arghakhanchi
मिति:
*BREAKING NEWS ताजा समाचार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विज्ञान,सुचना-प्रबिधि

चुनावको दिन कस्तो रहला मौसम ?text size increase   text size decrease   Print    rss (२०७४ म‌सिर १९, मंगलवार)

world news

मौसम पूर्वानुमान महाशाखाले दोस्रो चरणको प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनको दिन बिहीबार (२१ गते) सबै प्रदेशमा आंशिक बदली हुने जनाएको छ।

प्रदेश चारदेखि सातबीचका सबै प्रदेशका तराई तथा पहाडी क्षेत्रका केही स्थानमा बिहीबार हल्का बर्षा हुने अनुमान गरेको छ। 

महाशाखाद्वारा मंगलबार साँझ जारी विशेष बुलेटिन अनुसार बुधबार २० गते चारदेखि सातसम्मका प्रदेशमा पूर्णतया बद्लीको संभावना छ। प्रदेश एकदेखि तीनमा सामान्यदेखि आंशिक बदलीको संभावना रहेको जनाएको छ।

महाशाखाकी मौसमवीद शान्ति कँडेलले अरब सागरमा विकास भएको धेरै शक्तिसाली सामुन्द्रिक चक्रवातका कारण सामान्यदेखि आंशिक बद्ली, हल्का बर्षा र तापक्रम घटने संभावना रहेको जानकारी 

‘चक्रवातले गर्दा मौसम अवरुद्ध भएको छ । यही कारणले मंगलबार साँझ पश्चिम हिमाली क्षेत्रमा सामान्य हिमपात पनि भएको छ’, उनले भनिन, ‘मध्य हिमाली क्षेत्रमा बुधबार हिमपात हुनसक्छ ।’ उनले हिमपातका कारण मंगलबार चिसो महशुस भएको हुनसक्ने बताइन।  ‘बुधबार सबै प्रदेशमा अधिकतम तापक्रम पनि केही घट्ने संभावना छ’, बुलेटिनमा भनिएको छ । मंगलबार चारदेखि सातसम्मका प्रदेशमा पूर्ण तया र प्रदेश १ र ३ मा सामान्य बदली र दुई प्रदेशको मौसम सफा रहेको जानकारी दिएको छ ।

महाशाखाले दक्षिण छिमेक भारतको गुजरात नजिकै अरब सागरमा अवस्थित सामुद्रिक चक्रवातको प्रभावले गर्दा मंगलबार साँझसम्म पश्चिम क्षेत्रमा बादल लागेको र देशका मध्य क्षेत्रमा सामान्यदेखि आंशिक बदली भएको जनाएको छ।  

तीन दिनसम्मै हल्कादेखि मध्यम हिमपात

महाशाखाले अर्को विशेष बुलेटिन जारी गर्दै दक्षिणपूर्वी अरब सागरमा अवस्थित चक्रवात शक्तिसाली भइसकेको जानकारी पनि दिएको छ। त्यसको प्रभाव नेपालको हिमाली क्षेत्रमा पनि पर्ने र पर्वतारोहीहरुले विशेष सावधानी अपनाउनुपर्ने जनाएको छ। 

भू–उपग्रहबाट प्राप्त तस्बिर तथा गणितिय मौसम पूवार्नुमानका आधारमा महाशाखाले मंगलबार पश्चिम हिमाली क्षेत्रको धेरै स्थानमा हल्कादेखि मध्यम खालको र मध्य क्षेत्रको हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम खालको हिमपातको संभावना रहेको जनाएको छ । पूर्वी हिमाली क्षेत्रमा हल्का हिमपातको संभावना औंलाएको छ।

यसैगरी महाशाखाले बुधबार पनि पश्चिम र मध्य क्षेत्रमा हल्कादेखि मध्यम खालको हिमपातको संभावना रहेको जनाएको छ। पूर्वमा हल्का हिमपात हुने र पश्चिमका केही क्षेत्रमा हल्का बर्षाको संभावना पनि देखाएको छ । बिहीबार पनि त्यही  अनुमान गरेको छ।

महाशाखाले सोमबार चक्रवातको बाहिरी घेराले पश्चिम नेपाललाई छोएको त्यसको प्रभाव देखिन थालेको जनाएको थियो। मंगलबार पश्चिम क्षेत्रमा हल्का हिमपात भएको जानकारी दिएको छ।  
--नागरिक

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विज्ञान,सुचना-प्रबिधि
देशभरका पहाडी र पूर्वी तराई क्षेत्रमा मौसम बदली, केही क्षेत्रमा बर्षा हुने
आज राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
प्रबासी नेपाली मंच, साउदी अरबले ३ लाख ३० हजार रुपैया बाढी पिडितको लागि सहयोग गर्यो
अब सवारीसाधनमा क्युरिटी इम्बोसड नम्बर प्लेट सुरु
आज चन्द्रग्रहण लाग्ने, २ बजेर ७ मिनेटदेखि भोजन निषेध
नेपाल रेडक्रस सोसाइटीद्वारा तयार पारिएको प्राथमिक उपचार मोवाइल एप्प सार्वजनिक
टेलिकमको डाटा प्याकेज अनलाइनबाटै खरिद गर्न सकिने
सूर्यमा प्वाल, पृथ्वीमा अन्धकार र भू–उपग्रह सन्चारप्रणाली नै ध्वस्त हुनसक्ने वैज्ञानिकको चेतावनी
बागलुङको तमानखोलामा पहिलो पटक टेलिकमको मोवाईल सेवा पुग्यो
चट्याङबाट हुने जोखिम कम गर्ने तीन उपायहरु
वैज्ञानिकहरुको ठूलो सफलता ! एड्सको उपचार पत्ता लाग्यो
सय वर्षपछि पृथ्वी बस्न लायक नहुने, बाँच्नका लागि अन्य ग्रहमा जानुपर्ने
निर्वाचनका सबै गतिविधि हेर्नसक्ने 'इलेक्सन नेपाल' नामक मोबाइल एप्सको सुरु
नेपालमा अबको १३ वर्ष भित्रमा ५० हजार मानिसको ज्यान जानेगरि ठूलो भूकम्प आउने
अधिक गर्मी र तातो हावाका कारण बाँकेको जनजीवन प्रभावित, नेपालगन्जको तापक्रम ३८ डिग्री
जैविक ऊर्जा रणनीति सार्वजनिक : एलपी ग्यास र इन्धन आयात प्रतिस्थापन गर्न रणनीतिले सघाउने
फोनमा धेरै समय बोल्दा श्रवण शक्ति गुम्ने खतरा
एनसेलका ग्राहकहरुले आजदेखि नि:शुल्क फेसबुक चलाउन पाउने
प्रिपेड मोबाइलमा पनि फोरजी, कल रिङ ब्याक टोन सेवा पुनः सुरु
ललितपुरमा भोलिदेखि मेकानिकल प्रर्दशनी रोबोट फाइट, ड्रोन र इनर्जी भिलेज मुख्य आकर्षण
http://go.oclaserver.com/afu.php?zoneid=1465736