arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

इरानमा जारी प्रदर्शनमा मारिनेको संख्या २२, सयौं पक्राउtext size increase   text size decrease   Print    rss (२०७४ पौष १८, मंगलवार)

इरानमा सोमबार रातभर जारी रहेको प्रदर्शनको क्रममा थप नौ जनाको मृत्यु भएको छ । इरानका सरकारी सञ्चारमाध्यमले मंगलबार सो जानकारी दिएका छन् ।

काहदेरिजान सहरमा रहेको प्रहरी चौकीमा ठूलो संख्यामा आएका प्रदर्शनकारी र सुरक्षाबलबीचको झडपको क्रममा ६ प्रदर्शनकारीको मृत्यु भएको छ । सो सहरमा अवस्थित प्रहरी चौकीमा आक्रमणको शैलीमा आएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

इरानमा भइरहेको प्रदर्शनका क्रममा मृत्यु हुनेहरूको संख्या विगत पाँच दिनमा कम्तीमा २२ पुगेको छ । राष्ट्रपति हसन रौहानीले भने कानुन मिच्ने र विद्रोह गर्नेलाई इरानी जनताले राम्रैसँग प्रतिवाद गर्ने बताएका छन् ।


मूल्यवृद्धिका विरुद्धमा गरिएको भनिएको सो प्रदर्शन हिंसात्मक हुँदै गएपछि हालसम्म २२ व्यक्तिको मृत्यु भएको र सयौं प्रदर्शनकारी पक्राउ परेका छन् ।

प्रदर्शनकारीले देसमा आर्थिक समस्या थप जटिल बन्दै गएको र सरकारले त्यसलाई नियन्त्रणमा लिन नसकेको बताउँदै प्रदर्शन जारी राखेका बताइएको छ ।

इरानका राष्ट्रपति हसन रौहानी नेतृत्वको सरकारका विरुद्धमा विभिन्न सहरका ती प्रदर्शन लक्षित रहेको स्थानीय सन्चारमाध्यमले जनाएका छन् । (रासस/एएफपी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
अफगानिस्तानको होटल भिडन्तमा १४ पर्यटकको मृत्यु
भारी हिमपातका कारण युरोपको जनजीवन प्रभावित
अमेरिकाको क्यालिफोर्नियामा बाढी र पहिरोमा परेर कम्तिमा १३ जनाको मृत्यु
दुई कोरिया पहिलो पटक उच्चस्तरीय वार्तामा
अमेरिकामा बस्दै आएका दुई लाख आप्रवासीलाई आफ्नो मुलुक फर्कन ट्रम्प प्रशासनले निर्देशन
म्यानमारमा सरकारविरुद्ध लडाइँ जारी राख्ने रोहिंग्या आर्मीको उद्घोष
उत्तर कोरियाले सिओलमा हुने आगामी ओलम्पिक प्रतियोगितामा भाग लिने
पाकिस्तानलाई दिँदै आएको सबैखाले सैन्य सहयोग रोक्ने अमेरिकाको घोषणा
पेरुमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा ३६ जनाको मृत्यु
चीन, पाकिस्तान र अफगानिस्तानद्दारा तालिवान लडाकूलाई शान्ति वार्ताका लागि अपील
इन्डियाको काश्मिरबाट आयो डरलाग्दो खबर : दोहोरो गोली हानाहानमा वरिष्ठ नेताको मृत्यु
समुद्रले मच्चायो विनाश, १३ देशमा अढाइ लाखभन्दा धेरै लाश छरपस्ट
समुन्द्रले मच्चायो विनाश, १३ देशमा अढाइ लाखभन्दा धेरै लाश छरपस्ट
रुसको राजधानी मस्कोमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु
दक्षिणी फिलिपिन्समा आँधीका कारण मृत्‍यु हुनेको संख्या १८०
भेनेजुएलाद्वारा ब्राजिलका राजदूत तथा क्यानेडेली एक कूटनीतिज्ञलाई देश निकाला
उत्तर कोरियाद्वारा अन्तर्राष्ट्रिय नाकाबन्दीको कडा शब्दमा निन्दा
दक्षिण कोरियाको जोसेन सहरमा ८ तले भवनमा आगलागी हुँदा २९ जनाको मृत्यु, २६ घाइते
जापानले क्षेप्यास्त्र प्रतिरक्षासम्बन्धी प्रणाली आफ्नो भूमिमा जडान गर्ने
डीभी परेर अमेरीका आउने आप्रवासीहरु खराब रद्दीको टोकरीबाट निकालिएका मान्छे हुन्: डोनाल्ड ट्रम्प
http://go.oclaserver.com/afu.php?zoneid=1465736