arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा सुरक्षाको प्रत्याभुति दिलाउन प्रहरी प्रशासन असफल ! बाघको आक्रमणबाट ठुलो मानविय क्षती भएपछि संकटग्रस्त क्षेत्रको घोषणा गर्न मागtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र २८, बुधवार)

Image result for अर्घाखाँची प्रहरी

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा बाघ आतङ्कले जिल्लावासी त्रसित भईरहे पनि सुरक्षाको प्रत्याभुति दिलाउन प्रहरी प्रशासन असफल भएको छ । लामो समय देखि नरभक्षी चितुवा तथा बाघको आतङ्कले नछोडेपछि अर्घाखाँची जिल्लाका बासिन्दा अत्यन्तै त्रसित भएका छन्न । 

पटक-पटक बाघको आक्रमणबाट अबोध बालबालिकाको ज्यान जाँदा समेत बाघ मार्न प्रशासन लागी नपरेको गुनासो जिल्लाबासीको छ ।

जिल्लामा गएको २,३ वर्ष भित्र लगभग एक दर्जन बालबच्चाको बाघको आक्रमणबाट ज्यान गएको छ । अर्घाखाँचीको ईतिहासमा यसरी बाघले मानविय क्षती पुराएको पहिलो पटक हो । 

यसैक्रममा मंगलबार साँझ सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ प्रगतीनगर ( साविक खाचिकोट - ६ भालुखोला बाजाबारी) का एक बच्चालाई बाघले खाएको छ । रमेश के.सी र निर्मला के.सीको वर्ष ४ को कान्छो छोरो मनिष केसी (गोले)लाई घरको आगनमा खेलिरहेका बेला बाघले आक्रमण गरी जंगलमा लगेर खाएको हो । 

सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ को प्रगतीनगर भालुखोला सम्पन्न गाउँ हो जुन बजारको नजिक छ भने यहाँ जंगल पनि छैन । तर बजारको नजिकमा पनि बाघ चितुवाले दैनिक जसो घरपालुवा जनावर माथि आक्रमण गर्ने र खाने गरेको देखिन्छ । अझ पछाडिका कुर, दुबार, खाचिकोट, ढिकुरा, नुवाकोट, किमडाँडा लगायतका  गाउँहरुको अवस्था कस्तो होला । बाघको विग विगी बढेपछि स्थानिय बासिन्दा घर बाहिर निस्कन समेत डराएका छन् । 

जिल्लामा बाघ आक्रमण  र आतंक बढ्दै गएको लामो समय हुँदा समेत प्रहरी प्रशासनले बाघ मार्नका लागि अहिले सम्म महत्वपूर्ण भूमिका खेल्न सकेको छैन् । प्रशासनले घट्ना घटेपछि बाघ मार्नका लागि प्रहरी परिचालन गर्ने योजना पटक-पटक बनाएता पनि अहिले सम्म सफल हुन सकेको छैन् । 

यस अगाडि पनि बाघ मार्नु पर्ने व्यापक गुनासो आएपछि बाघ मार्नका लागि प्रशासनले २,४ दिन प्रहरी परिचालन गराएता पनि उपलब्धी शुन्य रहेको छ । अर्घाखाँची नेपालको अन्य भेगमा भन्दा बढी बाघले आतङ्क मच्चाएको जिल्ला हो । विधालय आउँदा जाँदा होस् कि साँझ विहान घरको आगनमा खेल्दा होस् यहाँ बच्चाहरुको सुरक्षा छैन ।  

उता अर्घाखाँचीमा बारम्बार यस्ता घटना हुँदाहुदै पनि जनचेतना कमि-कमजोरी भएको देखिन्छ । घटना हुँदाको दुई चार हप्ता आफ्ना बालबालिकालाई ध्यानमा राखेको देखिन्छ अनि त्यसपछि घटना भुलेको देखिन्छ । बाघले कुनै पनि समयमा हमला गर्न सक्ने भएकोले साँझ बिहान रातीमा बच्चालाई एक छिन पनि एक्लै छोड्न नहुने देखिन्छ । 

