arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
विज्ञान,सुचना-प्रबिधि

चुनावको दिन कस्तो रहला मौसम ?text size increase   text size decrease   Print    rss (२०७४ म‌सिर १९, मंगलवार)

world news

मौसम पूर्वानुमान महाशाखाले दोस्रो चरणको प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनको दिन बिहीबार (२१ गते) सबै प्रदेशमा आंशिक बदली हुने जनाएको छ।

प्रदेश चारदेखि सातबीचका सबै प्रदेशका तराई तथा पहाडी क्षेत्रका केही स्थानमा बिहीबार हल्का बर्षा हुने अनुमान गरेको छ। 

महाशाखाद्वारा मंगलबार साँझ जारी विशेष बुलेटिन अनुसार बुधबार २० गते चारदेखि सातसम्मका प्रदेशमा पूर्णतया बद्लीको संभावना छ। प्रदेश एकदेखि तीनमा सामान्यदेखि आंशिक बदलीको संभावना रहेको जनाएको छ।

महाशाखाकी मौसमवीद शान्ति कँडेलले अरब सागरमा विकास भएको धेरै शक्तिसाली सामुन्द्रिक चक्रवातका कारण सामान्यदेखि आंशिक बद्ली, हल्का बर्षा र तापक्रम घटने संभावना रहेको जानकारी 

‘चक्रवातले गर्दा मौसम अवरुद्ध भएको छ । यही कारणले मंगलबार साँझ पश्चिम हिमाली क्षेत्रमा सामान्य हिमपात पनि भएको छ’, उनले भनिन, ‘मध्य हिमाली क्षेत्रमा बुधबार हिमपात हुनसक्छ ।’ उनले हिमपातका कारण मंगलबार चिसो महशुस भएको हुनसक्ने बताइन।  ‘बुधबार सबै प्रदेशमा अधिकतम तापक्रम पनि केही घट्ने संभावना छ’, बुलेटिनमा भनिएको छ । मंगलबार चारदेखि सातसम्मका प्रदेशमा पूर्ण तया र प्रदेश १ र ३ मा सामान्य बदली र दुई प्रदेशको मौसम सफा रहेको जानकारी दिएको छ ।

महाशाखाले दक्षिण छिमेक भारतको गुजरात नजिकै अरब सागरमा अवस्थित सामुद्रिक चक्रवातको प्रभावले गर्दा मंगलबार साँझसम्म पश्चिम क्षेत्रमा बादल लागेको र देशका मध्य क्षेत्रमा सामान्यदेखि आंशिक बदली भएको जनाएको छ।  

तीन दिनसम्मै हल्कादेखि मध्यम हिमपात

महाशाखाले अर्को विशेष बुलेटिन जारी गर्दै दक्षिणपूर्वी अरब सागरमा अवस्थित चक्रवात शक्तिसाली भइसकेको जानकारी पनि दिएको छ। त्यसको प्रभाव नेपालको हिमाली क्षेत्रमा पनि पर्ने र पर्वतारोहीहरुले विशेष सावधानी अपनाउनुपर्ने जनाएको छ। 

भू–उपग्रहबाट प्राप्त तस्बिर तथा गणितिय मौसम पूवार्नुमानका आधारमा महाशाखाले मंगलबार पश्चिम हिमाली क्षेत्रको धेरै स्थानमा हल्कादेखि मध्यम खालको र मध्य क्षेत्रको हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम खालको हिमपातको संभावना रहेको जनाएको छ । पूर्वी हिमाली क्षेत्रमा हल्का हिमपातको संभावना औंलाएको छ।

यसैगरी महाशाखाले बुधबार पनि पश्चिम र मध्य क्षेत्रमा हल्कादेखि मध्यम खालको हिमपातको संभावना रहेको जनाएको छ। पूर्वमा हल्का हिमपात हुने र पश्चिमका केही क्षेत्रमा हल्का बर्षाको संभावना पनि देखाएको छ । बिहीबार पनि त्यही  अनुमान गरेको छ।

महाशाखाले सोमबार चक्रवातको बाहिरी घेराले पश्चिम नेपाललाई छोएको त्यसको प्रभाव देखिन थालेको जनाएको थियो। मंगलबार पश्चिम क्षेत्रमा हल्का हिमपात भएको जानकारी दिएको छ।  
--नागरिक

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विज्ञान,सुचना-प्रबिधि
नेपाल क्यान्सर अस्पतालले क्यान्सर रोगको उपचारमा अत्याधुनिक प्रविधिको प्रयोग गर्ने
स्वीट्रल्याण्डमा सौर्य उर्जा विमानको पहिलो उडान, सन् २०१५ मा विश्व भ्रमण गर्दै
बढी पैसा आउने भएकाले अस्पताल र चिकित्सको मिलीमोतोमा मापदण्डभन्दा बढीको शल्यक्रिया, घरमा सुत्केरी हुने शून्य
संविधानसभा सदस्य उपनिर्वाचनमा विद्युतीय यन्त्रबाट मतदान गर्ने
गर्भवती महिलाका लागि तीस टिप्स
के हो चट्याङ ? चट्याङबाट कसरी बच्ने?
रिसाहा ब्यक्तिलाई अन्यको ब्यक्तिको तुलनामा ह्दयघातको सम्भावना बढी: अनुसन्धान
कपिलवस्तुमा सामुदायीक वनहरु गिद्ध संरक्षणमा अग्रसर हुदै
राष्ट्रपति कार्यालयको साइट ह्याक
मंगल ग्रहमा जान छानिए पाल्पा रामपुरका समिर
मंगल ग्रहमा जान १ हजार ५८ को नाम छनोट ८ नेपाली पनि
गुगलले सुरु गर्‍यो नेपाली भाषा अनुवाद
छोरी बेचेर आईफोन किन्ने दम्पती
यस बर्षको चिकित्सातर्फको नोबल पुरस्कार तीन अमेरिकी प्राध्यापकलाई
दसैंमा मौसम पूरै सफा, पछिल्ला दिनमा हल्का चिसो
पूर्वी नेपालमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प
बिहानको खाना खाएपछि निदाउने बालबालिकाको स्मरण शक्ति तेज हुने
पृथ्वीमा एक दिन सबै जिवको अस्तित्व समाप्त हुने भविष्यवाणी, अझै १ अर्ब ७५ करोड वर्ष लाग्ने
विश्वकै सवैभन्दा बृद्ध शालस्टियानो सान्चेज ब्लेजक्वेजको १ सय १२ वर्षको उमेरमा निधन
काठमाडौंमा भूकम्पको धक्का महसुस
http://go.oclaserver.com/afu.php?zoneid=1465736