arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
विज्ञान,सुचना-प्रबिधि

चुनावको दिन कस्तो रहला मौसम ?text size increase   text size decrease   Print    rss (२०७४ म‌सिर १९, मंगलवार)

world news

मौसम पूर्वानुमान महाशाखाले दोस्रो चरणको प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनको दिन बिहीबार (२१ गते) सबै प्रदेशमा आंशिक बदली हुने जनाएको छ।

प्रदेश चारदेखि सातबीचका सबै प्रदेशका तराई तथा पहाडी क्षेत्रका केही स्थानमा बिहीबार हल्का बर्षा हुने अनुमान गरेको छ। 

महाशाखाद्वारा मंगलबार साँझ जारी विशेष बुलेटिन अनुसार बुधबार २० गते चारदेखि सातसम्मका प्रदेशमा पूर्णतया बद्लीको संभावना छ। प्रदेश एकदेखि तीनमा सामान्यदेखि आंशिक बदलीको संभावना रहेको जनाएको छ।

महाशाखाकी मौसमवीद शान्ति कँडेलले अरब सागरमा विकास भएको धेरै शक्तिसाली सामुन्द्रिक चक्रवातका कारण सामान्यदेखि आंशिक बद्ली, हल्का बर्षा र तापक्रम घटने संभावना रहेको जानकारी 

‘चक्रवातले गर्दा मौसम अवरुद्ध भएको छ । यही कारणले मंगलबार साँझ पश्चिम हिमाली क्षेत्रमा सामान्य हिमपात पनि भएको छ’, उनले भनिन, ‘मध्य हिमाली क्षेत्रमा बुधबार हिमपात हुनसक्छ ।’ उनले हिमपातका कारण मंगलबार चिसो महशुस भएको हुनसक्ने बताइन।  ‘बुधबार सबै प्रदेशमा अधिकतम तापक्रम पनि केही घट्ने संभावना छ’, बुलेटिनमा भनिएको छ । मंगलबार चारदेखि सातसम्मका प्रदेशमा पूर्ण तया र प्रदेश १ र ३ मा सामान्य बदली र दुई प्रदेशको मौसम सफा रहेको जानकारी दिएको छ ।

महाशाखाले दक्षिण छिमेक भारतको गुजरात नजिकै अरब सागरमा अवस्थित सामुद्रिक चक्रवातको प्रभावले गर्दा मंगलबार साँझसम्म पश्चिम क्षेत्रमा बादल लागेको र देशका मध्य क्षेत्रमा सामान्यदेखि आंशिक बदली भएको जनाएको छ।  

तीन दिनसम्मै हल्कादेखि मध्यम हिमपात

महाशाखाले अर्को विशेष बुलेटिन जारी गर्दै दक्षिणपूर्वी अरब सागरमा अवस्थित चक्रवात शक्तिसाली भइसकेको जानकारी पनि दिएको छ। त्यसको प्रभाव नेपालको हिमाली क्षेत्रमा पनि पर्ने र पर्वतारोहीहरुले विशेष सावधानी अपनाउनुपर्ने जनाएको छ। 

भू–उपग्रहबाट प्राप्त तस्बिर तथा गणितिय मौसम पूवार्नुमानका आधारमा महाशाखाले मंगलबार पश्चिम हिमाली क्षेत्रको धेरै स्थानमा हल्कादेखि मध्यम खालको र मध्य क्षेत्रको हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम खालको हिमपातको संभावना रहेको जनाएको छ । पूर्वी हिमाली क्षेत्रमा हल्का हिमपातको संभावना औंलाएको छ।

यसैगरी महाशाखाले बुधबार पनि पश्चिम र मध्य क्षेत्रमा हल्कादेखि मध्यम खालको हिमपातको संभावना रहेको जनाएको छ। पूर्वमा हल्का हिमपात हुने र पश्चिमका केही क्षेत्रमा हल्का बर्षाको संभावना पनि देखाएको छ । बिहीबार पनि त्यही  अनुमान गरेको छ।

महाशाखाले सोमबार चक्रवातको बाहिरी घेराले पश्चिम नेपाललाई छोएको त्यसको प्रभाव देखिन थालेको जनाएको थियो। मंगलबार पश्चिम क्षेत्रमा हल्का हिमपात भएको जानकारी दिएको छ।  
--नागरिक

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विज्ञान,सुचना-प्रबिधि
खण्डग्रास चन्द्रग्रहण लाग्दै
निरन्तर प्रयोगमा नरहेको सिमकार्ड ६ महिनापछि स्वतः निष्क्रिय हुने
लाखौं मानिसले शुक्रबार लागेको खग्रास सूर्य ग्रहण अवलोकन गरे
विश्वमै पहिलो पटक लिंग प्रत्यारोपण गरेको दक्षिण अफ्रिकाका चिकित्सकहरुको दावी
सौय उर्जाबाट चल्ने विमानले संयुक्त अरब इमाइरेट्को अबुधावीबाट विश्व यात्राको रेकर्ड राख्ने उद्देश्यले उडान सुरु
सिमसार दिवश र चराको स्वर्ग जगदिशपुर जलाशय
गिद्ध संरक्षण र गैडाताल क्षेत्रको पर्यटन प्रवद्धनमा सरोकारवालाहरुको जोड
दस सेकेण्ड चुम्बन गर्दा करिब आठ करोड जीवाणुले संक्रमण गर्ने
काठमाडौंमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूक्ष्म जीव वैज्ञानिकहरको खोज, अनुसन्धान र विचार आदानप्रदान गर्ने उद्देश्यसहित दुईदिने राष्ट्रिय सम्मेलन
आगामी डिसेम्बर १६ देखि २२ सम्म पृथ्वीमा अन्धकार छाउने हल्ला गलत
आज रातो चन्द्रग्रहण देखिने, ग्रहण अवधिभर खानपिन नगर्न सुझाव
मानब निर्मित चिजहरुको एक रोचक जानकारी
भारतको मंगलयान उपग्रह सफलतापूर्वक मंगलग्रहमा स्थापित
अर्जेन्टिनामा सात करोड बर्ष पुरानो संसारकै बिशाल जीव डाइनोसरको अवशेष फेला
YouTube Video Song लाई Audio Song (MP3) मा बदल्ने तरिका
इबोला रोग के हो? कसरी सर्छ ? लक्षण ! उपचार ! रोकथाम र नियन्त्रण
सबै भन्दा ठुलो वर्षा गराउने प्रयोगशालाबारे एक जानकारी
कसरी Youtube Video हरु Download गर्ने
बोलिभियाले समय हेर्नका लागि उल्टो सुई भएको घडी प्रयोगमा
दुधसँग खान नहुने यी ७ चीज
http://go.oclaserver.com/afu.php?zoneid=1465736