arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

सन्धिखर्क र चुत्राबेंसीका सडक क्षतविक्षत, मुख्य गल्लीका सडक हिलाम्मेtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र २५, आइतवार)

Image result for सन्धिखर्क सडक

वीरेन्द्र केसी कान्तिपुर 

सन्धिखर्क, अर्घाखाँची । वर्षामा हिलो र हिउँदमा धूलो हुने सदरमुकामभित्रका सडक क्षतविक्षत छन् । भेलले खोलेर सबैजसो सडक भत्किएका छन् । नाली थुनिएर पानी सडकबाटै बग्ने गरेको छ । साना खाडल मर्मत गरेर नपुर्दा वर्षाको भेलले ठूला खाल्डा बनेका छन् । 

सन्धिखर्क र चुत्राबेंसीका मुख्य गल्लीका सडक हिलाम्मे छन् । हिलोले पैदल यात्रीलाई आवतजावत गर्न सकस छ । सडक पिच छ । तर, हिलोले कच्चीजस्तै हुन्छ । हिलाम्य हुने भएकाले कालोपत्रे गरिएका सडक पनि अधिकांश स्थानमा सजिलै चिनिदैनन् । पानी पर्दा हिलो हुन्छ । खल्डाखुल्डीमा पानी भरिएर पोखरीजस्तै बनेका छन् । सन्धिखर्क नगरभित्र १२ वडा छन् । सबै वडाका टोलैपिच्छे सडक छन् । ती सबै कच्ची नै छन् । सदरमुकाममा धेरै पैदल यात्रु हिँडडुल गर्ने र गाडी गुड्दा जताततै सडक हिलाम्मे हुने गर्छन् । 

भत्किएर बिग्रेका सडकमा आउजाउ गर्दा समेत कठिनाइ भएको सन्धिखर्कका बाबुराम खत्रीले बताए । 'बजारमा हिँड्दा हिलोका कारण जुत्ताचप्पल र कपडासमेत हिलैहिला हुन्छन्,' उनले भने, 'कच्ची सडक भए पनि बरु गाउँमा त्यति हिलो छैन । सदरमुकामका मुख्य गल्लीका सडकमा हिँडिसक्नु छैन ।' हिउँदमा पनि धूलोले उस्तै हैरानी बनाउँछ । नगरपालिकाभित्रका सडकले हिँडडुल गर्दा सास्ती नै हुन्छ, उनले भने । रातसाँझका बेला हिँड्नै सकिँदैन । सदरमुकाममा हिलोल ढपक्कै ढाकेपछि पिच कहाँ छ कतै देखिँदैन । जताततै पिच उक्किएर सडक खाडल बनेका छन् ।


पिच गरिएका सडकको बीच-बीचमा भेलले खोतलेको छ । खाल्डाखुल्डी छन् । त्यसैमा पानी संलिन्छ । हिउँदमा पनि माटोले पिच ढाक्ने गरेका धूलोउस्तै हुन्छ । तीव्र गतिमा गाडी गुड्दा बजारका पसल र घरभित्र धूलो जान्छ । 'नगरपालिका र त्यसमा पनि सदरमुकामका बासिन्दा भएका छौं,' सन्धिखर्कका अशोक श्रेष्ठले भने, 'वर्षामा हिलो र हिउँदमा धूलाले हैरानी बनाएको छ । बाह्रैमास सास्ती खेप्न बाध्य छौं ।' फोहोर उस्तै छ । तीव्र गतिमा गाडी गुड्दा हिलोले छ्यापिन्छ कि भन्ने डरले यात्रु जोगिएरै हिँड्नुपर्ने बाध्यता छ, उनले भने । सडकको हिलो र धूलाले स्वास्थ्यमा असर पनि 

गरेको छ । हिलोमा पैदल हिँड्दा चिप्लिएर लड्ने उस्तै डर भएको उनले बताए । सन्धिखर्क-गोरुसिंगे सडक पिच हुँदा सदरमुकामका गल्ली पनि त्यति बेलै पिच भएका थिए । 

