arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
समाज

धुर्मुस र सुन्तली लाई अष्ट्रेलियाबाट १९ लाख सहयोग text size increase   text size decrease   Print    rss (२०७३ माघ १९, बुधवार)

      महोत्तरीमा एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि सहयोग संकलन गर्न अष्ट्रेलियाको पुगेका हाँस्यकलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई अष्ट्रेलियाको मेलबर्नबाट १९ लाख सहयोग रकम मिलेको छ।

आईतबार साँझ भएको कार्यक्रम र सोमबार, मंगलबार बिभिन्न ब्यक्तिहरुले दिएको आर्थिक सहयोगसहित उनीहरुले मेलवर्नबाट उत्त रकम संकलन गरेका हुन्।
सिड्नीमा १७ लाख नेपाली सहयोग रकम संकलन गरेका धुर्मुस सुन्तलीले आईतबार धुर्मुस सुन्तली साँझसहित मेलवर्नका बिभिन्न सहयोगी हातहरुबाट २३ हजार १ सय ३ अष्ट्रेलियन डलर (नेपाली अनुमानित १९ लाख ६३ हजार ७ सय ५५ रूपैया) सहयोग संकलन गरेका हुन्।

कार्यक्रममा धुर्मुस सुन्तलीको विशेष प्रस्तुती रहेको थियो भने अन्य कलाकारहरुले पनि प्रस्तुती दिएका थिए।

मेलवर्न कार्यक्रमका आयोजक कृष्ण न्यौपाने सहित प्रायोजक, मेलवर्नमा रहेका नेपाली समुदाय र नेपाली मुलका भुटानी समुदायका सहयोगी मनहरुलाई धन्यवाद दिदै धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले थप सहयोग गर्न पनि आग्रह गरेका छन्।

आजै परेको सरस्वती पूजाको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिदै उनले सहयोग गर्न चाहनेलाई आयोजक कृष्ण प्रसाद न्यौपानेलाई सम्पर्क गर्न पनि आग्रह गरेका हुन्।
यसअघि धुर्मुस सुन्तलीले अष्ट्रेलियाको एडिलेटमा सम्पन्न भएको कार्यक्रमबाट १४ हजार ६ सय ५६ अष्ट्रेलियन डलर (नेपाली १२ लाख ४५ हजार ७ सय ६० रुपैया) सहयोग रकम संकलन गरेका थिए भने सिड्नीबाट १७ लाख नेपाली सहयोग रकम संकलन गरेका थिए। विनाशकारी भूकम्पपछि भूकम्पपीडितका भगवान मानिएका धुर्मुस सुन्तलीले निर्माण गरिरहेका एकीकृत नमुना मुसहर बस्तीको ३० प्रतिशत काम सकिएको बताईएको छ।

अहिले बस्तीमा निर्माणाधिन घरहरुको भित्ता उठाउने काम सुरु भएको छ। हामीले लगातार काम गरिरहेका छौ नमुना मुसहर बस्ती परियोजनाका ब्यबस्थापक अर्जुन न्यौपानेले भने यहि गतिमा काम भए तोकिएकै समयमा बस्ती निर्माण हुनेछ ।

भूकम्पपीडितका लागि २ वटा बस्ती निर्माण गरिसकेका धुर्मुस सुन्तलीको यो तेस्रो बस्ती हो । उक्त बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेसनले ४ करोड ७८ लाख लगानी लाग्ने अनुमान गरेको छ । जसको लागि सहयोग संकलन गर्न धुर्मुस सुन्तली अष्ट्रेलिया पुगेका हुन्।

अझै थुप्रै सहयोग संकलन गर्न बाँकि छ, कट्टेलले भने, अष्ट्रेलियाको यो सहयोगले अझै उत्साहित बनाएको छ। महोत्तरीको बर्दिबासमा बन्न लागेको मुसहर बस्तिमा ५० घर, एउटा सामुदायिक भवन, एउटा मन्दिर, बाल उध्यान, सार्वजनिक धारा, शौचालय, पार्किङ्स्थल र बस्तिलाई वरिपरिबाट कम्पाउन्डले घेरी भित्रको बाटो कालोपत्रे समेत गरिने फाउण्डेसनका अध्यक्ष कट्टेलले  बताए ।

सेतोपाटी

     

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य समाज
खुशी राष्ट्रको सूचिमा नेपाल सार्कमा तेस्रो
सवारी लाइसेन्समा नयाँ नियम वर्ग थप गर्न लिखित परीक्षा दिनु नपर्ने सिधै ट्रायल
संसारमै बन्दैन २४ क्यारेटको गहना, नेपालमा किन बेइमानी ?
विश्वका शक्तिशाली ७ महिला
विधुत प्राधिकरण अर्घाखाँचीको चरम लापरवाहीका कारण सर्वसाधारणलाई सास्ती (भिडियो तस्बिर)
अर्घाखाँची जिल्लाको पाणिनी बहुमुखी क्याम्पसमा आज स्वबियु निर्वाचन हुँदै ।
महिला उत्तरदायी पत्रकार आचारसंहिता, २०७३ प्रतिवेदन हस्तान्तरण
सहर उज्यालो अभियानमा जुटे स्थानीय
अमेरिका हिडेका नेपालीहरु मेक्सिकोमा अलपत्र
प्रसुती वार्डबाट हराएको नवजात शिशु भेटियो
एक हुन आहवान
"आशा अधिकारी बचाउ अभियान " का लागि मलेसियाबाट बाबा राजेन्द्र अधिकारीको सबैमा सहयोगको अपिल
सिके राउतलाई प्रहरीले जनकपुरबाट पक्राउ गर्यो
आठ वर्षको कारागार पछी सफाई
उप कुलपतिलाई ज्ञापनपत्र
प्रशासन कार्यालय पुगिन् हिमानी
सुनसरीको खनारमा गोली चल्दा तीनजना घाइते
कम्युनिष्ट आन्दोलनका अग्रज नेता मोहन बिक्रम सिंहको उपचारमा सरकारले सहयोग गर्ने
अज्ञात समुहको आगजनीबाट सात सय कुखुरा पूर्णरुपमा जलेर नष्ट
सालीलाई जुम्ल्याहा छोरी बनाएर नागरिकता दिने भिनाजुलाई स्थानीय प्रशाासनद्वारा पक्राउ