arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
विज्ञान,सुचना-प्रबिधि

चुनावको दिन कस्तो रहला मौसम ?text size increase   text size decrease   Print    rss (२०७४ म‌सिर १९, मंगलवार)

world news

मौसम पूर्वानुमान महाशाखाले दोस्रो चरणको प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनको दिन बिहीबार (२१ गते) सबै प्रदेशमा आंशिक बदली हुने जनाएको छ।

प्रदेश चारदेखि सातबीचका सबै प्रदेशका तराई तथा पहाडी क्षेत्रका केही स्थानमा बिहीबार हल्का बर्षा हुने अनुमान गरेको छ। 

महाशाखाद्वारा मंगलबार साँझ जारी विशेष बुलेटिन अनुसार बुधबार २० गते चारदेखि सातसम्मका प्रदेशमा पूर्णतया बद्लीको संभावना छ। प्रदेश एकदेखि तीनमा सामान्यदेखि आंशिक बदलीको संभावना रहेको जनाएको छ।

महाशाखाकी मौसमवीद शान्ति कँडेलले अरब सागरमा विकास भएको धेरै शक्तिसाली सामुन्द्रिक चक्रवातका कारण सामान्यदेखि आंशिक बद्ली, हल्का बर्षा र तापक्रम घटने संभावना रहेको जानकारी 

‘चक्रवातले गर्दा मौसम अवरुद्ध भएको छ । यही कारणले मंगलबार साँझ पश्चिम हिमाली क्षेत्रमा सामान्य हिमपात पनि भएको छ’, उनले भनिन, ‘मध्य हिमाली क्षेत्रमा बुधबार हिमपात हुनसक्छ ।’ उनले हिमपातका कारण मंगलबार चिसो महशुस भएको हुनसक्ने बताइन।  ‘बुधबार सबै प्रदेशमा अधिकतम तापक्रम पनि केही घट्ने संभावना छ’, बुलेटिनमा भनिएको छ । मंगलबार चारदेखि सातसम्मका प्रदेशमा पूर्ण तया र प्रदेश १ र ३ मा सामान्य बदली र दुई प्रदेशको मौसम सफा रहेको जानकारी दिएको छ ।

महाशाखाले दक्षिण छिमेक भारतको गुजरात नजिकै अरब सागरमा अवस्थित सामुद्रिक चक्रवातको प्रभावले गर्दा मंगलबार साँझसम्म पश्चिम क्षेत्रमा बादल लागेको र देशका मध्य क्षेत्रमा सामान्यदेखि आंशिक बदली भएको जनाएको छ।  

तीन दिनसम्मै हल्कादेखि मध्यम हिमपात

महाशाखाले अर्को विशेष बुलेटिन जारी गर्दै दक्षिणपूर्वी अरब सागरमा अवस्थित चक्रवात शक्तिसाली भइसकेको जानकारी पनि दिएको छ। त्यसको प्रभाव नेपालको हिमाली क्षेत्रमा पनि पर्ने र पर्वतारोहीहरुले विशेष सावधानी अपनाउनुपर्ने जनाएको छ। 

भू–उपग्रहबाट प्राप्त तस्बिर तथा गणितिय मौसम पूवार्नुमानका आधारमा महाशाखाले मंगलबार पश्चिम हिमाली क्षेत्रको धेरै स्थानमा हल्कादेखि मध्यम खालको र मध्य क्षेत्रको हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम खालको हिमपातको संभावना रहेको जनाएको छ । पूर्वी हिमाली क्षेत्रमा हल्का हिमपातको संभावना औंलाएको छ।

यसैगरी महाशाखाले बुधबार पनि पश्चिम र मध्य क्षेत्रमा हल्कादेखि मध्यम खालको हिमपातको संभावना रहेको जनाएको छ। पूर्वमा हल्का हिमपात हुने र पश्चिमका केही क्षेत्रमा हल्का बर्षाको संभावना पनि देखाएको छ । बिहीबार पनि त्यही  अनुमान गरेको छ।

महाशाखाले सोमबार चक्रवातको बाहिरी घेराले पश्चिम नेपाललाई छोएको त्यसको प्रभाव देखिन थालेको जनाएको थियो। मंगलबार पश्चिम क्षेत्रमा हल्का हिमपात भएको जानकारी दिएको छ।  
--नागरिक

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विज्ञान,सुचना-प्रबिधि
जिमेल अनसेन्ड (फिर्ता) गर्ने सुविधा थप
फेरि ४.३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस
पृथ्वी नयाँ चरणको संकटतर्फ प्रवेश गरेको डरलाग्दो अध्ययन प्रतिवेदन सार्वजनिक, पहिलो बाटो मानव विनाशको हुने
स्काइपले आजबाट निःशुल्क फोन गर्न सकिने सुविधा हटायो
अण्डा खानाले ८ फाइदाहरू
ट्वीटरले अक्षरको सीमा हटाउने
यि उपाय अपनाएर डन्डीफोरबाट छुटकारा पाउनुस्
अमेरिकी गुप्तचर संयन्त्र र सेनासँग सम्बन्धित १ करोड ४० लाख व्यक्तिको संवेदनशील डाटा ह्याक
काठमाडौँको तापक्रम अधिकतम ३४.३ मापन, नेपालगन्जको अधिकतम ४४.५, दिपायलको ४३, धनगढीको ४२.२, भैरहवाको ४२.५ र सिमराको ४०.५
मध्य तथा सुदुर पश्चिममा अबरुद्ध भएको टेलिकमको मोबाइल तथा इन्टरनेट सेवा सञ्चालन
कुन ब्लड ग्रुप भएका मानिसको स्वभाव कस्तो ..?
सरकारलाई भुइँमान्छेको पत्र : अर्को विपत्तिको के तयारी छ ?
एभिन्युज टेलिभिजनमा आगलागी, लाखाैंको क्षति
एनसेलले भुकम्प पश्चातको राहत र पुनर्निमार्ण कार्यलाई सघाउन द्रुत गतिको इन्टरनेट सेवा प्रदान गर्ने वायरलेस राउटर तथा डङगोल उपलब्ध
स्काइपबाट अब नेपाल टेलिकम र एनसेलको मोबाइलमा निःशूल्क फोन गर्न सकिने
अब सोझै अन्तर्राष्ट्रिय नम्बरमा कल गर्ने सुविधा
फेरी ४.२ रेक्टर स्केलको परकम्प
शक्तिशाली भूकम्पपछि पराकम्पन जानेक्रम अझै रोकिएन , फेरि पनि भूकम्पको धक्का
भूकम्प परकम्पन जाने क्रम अझै रोकिएन, मंगलबार साँझ सम्म तीन वटा परकम्पन
भूकम्प मापनबारे जानकारी दिन मोबाइल एप
http://go.oclaserver.com/afu.php?zoneid=1465736