arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

नयाँदिल्लीको प्रदूषित तुवाँलो हटेन, जनजीवन प्रभावित, सबै प्राथमिक विद्यालयहरु बन्दtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २३, विहीवार)



वायुमण्डलमा बाक्लो तुवाँलोका कारण जनजीवन प्रभावित भएको नयाँदिल्लीमा बिहीबार पनि समस्या यथावत रहेको छ ।

भारतीय सहर नयाँदिल्लीमा वायु प्रदूषणको समस्या नघटेपछि बाक्लो तुवाँलोका कारण जनजीवन प्रभावित भएको नयाँदिल्लीमा बिहीबार पनि समस्या यथावत रहेको छ । उक्त प्रदुषणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षित मापदन्डभन्दा ७० गुणासम्म बढी रहेको पाइएको छ ।

उक्त मापदन्डमा सुधारका लागि विशेष पहल गर्न सबैले सरकारलाई आग्रह गरेका छन् । भारत सरकारले नयाँदिल्लीका सबै प्राथमिक विद्यालयहरु बुधबारदेखि बन्द गरेको थियो ।

नयाँदिल्लीका उपमुख्यमन्त्री मनिष सिशोडियाले बालबालिकाको स्वास्थ्यमा चाँडै असर गर्ने भएकोले विद्यालयहरु बन्द गर्नुपरेको बताएका थिए ।

उनले कहिलेसम्म विद्यालय बन्द गरिरहने भन्ने बारेमा सरकारले वातावरण विज्ञहरुसँग सल्लाह गरिरहेको जानकारी पनि दिएका छन् । उनले दिल्ली सहरमा प्रत्येक घन्टामा प्रदूषणको स्थितिको बारेमा मापन र निरीक्षण गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

नयाँदिल्लीस्थित अधिकारीहरुका अनुसार दिल्लीमा अवस्थित विद्यालयहरुलाई बाहिर खुला ठाउँमा कुनै पनि गतिविधिहरु सन्चालन नगर्न आग्रह गरिएको बताएका छन् ।

भारतीय मेडिकल संघ आईएमएले जनस्वास्थ्यमा आपतकालको अवस्था रहेको बताएको छ । उक्त संघले प्रदूषणले उत्पन्न गरेको वर्तमान जोखिम कमगर्न आवश्यक प्रयासका लागि आह्वान गरेको छ ।

दिल्ली सरकारले बुधबारमात्र नयाँदिल्लीमा जनस्वास्थ्य संकटकालको घोषणा गरेको जानकारी दिएको थियो । त्यसैकारण पनि सार्वजनिक स्थलमा हुने खुला कार्यक्रमहरु कम भएका छन् ।

दिल्लीमा बढ्दो तुवाँलोको अवस्था यस्तै रहेमा आगामी १९ नोभेम्बरमा आयोजना हुन लागेको म्याराथन प्रतियोगिता पनि स्थगित हुनसक्ने बताइएको छ । आईएमएले भने सो स्थगित गर्न सुझाएको छ ।

नयाँदिल्ली विश्वकै सबभन्दा प्रदूषित सहरमध्येमा पर्छ । दिल्लीलाई लगातार तेस्रो दिन बिहीबार पनि बाक्लो तुवाँलोले ढाकेको छ । वातावरण र स्वास्थ्यका अधिकारीहरु यसको समाधानका उपायहरु खोजिरहेका छन् ।

तर, तुवाँलो समस्या समाधानका लागि भएका प्रयासहरु प्रभावकारी हुन सकेका छैनन् । अधिकारीहरुले धैर्य गर्न सर्वसाधारणलाई अपिल गरिरहेका छन् ।

राजधानी नयाँदिल्लीमा प्राय जाडो महिना सुरु भएपछि यसैगरी बाक्लो तुवाँलो आउने गर्दछ । केही बर्षयतादेखि नयाँ दिल्लीको वायु प्रदुषणको मात्रा बढ्दै जान थालेकोले यस्तो समस्या देखिएको बताइएको छ ।

नयाँदिल्लीको औद्योगिकरण, फोहोर र सवारीसाधनको चापलाई वायु प्रदुषणको प्रमुख कारणका रुपमा लिने गरिएको छ ।

स्वास्थ्यका अधिकारीहरुले अरु एक दुई दिनमात्र पनि यसैगरी तुवाँलो नहट्ने हो भने यसले नागरिकको स्वास्थ्यमा समस्या देखिन सक्ने अवस्था रहेको बताएका छन् । (रासस/सिन्ह्वा)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
भारी हिमपातका कारण युरोपको जनजीवन प्रभावित
अमेरिकाको क्यालिफोर्नियामा बाढी र पहिरोमा परेर कम्तिमा १३ जनाको मृत्यु
दुई कोरिया पहिलो पटक उच्चस्तरीय वार्तामा
अमेरिकामा बस्दै आएका दुई लाख आप्रवासीलाई आफ्नो मुलुक फर्कन ट्रम्प प्रशासनले निर्देशन
म्यानमारमा सरकारविरुद्ध लडाइँ जारी राख्ने रोहिंग्या आर्मीको उद्घोष
उत्तर कोरियाले सिओलमा हुने आगामी ओलम्पिक प्रतियोगितामा भाग लिने
पाकिस्तानलाई दिँदै आएको सबैखाले सैन्य सहयोग रोक्ने अमेरिकाको घोषणा
पेरुमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा ३६ जनाको मृत्यु
इरानमा जारी प्रदर्शनमा मारिनेको संख्या २२, सयौं पक्राउ
चीन, पाकिस्तान र अफगानिस्तानद्दारा तालिवान लडाकूलाई शान्ति वार्ताका लागि अपील
इन्डियाको काश्मिरबाट आयो डरलाग्दो खबर : दोहोरो गोली हानाहानमा वरिष्ठ नेताको मृत्यु
समुद्रले मच्चायो विनाश, १३ देशमा अढाइ लाखभन्दा धेरै लाश छरपस्ट
समुन्द्रले मच्चायो विनाश, १३ देशमा अढाइ लाखभन्दा धेरै लाश छरपस्ट
रुसको राजधानी मस्कोमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु
दक्षिणी फिलिपिन्समा आँधीका कारण मृत्‍यु हुनेको संख्या १८०
भेनेजुएलाद्वारा ब्राजिलका राजदूत तथा क्यानेडेली एक कूटनीतिज्ञलाई देश निकाला
उत्तर कोरियाद्वारा अन्तर्राष्ट्रिय नाकाबन्दीको कडा शब्दमा निन्दा
दक्षिण कोरियाको जोसेन सहरमा ८ तले भवनमा आगलागी हुँदा २९ जनाको मृत्यु, २६ घाइते
जापानले क्षेप्यास्त्र प्रतिरक्षासम्बन्धी प्रणाली आफ्नो भूमिमा जडान गर्ने
डीभी परेर अमेरीका आउने आप्रवासीहरु खराब रद्दीको टोकरीबाट निकालिएका मान्छे हुन्: डोनाल्ड ट्रम्प
http://go.oclaserver.com/afu.php?zoneid=1465736