सन्धिखर्क-धारपानी-प्यूठान र सन्धिखर्क-बल्कोट तम्घास सडक ग्राभेल गर्न सदरमुकामबाट सुरुवात भएको छ । ग्राभेल उप्किएर सडक बिग्रेको छ । सदरमुकामबाट गाउँ जाने सडक पनि वर्षामा सबै भत्किएर बिग्रन्छन् । गाउँमा टोलैपिच्छे र व्यक्तिको घरमा पुर्‍याउन कच्ची मोटरबाटो निर्माण भइरहेका छन् । नगरभित्रका त्यस्ता सडक निर्माण गर्न बाटोको सर्भे गर्न इन्जिनियर नै डोजर चालक हुने गरेका छन् । सडकका नाली कतै काटिएका छैनन् । सदरमुकाममा पनि सडकका नाली भरिएर वर्षाको भेल सडकबाटै बग्ने गर्छ । त्यसैले सडकमा हिलो भरिन्छ ।

'सदरमुकाममा सडक सफा र सुन्दर छैन,' सन्धिखर्क नगर कार्यकारी अधिकृत जीवन ज्ञवालीले भने, 'टोल विकास संस्थालाई आफनो अगाडिको सडक सफा गर्न भन्छौं । कसरी सडक सफा गर्न सकिन्छ छलफल गछौं ।' एकैपटक सबै सडक पिच गर्न बजेट सम्भव छैन । क्रमिक रूपमा सबै सडक पिच हुन्छन्, उनले भने । सडकमा हिलो र धूलोले पैदल हिँड्न समस्या रहेको उनले बताए । नगर परिषदममा जनप्रतिनिधिसँग छलफबाट योजना बनाएर सदरमुकामको बजार क्षेत्रमा हिलो र धूलो मुक्त बनाउँछौं, उनले भने । 

Image result for सन्धिखर्क सडक

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेसलाई समर्थन गर्ने
सिद्धाराका मतदाता मंसिर २१ गते हुने चुनावको अघिल्लै दिन मतदान केन्द्र पुग्ने तयारीमा
पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कले मार्सिक शुल्क बृद्धि फिर्ता नगरे विधार्थीहरुले आल्दोलन गर्ने
वाम गठबन्धनको मालारानी ४ मा महिला-युवाको चुनावी भेला सम्पन्न
छत्रदेव गाउंपालिकाको वार्ड नं १ र नुवाकोटको लम्चीमामा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
भुमिकास्थान नगरपालिकाको नुवाकोट गनेरिबोट कमलीपोखरामा जीप दुर्घटना, १४ जना घाइते (तस्बिर र घाइतेको नामावली सहित)
अर्घाखाँचीमा तपाईंको मतदान केन्द्र कहाँ पर्‍यो, मतपत्र यस्तो हुनेछ (सम्पूर्ण विवरण सहित)
सन्धिखर्कमा त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं बार्षिक उत्सव तथा स्थापना दिवस सम्पन्न
पणेना र अर्घामा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
कांग्रेस अर्घाखाँचीको चुनावी प्रचारप्रसार कार्यक्रम २ को खिल्जी, असुरकोट र १ को ठुलापोखरामा सम्पन्न
मतदाता रिझाउन नेताहरु गाउँगाउँमा, वाम गठवन्धनको चुनावी सभा बाँगीको गुराँसे, भण्डार र आरुखोर सम्पन्न (तस्बिर सहित)
त्रिबेणी सहकारी संस्था सन्धिखर्कको आयोजनामा सम्पन्न बक्तित्व कलामा ज्ञान प्रकास मावि सल्लीकोट प्रथम (तस्बिर सहित)
पाणिनी गाँउपालिकाको लहरेधाराले निर्वाचन वहिस्कार गर्ने संभावना वढ्यो स्थानीयवाँसी आक्रोशित
जलुके र धारापानीका बिभिन्न ठाउँमा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
अर्घाखाँचीका आयुसले बचाए नुवाकोटका लामाको जीवन
सन्धिखर्कमा सुबिधाजन्य मासु पसल संचालन
छत्रदेव गाँउपालिकामा खरको छाना हटाई टिन लगाइने, एक करोड २० लाख रुपैया विनियोजन
चर्पी दिवस मनाइयो, २०२० मा अर्घाखाँचीलाई सरसफाइमा नमुना जिल्ला बनाइने
सितगंगा १४ सिमलपानीमा ढाव र अगेरेपानी सामुदायीक बन उपभोक्ता समुहको साधारण सभा सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कसँगै सुवर्णखाल, धरापानी, धनचौर , धातिवाङ, सिद्दारा लगायतका विभिन्न स्थानहरुमा सचेतनामुलक कार्यक्रम गरि विश्व चर्पी दिवस मनाइयो
http://go.oclaserver.com/afu.php?zoneid=1465736