बाघ आतंक बढ्दै गएपछि खाचिकोट, ढिकुरा, नुवाकोट, सन्धिखर्क, किमडाँडा लगायतका स्थानिय बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा २,३ वर्ष देखि बारम्बार  जिउधनको रक्षाको लागि आग्रह गरिरहेका छन् । उनिहरुले नरभक्षी बाघलाई पक्रिएर जनताको शान्तिसँग बाँच्न पाउने अधिकार सुरक्षित गर्न माग गरेता पनि जिल्लामा २,३ वर्षको अवधिमा कयौ प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख आए तर ति सबैले जनताको समस्या कहिलै सुनेनन् । यस जिल्लामा कुनै निकायले यसलाई चासो देखाएनन् ।  
 
उता सन्धिखर्क, खाचिकोट, ढिकुरा लगायतका स्थानियबासीले अर्घाखाँचीमा निरन्तर बाघको आक्रमणबाट ठुलो मानविय क्षती भएपछि जिल्लालाई संकटग्रस्त क्षेत्रको घोषणा गर्न माग गरेका छन् । सरकारले बाघलाई पक्रन वा मार्नको निम्ती पहल नगरे गाउँ छाड्न बाध्य हुने उनिहरुको भनाई छ ।  

Image result for अर्घाखाँची प्रशासन

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
दुई न्यायाधीस पदमुक्त/अर्घाखाँचीका न्यायाधीस अच्युत विष्ट लगायत अन्य चारजनालाई सचेत रहन चेतावनी
अर्घाखाँचीको ढिकुरा-गौचौरमा आगलागी हुँदा लाखौको क्षती, एक बालिका घाईते
अर्घाखांचीमा जनगणना सफलपार्न सचेतना गोष्ठी
एमाले अर्घाखाँचीद्वारा ज्येष्ठ कम्युनिष्ट योद्धाहरुलाई सम्मान
एमाले अर्घाखाँचीको प्रथम जिल्ला प्रतिनिधि परिसद बैठक: निर्धारित समयमा संविधान निर्माण हुनेमा शंका
सहमति र सहकार्यको बाधक माओवादी र एमाले:- पुष्पा भुसाल
संविधान निर्माणमा माओवादी बाधक
एमाले अर्घाखाँचीले जनसभा गर्ने
जनआन्दोलन दिवस सम्पन्न
शान्ती र संविधान संकटमा
अर्घाखाँचीमा साना उद्योग प्रतिको आकर्षण
जेठ १४ भित्र संविधान बन्दैन - भुसाल
नौमुरे जल विद्युत परियोजनाको काम सुरु हुनेमा अर्घाखाँचीबासी आसावादी
अर्घाखाँचीको सन्धिखर्कमा २ दिने औद्योगिक वस्तु तथा प्रबिधि प्रदर्शनी मेला चालु
अर्घाखाँचीमा औद्योगिक बस्तु तथा प्रबिधि प्रदर्शनी हुने
अर्घाखाँचीको हसंपुर गाविस र गोखुंगा गाविसको बाझाखर्कमा गाडी पुगेपछि स्थानीय बासिन्दा पंचेवाजामा छमछमती नाचे/फुल माला र अबीर द्वारा भब्य स्वागत
अर्घाखाँचीमा प्रजातन्त्र सेनानी संघको गठन
मिलको फितामा बेरिएर अर्घाखाँचीको बल्कोटमा एक जना १२ वर्षिय बालकको मृत्यु
फोटो सहितको मतदाता नामावलीकालागि प्रशिक्षण कार्यक्रम
अर्घाखाँचीमा संचारको गुणात्मक फड्को
http://go.oclaserver.com/afu.php?zoneid=1465736