arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
विज्ञान,सुचना-प्रबिधि

चुनावको दिन कस्तो रहला मौसम ?text size increase   text size decrease   Print    rss (२०७४ म‌सिर १९, मंगलवार)

world news

मौसम पूर्वानुमान महाशाखाले दोस्रो चरणको प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनको दिन बिहीबार (२१ गते) सबै प्रदेशमा आंशिक बदली हुने जनाएको छ।

प्रदेश चारदेखि सातबीचका सबै प्रदेशका तराई तथा पहाडी क्षेत्रका केही स्थानमा बिहीबार हल्का बर्षा हुने अनुमान गरेको छ। 

महाशाखाद्वारा मंगलबार साँझ जारी विशेष बुलेटिन अनुसार बुधबार २० गते चारदेखि सातसम्मका प्रदेशमा पूर्णतया बद्लीको संभावना छ। प्रदेश एकदेखि तीनमा सामान्यदेखि आंशिक बदलीको संभावना रहेको जनाएको छ।

महाशाखाकी मौसमवीद शान्ति कँडेलले अरब सागरमा विकास भएको धेरै शक्तिसाली सामुन्द्रिक चक्रवातका कारण सामान्यदेखि आंशिक बद्ली, हल्का बर्षा र तापक्रम घटने संभावना रहेको जानकारी 

‘चक्रवातले गर्दा मौसम अवरुद्ध भएको छ । यही कारणले मंगलबार साँझ पश्चिम हिमाली क्षेत्रमा सामान्य हिमपात पनि भएको छ’, उनले भनिन, ‘मध्य हिमाली क्षेत्रमा बुधबार हिमपात हुनसक्छ ।’ उनले हिमपातका कारण मंगलबार चिसो महशुस भएको हुनसक्ने बताइन।  ‘बुधबार सबै प्रदेशमा अधिकतम तापक्रम पनि केही घट्ने संभावना छ’, बुलेटिनमा भनिएको छ । मंगलबार चारदेखि सातसम्मका प्रदेशमा पूर्ण तया र प्रदेश १ र ३ मा सामान्य बदली र दुई प्रदेशको मौसम सफा रहेको जानकारी दिएको छ ।

महाशाखाले दक्षिण छिमेक भारतको गुजरात नजिकै अरब सागरमा अवस्थित सामुद्रिक चक्रवातको प्रभावले गर्दा मंगलबार साँझसम्म पश्चिम क्षेत्रमा बादल लागेको र देशका मध्य क्षेत्रमा सामान्यदेखि आंशिक बदली भएको जनाएको छ।  

तीन दिनसम्मै हल्कादेखि मध्यम हिमपात

महाशाखाले अर्को विशेष बुलेटिन जारी गर्दै दक्षिणपूर्वी अरब सागरमा अवस्थित चक्रवात शक्तिसाली भइसकेको जानकारी पनि दिएको छ। त्यसको प्रभाव नेपालको हिमाली क्षेत्रमा पनि पर्ने र पर्वतारोहीहरुले विशेष सावधानी अपनाउनुपर्ने जनाएको छ। 

भू–उपग्रहबाट प्राप्त तस्बिर तथा गणितिय मौसम पूवार्नुमानका आधारमा महाशाखाले मंगलबार पश्चिम हिमाली क्षेत्रको धेरै स्थानमा हल्कादेखि मध्यम खालको र मध्य क्षेत्रको हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम खालको हिमपातको संभावना रहेको जनाएको छ । पूर्वी हिमाली क्षेत्रमा हल्का हिमपातको संभावना औंलाएको छ।

यसैगरी महाशाखाले बुधबार पनि पश्चिम र मध्य क्षेत्रमा हल्कादेखि मध्यम खालको हिमपातको संभावना रहेको जनाएको छ। पूर्वमा हल्का हिमपात हुने र पश्चिमका केही क्षेत्रमा हल्का बर्षाको संभावना पनि देखाएको छ । बिहीबार पनि त्यही  अनुमान गरेको छ।

महाशाखाले सोमबार चक्रवातको बाहिरी घेराले पश्चिम नेपाललाई छोएको त्यसको प्रभाव देखिन थालेको जनाएको थियो। मंगलबार पश्चिम क्षेत्रमा हल्का हिमपात भएको जानकारी दिएको छ।  
--नागरिक

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विज्ञान,सुचना-प्रबिधि
काठमाडौँसहित पहाडी भेगको तापक्रममा केही सुधार, अझै एक/दुई दिन उपत्यकाको मौसम स्थिर रहने
आज वर्षकै दिन छोटो र रात लामो
सवारीचालक अनुमतिपत्र अब स्मार्ट कार्ड मा मात्र उपलब्ध
वाईफाईभन्दा सय गुणा तीब्र गतिमा इन्टरनेट चल्ने प्रविधि लाईफाई प्रविधिको सफल परीक्षण
भूकम्पका पराकम्पन आउनेक्रम अझै रोकिएन, काभ्रेमा कम्पन
नुवाकोट र गोरखालाई केन्द्रबिन्दु बनाएर फेरि भूकम्प धक्का महसुस
एन्टिबायोटिक औषधि प्राणघातक, विश्वमा प्रत्येक ५ मिनेटमा १ बालकको मृत्यू हुने
सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ५ दशमलव ३ म्याग्निच्युटको भूकम्पको पराकम्पन
रसुवा केन्द्र भएको ४.३ म्याग्नीच्युडको भूकम्पको परकम्प
नासाले प्रक्षेपण गरेको कसिनी स्पेसक्राफ्ट शनि ग्रह नजिक
रसुवा केन्द्रिविन्दु भएर भुकम्पको धक्का महशुस
इबोला भाइरस कम्तीमा पनि ९ महिनासम्म जिउँदो रहने
अब एन्ड्रोइड प्रयोगकर्ताहरुले ह्वाट्सएप च्याट, भिडियो र फोटो सिधै गुगल ड्राइभमा ब्याकअप राख्न सक्ने
ललितपुरलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडको पराकम्पन
#BackOFFNepal भन्दै पत्रकार महासंघको वेभसाइट ह्याक
नयाँ संविधान संविधानसभाबाट पारित हुँदै गर्दा काठमाडौं तथा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस
अन्तरिक्षमा सबैभन्दा बढी समय बिताउने नयाँ रेकर्ड कायम
दक्षिण अफ्रिकामा वैज्ञानिकहरुले मानवजस्तै नयाँ प्रजातिको अस्तित्वबारे नयाँ तथ्य पत्ता लगाए
काठमाडौंमा ५ रेक्टरस्केलको भूकम्पको धक्का महसुस
दोलखा र धादिङलाई केन्द्र विन्दू बनाएर भूकम्पका दुई वटा पराकम्पन
http://go.oclaserver.com/afu.php?zoneid=1465736