arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
विज्ञान,सुचना-प्रबिधि

चुनावको दिन कस्तो रहला मौसम ?text size increase   text size decrease   Print    rss (२०७४ म‌सिर १९, मंगलवार)

world news

मौसम पूर्वानुमान महाशाखाले दोस्रो चरणको प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनको दिन बिहीबार (२१ गते) सबै प्रदेशमा आंशिक बदली हुने जनाएको छ।

प्रदेश चारदेखि सातबीचका सबै प्रदेशका तराई तथा पहाडी क्षेत्रका केही स्थानमा बिहीबार हल्का बर्षा हुने अनुमान गरेको छ। 

महाशाखाद्वारा मंगलबार साँझ जारी विशेष बुलेटिन अनुसार बुधबार २० गते चारदेखि सातसम्मका प्रदेशमा पूर्णतया बद्लीको संभावना छ। प्रदेश एकदेखि तीनमा सामान्यदेखि आंशिक बदलीको संभावना रहेको जनाएको छ।

महाशाखाकी मौसमवीद शान्ति कँडेलले अरब सागरमा विकास भएको धेरै शक्तिसाली सामुन्द्रिक चक्रवातका कारण सामान्यदेखि आंशिक बद्ली, हल्का बर्षा र तापक्रम घटने संभावना रहेको जानकारी 

‘चक्रवातले गर्दा मौसम अवरुद्ध भएको छ । यही कारणले मंगलबार साँझ पश्चिम हिमाली क्षेत्रमा सामान्य हिमपात पनि भएको छ’, उनले भनिन, ‘मध्य हिमाली क्षेत्रमा बुधबार हिमपात हुनसक्छ ।’ उनले हिमपातका कारण मंगलबार चिसो महशुस भएको हुनसक्ने बताइन।  ‘बुधबार सबै प्रदेशमा अधिकतम तापक्रम पनि केही घट्ने संभावना छ’, बुलेटिनमा भनिएको छ । मंगलबार चारदेखि सातसम्मका प्रदेशमा पूर्ण तया र प्रदेश १ र ३ मा सामान्य बदली र दुई प्रदेशको मौसम सफा रहेको जानकारी दिएको छ ।

महाशाखाले दक्षिण छिमेक भारतको गुजरात नजिकै अरब सागरमा अवस्थित सामुद्रिक चक्रवातको प्रभावले गर्दा मंगलबार साँझसम्म पश्चिम क्षेत्रमा बादल लागेको र देशका मध्य क्षेत्रमा सामान्यदेखि आंशिक बदली भएको जनाएको छ।  

तीन दिनसम्मै हल्कादेखि मध्यम हिमपात

महाशाखाले अर्को विशेष बुलेटिन जारी गर्दै दक्षिणपूर्वी अरब सागरमा अवस्थित चक्रवात शक्तिसाली भइसकेको जानकारी पनि दिएको छ। त्यसको प्रभाव नेपालको हिमाली क्षेत्रमा पनि पर्ने र पर्वतारोहीहरुले विशेष सावधानी अपनाउनुपर्ने जनाएको छ। 

भू–उपग्रहबाट प्राप्त तस्बिर तथा गणितिय मौसम पूवार्नुमानका आधारमा महाशाखाले मंगलबार पश्चिम हिमाली क्षेत्रको धेरै स्थानमा हल्कादेखि मध्यम खालको र मध्य क्षेत्रको हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम खालको हिमपातको संभावना रहेको जनाएको छ । पूर्वी हिमाली क्षेत्रमा हल्का हिमपातको संभावना औंलाएको छ।

यसैगरी महाशाखाले बुधबार पनि पश्चिम र मध्य क्षेत्रमा हल्कादेखि मध्यम खालको हिमपातको संभावना रहेको जनाएको छ। पूर्वमा हल्का हिमपात हुने र पश्चिमका केही क्षेत्रमा हल्का बर्षाको संभावना पनि देखाएको छ । बिहीबार पनि त्यही  अनुमान गरेको छ।

महाशाखाले सोमबार चक्रवातको बाहिरी घेराले पश्चिम नेपाललाई छोएको त्यसको प्रभाव देखिन थालेको जनाएको थियो। मंगलबार पश्चिम क्षेत्रमा हल्का हिमपात भएको जानकारी दिएको छ।  
--नागरिक

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विज्ञान,सुचना-प्रबिधि
काठमाडौं उपत्यकामा भीषण हावाहुरी
विश्वको गौरव सगरमाथालाई चिनियाँ भूभागमा देखाएको भन्दै आरोही संघद्वारा आपत्ति
वेबसाइट ह्याक गर्ने व्यक्ति पक्राउ
विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौं तेस्रो नम्बरमा
सिन्धुपाल्चाेकमा ४.२ रिक्टरको भूकम्प परकम्प
हुम्लामा ४.४ म्याग्निच्यूडको भूकम्प
यसै वर्षको अन्त्यसम्म जिका भाइरसविरुद्धको खोप तयार हुने
जिका भाइरसको संक्रमणले मस्तिष्कको विशेष कोषिका नष्ट गर्ने
ह्वाट्सएपले ब्ल्याकबेरी र नोकिया डिभाइसहरुमा आफ्नो सेवा बन्द गर्ने
मोबाइलको अति प्रयोग वा अव्यवस्थित प्रयोगले स्वास्थ्यमा हानिकारक, यसो गराउनुस्
राजधानी काठमाडौं लगायत देशका विभिन्न भागमा ५.४ रेक्टर स्केलको भूकम्पको झड्का महसुस
काठमाडौं उपत्यकामा ५.५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस
हार्टअट्याक: लामो समयसम्म खोकि राख्नुस् यदि मुटुको चालमा परिवर्तन अर्थात गलत संकेतको अनुभव र बेहोस हुँन्छु जस्तो महसुस भयो (जानी राखौँ)
काठमाडौमा फेरि भूकम्पको ठूलो धक्का महसुस
खाना पाकेपछि मात्र नुन हाल्न र दुई बालबालिका चिह्न भएको नुन मात्र प्रयोग गर्न चिकित्सकको आग्रह
सूचना-प्रविधि मेला काठमाडौंस्थित भृकुटीमन्डपमा सुरु
भूकम्पको धक्का महशुस
वैज्ञानिकहरुले सौर्य मण्डलमा नयाँ 'प्लानेट नाइन' ग्रह पत्ता लगाए, आकार पृथ्वीको भन्दा १० गुणा बढी
कपाल झरेर दिक्क हुनुभएको छ ? सजिलो ५ उपाय
साधारण चीमबाट भन्दा बढी प्रकाश दिने चीम बिकसित
http://go.oclaserver.com/afu.php?zoneid=1465736