arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको रौनक देशैभरि सुरुtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन २३, सोमवार)


 प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको रौनक देशैभरि सुरु भएको छ ।

प्रमुख शीर्ष नेताहरुको गृहजिल्ला भएको हुनाले पनि प्रदेश नम्बर-७ को चुनावी माहोललाई विशेष किसिमबाट हेरिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको रौनक प्रदेश नम्बर-७ का जिल्लाहरुसमेत जोडतोडले तातेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम डडेल्धुराबाट सिफारिस भएको छ ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलको नाम अछाम क्षेत्र नम्बर–१ बाट सिफारिस भएको छ ।

प्रधानमन्त्री देउवा पत्नी आरजु राणा बर्दिया र कैलालीबाट सिफारिसमा परेकी छन् ।

एकीकृत माओवादीका नेता एवं प्रदेश नम्बर–७ का संयोजक लेखराज भट्ट कैलाली क्षेत्र नम्बर–५ बाट चुनाव लड्दैछन् ।

सिफारिसमा परेकाहरु टिकटका लागि नेता र मतदाता दुवैको घरदैलोतिर लाग्न थालेका छन् ।

दलहरुले उम्मेदवार सिफारिस गरेलगत्तै चुनावी सरगर्मी बढ्न थालेको छ । अझ लोकतान्त्रिक र वाम गठबन्धनको प्रयासले राजनीति नयाँ ध्रुवीकरणमा फसेको छ ।

स्थानीय तह निर्वाचनलगत्तै प्रदेश र संसदीय निर्वाचन हुन लागेकाले मतदाता पनि उत्साहित देखिन्छन् ।

चुनावसँगै आफ्नो क्षेत्रमा विकासका गतिविधि बढ्ने विश्वास मतदाताको छ ।

सक्षम, विकासप्रेमी र भ्रष्टाचार नगर्ने नेतालाई उम्मेदवार बनाउनुपर्ने सुझाव मतदाताको छ ।

नेपाली कांग्रेस, एमाले र माओवादीजस्ता ठूला दलले ७ नम्बर प्रदेशमा चुनावी तयारी तीव्र बनाएका छन् ।

कांग्रेसका नेता रमेश लेखक कन्चनपुर-३, एनपी साउद कन्चनपुर-२ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर डोटीबाट प्रतिनिधिसभा निर्वाचनमा सिफारिसमा परेका छन् ।

केन्द्रीय समितिले सबै उम्मेदवारको नाम तय गरेपछि प्रचारमा ओर्लने कांग्रेसको भनाइ छ ।

एमाले पूर्वमन्त्री कर्णबहादुर थापा बाजुरा र भानुभक्त जोशी बझाङबाट चुनाव लड्दैछन् ।

एमाले नेता प्रेम आलेको नाम डोटीबाट सिफारिस भएको छ भने माओवादी नेता खगराज भट्टको नाम डडेल्धुराबाट सर्वसम्मत् पठाइएको छ ।

निर्वाचनमा वाम गठबन्धन हुने भएपछि कम्युनिष्ट वृत्तमा उत्साह थपिएको छ ।

प्रदेश नम्बर–७ मा १६ ओटा निर्वाचन क्षेत्र छन् । सबैभन्दा बढी कैलालीमा ५, कन्चनपुरमा ३, अछाममा २, डोटी, बाजुरा, बझाङ, बैतडी, दार्चुला र डडेल्धुरामा एक/एक क्षेत्र निर्धारण गरिएको छ ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा यहाँ १४ लाख मतदाताले मतदान गर्नेछन् ।

७ नम्बर प्रदेशका दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा मंसिर १० गते निर्वाचन हुँदैछ भने कैलाली, कन्चनपुर डडेल्धुरा, अछाम र डोटीमा मसिर २१ गते निर्वाचन हुँदैछ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
बुटवल राजधानी हुने हल्लापछि दाङमा भयो यस्तो बबाल
किन बढ्यो चिसो, देशभरको तापक्रम कति छ ? हेर्नुहोस्
पश्चिम तराईमा शीतलहरले जनजीवन कष्टकर
रामेछापको खाँडादेवीमा पानीको चरम अभाव भएपछि ४ रुपैयाँ लिटर पानी खरिद गर्न बाध्य
सरकार गठनका लागि मार्गप्रशस्त गर्न एमाले र माओवादी केन्द्रको आग्रह
समानुपातिकतर्फको मतगणना सम्पन्, सबैभन्दा बढी मत एमालेलाई
चितवनमा पछिल्लो एक माहिनामा सवारी दुर्घटनामा परी २२ जनाको मृत्यु
राष्ट्रियसभा निर्वाचन अध्यादेशमा खोंचे थापेर कांग्रेसले सत्ता लम्ब्याउने प्रयास गरेको एमाले ओली आरोप
सिरहामा विगत केही दिनयता बढेको शीतलहर र चिसोका कारण अस्पतालमा बिरामीको चाप
कपिलवस्तुमा चिसो र शीतलहरले जनजीवन प्रभावित
प्रदेश नम्बर-३ को राजधानी हेटौँडालाई बनाउन माग
निर्वाचन आयोगले राष्ट्रिय सभा गठन नभई अन्तिम परिणाम सार्वजनिक नगर्ने
एमालेद्दारा राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश गैरसंवैधानिक भएकोले सच्याउनुपर्ने जिकिर
५९ आदिवासी जनजातिमध्ये प्रतिनिधिसभामा जनजातिबाट ४५ निर्वाचित
प्रदेश-७ को राजधानी पहाडी डडेल्धुरामै हुनुपर्ने माग
नेपाली शान्ति सेनालाई राष्ट्रसंघीय पदकबाट सम्मान
समानुपातिकतर्फ मत गणना जारी, पाँच दलमात्र थ्रेसहोल्डमा सुरक्षित
सप्तरीमा बाढीपीडितका लागि घर बनाइने
सुनसरी–३ मा पुनः मतदानको माग गर्दै प्रदर्शनमा उत्रिए एमाले कार्यकर्ता
प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिकको मतगणना जारी, समानुपातिक सांसद कसरी चुनिन्छन् ?
http://go.oclaserver.com/afu.php?zoneid=1465736