arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

वाङलाको मथुरा केन्द्रमा निर्बाचन स्थगित, हस्ताक्षर मतपत्र दिएको भन्दै ताेडफाेड (तस्बिर सहित)text size increase   text size decrease   Print    rss (२०७४ म‌सिर २१, विहीवार)

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ५ वाङला  स्थित मथुरा  मावि केन्द्रमा निर्बाचन स्थगित भएको छ ।  मथुरा मावि केन्द्रमा नेपाली कांग्रेसका कार्यकर्ताले मतपेटिका फालेका छन् । मतदान भइरहेको मतपेटिका कब्जा गरी कांग्रेस कार्यकर्ताले मतपत्रमा आगजनी गरेर नष्ट गरेका छन् । 


मतपेटिका फालिएपछि यहाँको मतदान स्थगित भएको छ । मतदानमा खटिएका सुरक्षाकर्मी मतपेटिकामा आगजनी हुँदा समेत रमिते बनेको बाम गठबन्धनले आरोप लगाएको छ। २५ वटा मत पत्रमा मतदान अधिकृतले हस्ताक्षर नगरेको पाइएको थियो । जसले गर्दा विवाद उत्पन्न भएको हो । मतदान अधिकृत सुरेन्द्र राज अधिकारीले भुलबस हस्ताक्षर नगरेको मतपत्र मतदातालाई दिएको स्विकार गरेका छन् ।


मतपत्रमा हस्ताक्षर नगरेको भए जानकारी गराउन दलका प्रतिनिधिलाई भनेपनी त्यसो नगरी मतपेटिका नै फालि आगजनी भएको अधिकारीले बताए । नेपाली काङ्ग्रेसका कार्यकताले बुथ कब्जा गरि मतपेटिका फालेर मतपत्रमा आगजनी गरेको बाम गठबन्धनले आरोप लगाएको छ । कांग्रेसले भने मतदान अधिकृतले नियोजित रुपमा मतपत्रमा हस्ताक्षर नगरेको आरोप लगाएको छ ।

 पुनः मतदान सुरु गराउने 

 उक्त मतदान केन्द्रमा स्थगित भएको मतदान सञ्चालन गर्ने विषयमा सर्वपक्षीय बैठक बसेको छ। 

मतदान पुन सुचारु गराउने वा स्थगित गर्ने भन्नेबारे निर्णय भएको छैन। करिब ८ सय मत खसिसकेपछि कांग्रेस कार्यकर्ताहरुले मतपत्र च्यातेका हुन्।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीका हरेक गाउँमा घरैपिच्छे विमा गर्नेहरुको सख्या बढदै
अर्घामा प्रहरीले ६० किलो सुगन्धवाला सोमेलता नामको जडीबुटी बरामद
नयाँ संविधान सम्बन्धी एमालेको अवधारणा विषयक कार्यक्रम सन्धिखर्कमा सम्पन्न
जिल्ला बिकास समिति अर्घाखाँचीको आयोजनामा नेत्रहिन तालिम सुरु
ब्राम्हण समाज नेपाल अर्घाखाँचीको आयोजनामा पाणेना ब्राम्हणहरुको भेला सम्पन्न
नेपाल रेडक्रस सोसाईटि उपशाखाको दोस्रो अधिवेशन अर्घाखाँची-किमडाँडामा सम्पन्न
माछापुच्छ्रे महिला बिकास सस्था अर्घाखाँची डिभर्नाको तेस्रो साधारण सभा सम्पन्न
मानव अधिकारका लागि एकल महिला विषयक कार्यक्रम अर्घाखाँचीको डिभर्नामा सम्पन्न
माओवादी किमडाडा अर्घाखाँचीको आयोजनामा पकलेमा भेला-प्रशिक्षण कार्यक्रम सम्पन्न
नेपाल लेखापढी कानुन व्यवसाय एशोसिएसन अर्घाखाँचीको जिल्ला अधिवेसन सम्पन्न
अर्घाखाची जिल्लामा फैलियो मोटरबाटो,ढाकावाङ- ३ मा ४ किलोमिटर कच्चीबाटो निर्माण
बुटवलमा मोटरसाइकल-जीप जुद्दा अर्घाखाँची ठुलापोखराका सन्दिप राना गम्भीर घाइते
अर्घाखाँचीको पाली गाविस स्थीत बेङ्गदी खोलामा डुबेर ३ बालीकाको मृत्यु
अर्घाखाँचीको नुवाकोटमा आगालागी,लाखौको क्षती
अर्घाखाँचीको ढाकावाङ गाबिसमा बन्दैछ उच्च मावी
नेपाल विधार्थी सघं जनज्योती माबी अर्घाखाँचीको आयोजनामा श्रद्धान्जली सभा सम्पन्न
अर्घाखाँचीको सिद्धारा गाविसमा हुलाकबाट पठाएको चिठी पुग्न एक महिना
जिल्ला प्रशासन अर्घाखाँची र विधार्थीहरुबीच यातायात भाडा सम्बन्धी वैठक सम्पन्न
माओवादी अवरोधले सिद्धाराको हर्रे सोलर खानेपानी योजना अलपत्र
आफना कार्यकर्ता हत्या गरेको बिरोधमा अर्घाखाचीमा पनि बन्दको प्रभाव
http://go.oclaserver.com/afu.php?zoneid=1465736