arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँची दूधमा आत्मनिर्भर ! वार्षिक सात करोडकोे दूध उत्पादन, बाहिरी जिल्लामा निर्यातtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ ३१, शनिवार)

फाइल तस्बिर 

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्ला दूधमा आत्मनिर्भर बनेको छ । यहाँका युवा व्यावसायिक रुपमा गाईभैंँसी पालनमा लागेपछि यो जिल्ला दूधमा आत्मनिर्भर बनेको हो ।

जिल्लामा सय भन्दा धेरै दुग्ध उत्पादक समूह गठन भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । व्यावसायिक रुपमा गाईभैँसी पाल्नेमा अधिकांश युवा पुस्ताका व्यक्ति रहेका छन् । जिल्लामा वार्षिक करिब सात करोड रुपियाँ मूल्य बराबरकोे दूध उत्पादन हुने गरेका छन् । तीमध्ये अधिकांश दूध जिल्लामै खपत हुने गरेको र बाँकी छिमेकी जिल्ला पाल्पा एवम् गुल्मीमा निर्यात हुने गरेको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक विष्णु पौडेलले जानकारी दिए । उनले जिल्लाका विभिन्न ठाउँमा रहेका दुग्ध संकलन केन्द्रमा दैनिक चार हजार लिटर दूध संकलन हुने गरेको बताउँदै पशुपालन व्यवसायमा लागेका कृषकलाई कार्यालयले विभिन्न अनुदान तथा प्राविधिक सेवामा निरन्तर सहयोग पु-याएको छ भने। ''उत्पादन र बजारीकरणलाई सँगसँगै व्यवस्थापन गरेर लैजानुपर्छ’ पशु चिकित्सक पौडेलले भने,'' यसका लागि कार्यालय जुनसुकै सहयोग गर्न पनि तयार छ ।'

जिल्लाको किमडाँडा, मेरङ अर्घातोष, पटौटी पणेना पोखराथोक, ढाडमैदान, डिभर्ना चिदिकालगायतका क्षेत्रमा दूध संकलन गरी बिक्री हुँदै आएको छ । सन्धिखर्कमा मात्रै दैनिक दुई हजार लिटर दूध संकलन हुन्छ । मेरेङ अर्घातोषको दूध गुल्मी निर्यात हुन्छ भने पटौटी पणेनाको दूध पाल्पा निर्यात हुन्छ । सदरमुकाम सन्धिखर्कमा बढी मात्रामा दूध उत्पादन भएपछि यहाँका कृषकले चिलिङ भ्याट (चिस्यान केन्द्र) स्थापना गरेर दूध संकलन गर्न थालेका छन् । चिस्यान केन्द्र स्थापना भएपछि यहाँ दुग्ध कृषकमा खुसियाली छाएको पशुसेवा कार्यालयका प्राविधिक गुरुप्रसाद भुसालले बताए। चिस्थान केन्द्र नहुँदा कृषकले दूध स्टक गरेर राख्न पाएका थिएनन् । अब भने सन्धिखर्कको दूध चिस्यान केन्द्रमा जम्मा गरेर कपिलवस्तु निर्यात हुनथालेको भुसालको भनाइ छ ।

''जिल्ला पशुसेवा कार्यालयको एक लाख अनुदान र लक्ष्मी गाईपालन तथा दुग्ध उत्पादन बिक्रीवितरण संस्था किमडाँडाको एक लाख गरी दुई लाखको लागतमा स्थापना भएको सो चिस्यान केन्द्र पाँच सय लिटर क्षमताको छ । यसमा ७२ घण्टासम्म दूध राख्न सकिन्छ । 'किसानले उत्पादन गरेको दूध खेर जाने अवस्थामा थियो' लक्ष्मी गाईपालन समूहका अध्यक्ष धर्मराज बञ्जाडेले भने,'' 'चिस्यान केन्द्र स्थापना भएपछि धेरै राहत हुने आशा लिएका छौंँ ।'

व्यवसायीक रुपमा पशुपालनमा लागेका किसानलाई राज्यले उपयुक्त सेवा र सुविधा प्रदान गर्न सके यसले बजार माग मात्र पूरा गर्दैन्, युवा स्वरोजगार भई गाउँकै मुहार फेर्न सकिन्छ ।  रासस


अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
पोखराथोकमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
बुटवललाई प्रदेश नम्बर ५ को अस्थायी राजधानी तोकेपछि सन्धिखर्कमा दिपावली
नेविसंघ अर्घाखाँचीको बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न
सन्धिखर्कको सालारुख जगतामा ट्याक्सी दुर्घट्ना, २ जना घाइते (तस्बिर सहित)
अर्घाखाँचीमा नर्सको आन्दोलनका कारण अस्पताल प्रभावित
सन्धिखर्कमा पत्रकार भेटघाट, कसैले चाहदैमा पार्टी एकता नरोकिंने डिलाराम आचार्यको भनाई
खिदिममा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
सन्धिखर्कमा २० अौ भुकम्प सुरक्षा दिबस मनाइयो
अर्घाखाँचीमा निर्माणका कामहरु अगाडि सक्नेगरि अगाडि बढाउन सरोकारवालालाई निर्माण ब्यबसायी संघका अध्यक्षको अाग्रह
अर्घाखाँचीको सन्धिखर्क स्थित त्रिवेणीधाममा माघेसंक्रान्ती बिशेष कृषि मेला प्रदर्शनी तथा सास्कृतिक कार्यक्रम सम्पन्न ।
अर्घाखाँची समाज जापानद्दारा धारापानी साना औवलका क्यान्सर पिडितलाई आर्थिक सहयोग
पाणिनी ४ धौराली मावीमा आर्थिक हिनामिना
सन्धिखर्कमा साथी बचत तथा ऋण सहकारी संस्थाको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज भुसाल चयन
अर्घाखाँची संयुक्त बाम गठबन्धन रुपन्देहीद्दारा बुटवलमा जनप्रतिनिधीहरुलाई सम्मान
सन्धिखर्क ८ मा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई तालिम
सन्धिखर्कमा प्रदिप ज्ञवालीसँग संयुक्त पत्रकार सम्मेलन, एमाले र माओवादी केन्द्र बीचको पार्टी एकता पक्रिया अन्तिम चरणमा पुगेको भनाई
पणिनीमा नमूना बचत तथा ऋण सहकारी सस्थाको १४औ साधारण सभा सम्पन्न
सन्धिखर्कको बाँगी खाेलामा सरसफाइ कार्यक्रम सम्पन्न
सन्धिखर्कका नगरप्रमुख भुसालद्दारा समुन्नत र नमुना नगरपालिका बनाउने अाफ्नो प्रतिबद्धता कार्यान्यन तर्फ उन्मुख भएको उल्लेख
भुमिकास्थान ३ ले आगामी वर्षको मंसिर १५ मा पुर्ण सरसफाइ उन्मुख वडा घाेषणा गर्ने
http://go.oclaserver.com/afu.php?zoneid=1465736