैभन्दा ठूलो खतरा:- इजरायली प्रधानमन्त्री नेतन्याहु
इरानमा ६० यात्रु सहित यात्रुवाहक विमान दुर्घटना
इजरायलका प्रधानमन्त्री नेतन्याहूमाथि मुद्दा चलाउने तयारी
सिरियाले गोली हानेर इजरेली लडाकू विमान खसाल्यो
बङ्लादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई पाँच वर्षको जेल सजाय
माल्दिभ्समा संकटकालिन अवस्था घोषणा
नयाँदिल्ली सबैभन्दा प्रदूषित सहर
अफगानिस्तानको काबुलमा एम्बुलेन्स बम विस्फोटमा परी कम्तीमा ९५ को मृत्यु, १ सय ५८ घाइते
टर्किस राष्ट्रपतिद्दारा कुर्द लडाकूविरुद्धको संघर्ष पूर्वी इराकसम्म पुर्‍याउने दावी
दक्षिण कोरियाको एक अस्पतालमा भीषण आगलागीमा परी ४१ जनाको मृत्यु
अफगानिस्तानको होटल भिडन्तमा १४ पर्यटकको मृत्यु
भारी हिमपातका कारण युरोपको जनजीवन प्रभावित
अमेरिकाको क्यालिफोर्नियामा बाढी र पहिरोमा परेर कम्तिमा १३ जनाको मृत्यु
दुई कोरिया पहिलो पटक उच्चस्तरीय वार्तामा
अमेरिकामा बस्दै आएका दुई लाख आप्रवासीलाई आफ्नो मुलुक फर्कन ट्रम्प प्रशासनले निर्देशन
म्यानमारमा सरकारविरुद्ध लडाइँ जारी राख्ने रोहिंग्या आर्मीको उद्घोष
उत्तर कोरियाले सिओलमा हुने आगामी ओलम्पिक प्रतियोगितामा भाग लिने
पाकिस्तानलाई दिँदै आएको सबैखाले सैन्य सहयोग रोक्ने अमेरिकाको घोषणा
पेरुमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा ३६ जनाको मृत्यु
इरानमा जारी प्रदर्शनमा मारिनेको संख्या २२, सयौं पक्राउ
http://go.oclaserver.com/afu.php?zoneid=1465736