arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

आगामी स्थानीय निर्वाचनमा १ करोड ४० लाख मतदाता, २१ हजार मतदान केन्द्र रहनेtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ३, विहीवार)

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय निर्वाचन व्यवस्थापनमा विशेष प्रकृतिको काम गर्नुपर्ने भएकाले आर्थिक निर्देशिका छिट्टै जारी गरिने बताएका छन् ।

आयोगले स्थानीय तह निर्वाचनका लागि आजदेखि सुरु गरेको दुईदिने निर्वाचन सामग्री तथा लेखा व्यवस्थापनबारे मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै डा यादवले लेखा र सामग्री खरिद कार्यालयको नियमित प्रक्रिया भए पनि निर्वाचनको सम्बन्धमा गरिने सामग्रीको व्यवस्थापन फरक किसिमको हुने भएकाले तालिम आवश्यक रहेको बताए ।

उनले केन्द्र र जिल्लास्तरमा सामान खरिद गर्दा गुणस्तरमा ध्यान दिन र सामग्रीको उचित भण्डारण गर्न निर्देशनसमेत दिएका छन् ।

आयोगका सहसचिव नवराज ढकालले निर्वाचनमा सरकारको धेरै ठूलो धनराशि खर्च हुने र व्यवस्थापनका हिसाबले करिब २१ हजार मतदान केन्द्रमा एकै मितिमा व्यवस्थापन गर्नुपर्ने भएकाले तालिम आवश्यक रहेको तथा यसबाट निर्वाचनमा प्रयोग हुने रकमको सदुपयोग भई बेरूजुसमेत नहुने बताए ।

आगामी स्थानीय निर्वाचनमा १ करोड ४० लाख मतदाता र २१ हजार मतदान केन्द्र रहनेछन् । दुई दिनसम्म चल्ने मुख्य प्रशिक्षक प्रशिक्षणमा ३० जना सहभागी छन् ।

मुख्य प्रशिक्षकहरुले क्षेत्रमा, क्षेत्रीय प्रशिक्षकले जिल्लामा गएर त्यहाँ कार्यरत जिल्ला निर्वाचन अधिकारी, लेखा र स्टोरमा काम गर्ने कर्मचारीहरुलाई प्रशिक्षण दिने आयोगले जनाएको छ । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
प्रदेश नम्बर-२ मा सम्पन्न तेस्रो चरणको स्थानीय निर्वाचनको मतगणना जारी
दशैं, तिहार, छठलगायत चाडपर्वमा मापसे जाँचलाई कडाइ, नाकामा विशेष चेकजाँच
मा‌ओवादी केन्द्रका प्रतिनिधिले बाराको बारागढी गाउँपालिकामा‌ मतपत्र च्यात्ने प्रयास गरे
महोत्तरीमा कांग्रेसले दुई वडामा विजय
निर्वाचन आयोगले पाँच दिन भित्रै प्रदेश नंम्बर -२ को स्थानीय तहको मतगणना गरिसक्ने
सिरहामा मतगणना सुरु
सरकारद्वारा आयल निगमका कार्यकारी निर्देशक खड्कालाई पदबाट बर्खास्त
प्रदेश नम्बर-२ मा सम्पन्न तेस्रो चरणको स्थानीय निर्वाचनको मतगणना शुरु
आज प्रदेश २ मा तेस्रो चरणको स्थानीय निर्वाचनका लागि मतदान हुँदै
दसैं, तिहार नजिकिदै गर्दा आन्तरिक राजस्व विभागद्वारा बजार अनुगमनलाई तीव्रता
स्थानीय निर्वाचनमा सुरक्षा त्रुटि हुन नदिन भारतीय सीमानाका बन्द
दशैं बजारलाई लक्षित गरी व्यापारीहरुले मुस्ताङी चेलुक च्याङ्ग्रा ओराल्न थाले
प्रधानमन्त्री देउवाद्वारा प्रतिनिधि र प्रदेशसभाको निर्वाचनपछि देशले गति पाउने उल्लेख
तेस्रो चरण अन्तर्गत् स्थानीय निर्वाचनको सम्पूर्ण तयारी पूरा, पाँच दिनभित्रै सबै नतिजा सार्वजनिक गरिने
स्थानीय निर्वाचनका लागि ६० हजार सुरक्षाकर्मी परिचालन, हेलिकप्टर तयारी अवस्थामा
स्थानीय निर्वाचनलाई लक्षित गरी पर्सास्थित भारतसँग जोडिएको सीमा नाका सिल
स्वाइनफ्लु रोगको संक्रमणबाट काभ्रेपलान्चोकमा एकजनाको मृत्यु
सिरहाका १०९ मतदानस्थल अतिसंवेदनशील
एमालेका कारण संविधान संशोधन हुन नसकेको प्रधानमन्त्री देउवाको आरोप
रौतहटको निर्वाचन केन्द्रहरुमा अझैपनि कर्मचारीहरु नपुग्दा मतदाता अन्योलमा