arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

वाङलाको मथुरा केन्द्रमा निर्बाचन स्थगित, हस्ताक्षर मतपत्र दिएको भन्दै ताेडफाेड (तस्बिर सहित)text size increase   text size decrease   Print    rss (२०७४ म‌सिर २१, विहीवार)

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ५ वाङला  स्थित मथुरा  मावि केन्द्रमा निर्बाचन स्थगित भएको छ ।  मथुरा मावि केन्द्रमा नेपाली कांग्रेसका कार्यकर्ताले मतपेटिका फालेका छन् । मतदान भइरहेको मतपेटिका कब्जा गरी कांग्रेस कार्यकर्ताले मतपत्रमा आगजनी गरेर नष्ट गरेका छन् । 


मतपेटिका फालिएपछि यहाँको मतदान स्थगित भएको छ । मतदानमा खटिएका सुरक्षाकर्मी मतपेटिकामा आगजनी हुँदा समेत रमिते बनेको बाम गठबन्धनले आरोप लगाएको छ। २५ वटा मत पत्रमा मतदान अधिकृतले हस्ताक्षर नगरेको पाइएको थियो । जसले गर्दा विवाद उत्पन्न भएको हो । मतदान अधिकृत सुरेन्द्र राज अधिकारीले भुलबस हस्ताक्षर नगरेको मतपत्र मतदातालाई दिएको स्विकार गरेका छन् ।


मतपत्रमा हस्ताक्षर नगरेको भए जानकारी गराउन दलका प्रतिनिधिलाई भनेपनी त्यसो नगरी मतपेटिका नै फालि आगजनी भएको अधिकारीले बताए । नेपाली काङ्ग्रेसका कार्यकताले बुथ कब्जा गरि मतपेटिका फालेर मतपत्रमा आगजनी गरेको बाम गठबन्धनले आरोप लगाएको छ । कांग्रेसले भने मतदान अधिकृतले नियोजित रुपमा मतपत्रमा हस्ताक्षर नगरेको आरोप लगाएको छ ।

 पुनः मतदान सुरु गराउने 

 उक्त मतदान केन्द्रमा स्थगित भएको मतदान सञ्चालन गर्ने विषयमा सर्वपक्षीय बैठक बसेको छ। 

मतदान पुन सुचारु गराउने वा स्थगित गर्ने भन्नेबारे निर्णय भएको छैन। करिब ८ सय मत खसिसकेपछि कांग्रेस कार्यकर्ताहरुले मतपत्र च्यातेका हुन्।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घामा अचेत अवस्थामा भेटिएका रामबहादुर बिकको भैरहवामा अस्पतालले उपचार गर्न नमानेपछि निधन (भिडियो सहित)
चिदिकाकी २२ वर्षिया एक विबाहित युवती १२ दिन देखि बेपत्ता
वाङलाको मथुरा मतदान केन्द्रमा बुथनै कब्जा गरि भिरमा फालिएका मतपेटिका साँझपख खाली छतबिक्षत अवस्थामा भेटिए (पुरा विवरण सहित)
जिल्लाभरका मतदान केन्द्रका मतपेटिका सन्धिखर्कमा आउने क्रम जारी, वाङ्ला मथुराको मतदान सम्पन्न भएपछि मात्रै जिल्लाको मतगणना सुरु हुने
वाङलाको मथुरा मावि केन्द्रमा मतदानको लागि छिट्टै अर्को मिति तोकिने
अर्घाखाँचीमा एक मतदान केन्द्र बाहेक शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न, ६४.४५ प्रतिशत भोट् खस्यो (तस्बिर सहित)
छत्रदेव गाउँपालिका - ५ केन्द्रमा किरीयापुत्रिले मतदान गरे (तस्बिर सहित)
अर्घाखाँचीभर शन्तिपूर्ण र उत्साहका साथ मतदान जारी (फोटो फिचर)
अर्घाखाँचीमा कांग्रेस र बाम गठबन्धनका उम्मेद्वारले मतदान गरे (तस्बिर सहित)
मालारानी गाउँपालिकाको सूर्य मावि मतदान केन्द्रबाट ९८ वर्षका वृद्धद्दारा मतदान
अर्घाखाँचीमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि अाज निर्वाचन हुँदै, सकेसम्म आजबाटै मतगणना शुरु गरिने
अर्घाखाँचीका विभिन्न ठाउँमा निर्वाचनको पुर्व सन्ध्यामा बम बिष्फोट, मतदाताद्दारा असुरक्षित महसुस
वाङ्लामा निर्वाचनको पुर्व सन्ध्यामा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता बीचमा झडप, दुई जना घाइते
निर्वाचनको पुर्व सन्ध्यामा अर्घाखाँचीका अर्घातोष - भगवतीमा बम बिष्फोट, मतदाता त्रसित
शितंगगा नगरपालिकाको सीतापुर बजारमा बसको ठक्करबाट १ जनाको मृत्‍यु
अर्घाखाँचीमा पूर्णसुरक्षा व्यवस्था, मतदातालाई निर्धक्क भएर मताधिकार प्रयोग गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयको अपिल
अर्घाखाँचीमा आज मध्य-रातिबाट सवारी साधन सञ्चालनमा रोक
अर्घाखाँचीमा बिसीले मतदातालाई पैसा बाँडेको समाचार भ्रमपुर्ण रहेको कांग्रेसको भनाई, बाम गठबन्धनले पनि भोट् किन्न पैसा बाँडेको दावी
सन्धिखर्कको जोगिमारेमा एमालेका कार्यकर्ता बीच झडप, एक जना घाईते (भिडियो तस्बिर सहित)
अर्घाखाँचीमा निर्वाचन विरोधी गतिविधि भए सुरक्षाकर्मीले गोली ठोक्ने
http://go.oclaserver.com/afu.php?zoneid=1465736