arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

संसद बैठकमा राष्ट्रियसभा गठन र चिकित्सा शिक्षा विधेयक पारित गर्न असफलtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन २७, शुक्रवार)

संविधान जारी गरेपछि व्यवस्थापिका-संसदमा रुपान्तरित भएको व्यवस्थापिका-संसदको अवधि शनिबार (भोलि) सकिने भएको छ ।

२०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनपछि २०७२ असोजसम्म संविधानसभाकोरुपमा र त्यसपछि संसदकोरुपमा रहेको विधायिका शनिबारदेखि औपचारिकरुपमा सकिन लागेको हो ।

आगामी मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरुको बन्दसूची बुझाउने अघिल्लो दिन संसदको म्याद पूरा भएको घोषणा गरिने भएको हो ।

व्यवस्थापनकार्यका लागि भने संसदले शुक्रबार (आज) अन्तिम काम गरेको छ ।

शनिबार संसद बैठक ३ बजे बस्ने भएपनि शनिबारको बैठकमा संसदमा रहेका सबै दलका शीर्ष नेताहरुलेमात्र सम्बोधन गर्ने र सभामुखको सम्बोधनपछि कार्यक्रम सकिनेछ ।

संसद बैठक बस्नुअघि दिउँसो २ बजे संसदमा फोटोसेसन राखिएको छ भने बेलुका डिनर कार्यक्रम छ ।

व्यवस्थापनकार्यका लागि शुक्रबार बसेको संसदको अन्तिम बैठकले प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक र भाषा आयोगसम्बन्धी विधेयक पारित गरेको छ ।

शुक्रबारकै बैठकमा २०७० सालमा भएको संविधानसभा निर्वाचनमा धाँधली भएकोबारे छानबिन गर्न बनेको संसदीय समितिले प्रतिवेदन बुझाएको छ ।

बैठकबाट चिकित्सा शिक्षासम्बन्धी विधेयक पास गर्ने तयारी गरे पनि नेकपा एमाले र माओवादी केन्द्र सहमत नबनेपछि त्यो सम्भव भएन ।

राष्ट्रियसभा गठनसम्बन्धी विधेयक पनि संसदमा पेस हुन सकेन ।

चिकित्सा शिक्षा विधेयककाबारेमा सहमति जुटाउन सभामुख ओनसरी घतीको पहलमा प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरुको बैठक बसे पनि सहमति जुट्न नसकेको हो । इमेजखबरमा समाचार छ ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
तिहारभरका लागि प्रदेश नम्बर-१ को राजधानीको माग गर्दै आएका धनकुटेलीको आन्दोलन स्थगित
चितवनमा २६५ जनामा स्क्रब टाइफस रोगको संक्रमण, १८ जनामा डेंगु रोग
चितवनमा मतदाताको संख्या तीन लाख ५४ हजार
निर्वाचन आयोगद्वारा सरकारले चुनाव सार्ने तयारी गरिरहेको सूचना नआएको प्रस्ट
संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको गृहकार्य सुरु
माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका सबैलाई 'बिनाविभागीय'
माओवादी केन्द्र तत्काल सरकारबाट नबाहिरिने
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न राष्ट्रपतिको दलहरुलाई आग्रह
सुन तस्करीमा संलग्न भएको भन्दै रसुवाका कांग्रेस नेता मानबहादुर तामाङ पक्राउ
भूकम्पपीडितले छिमेकी जिल्लामा पनि घर बनाउन पाउने
खोटाङमा १४ वर्षीया बालिकालाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी
विजयकुमार गच्छदारले नेतृत्व गरेको नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित
सर्वोच्चद्वारा आफ्ना ११ जना न्यायाशीधविरुद्ध परेको रिट निवेदन दर्ता नगर्ने फैसला
पूर्वी नेपालमा असोजमा भएका सवारी दुर्घटनामा परेर ४७ जनाले ज्यान गुमाए
सिन्धुपाल्चोकलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
५५ दलले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाए
प्रधानमन्त्री देउवाद्वारा माओवादीबाट नियुक्त मन्त्रीहरुलाई हटाइदिने संकेत
प्रदेश प्रमुखको सुविधा र भाषा आयोगसम्बन्धी विधेयक संसदमा पारित
बाबुराम भट्टराईको नयाँ शक्ति आफ्नै चुनाव चिह्नबाट लड्ने
प्रतिनिधिसभामा उम्मेदवारले बढीमा रु २५ लाख र प्रदेशसभा निर्वाचनमा बढीमा रु १५ लाख खर्च गर्न पाउने