arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

स्थानीय तह निर्वाचनको तयारीमा जुट्न एमालेको निर्देशनtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

world news

नेकपा एमालेले स्थानीय तह निर्वाचनको तयारीमा जुट्न पार्टीपंक्तिलाई निर्देशन दिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा सोमबार बसेको स्थायी समितिको बैठकले निर्वाचनलाई टार्ने, अन्योल खडा गर्ने र निर्वाचन हुन नदिने कुनै पनि गतिविधिहरुप्रति सजग रहँदै २०७४ वैशाख ३१ गतेको लागि तोकिएको स्थानीय तह निर्वाचनको तयारीमा जुट्न पार्टीपंक्तिलाई निर्देशन गरेको हो ।

निर्वाचनका सन्दर्भमा उठिरहेका द्विविधाहरुलाई चिर्दै निर्वाचनको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण समेत बैठकले गरेको छ । बैठकले निर्वाचनका सम्पूर्ण कार्यहरुलाई तीब्रताका साथ अगाडि बढाउन निर्वाचन आयोगको समेत ध्यानाकर्षण गरेको छ ।

निर्वाचन आचारसंहिताविपरीत बजेटहरुको विनियोजन गर्ने, पूर्वाग्रहपूर्ण ढंगले कर्मचारीहरुको सरुवा, बढुवा तथा पदस्थापन गर्नेजस्ता कार्यप्रति एमालेले ध्यानाकर्र्षण गराएको छ । हाम्रो पार्टी निर्वाचन आचारसंहिता विपरीत यस्ता कार्यहरु तत्काल रोक्न सरकार सग माग गर्दछ । र, सरकारका यस्ता क्रियाकलापको कडाईका साथ अनुगमन गर्न निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गर्दछ प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

बैठकले संविधान संशोधनका सन्दर्भमा पार्टीले यस अगाडि राख्दै आएका अडानहरुप्रति पुनः जोड दिँदै संविधानको कार्यान्वयन, तीनै तहको निर्वाचनको सुनिश्चितता गर्दै लोकतान्त्रिक स्थायित्वमार्फत् मुलुकको समृद्धिका दिशामा अघि बढ्न सबै राजनीतिक शक्तिहरुलाई आह्वान गरेको छ । बैठकले पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा ९ राजनीतिक दलका बीचमा छलफल गरी एकीकृत धारणा बनाउने निर्णय समेत गरेको छ ।


अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
तेह्रथुमको म्याङ्लुङमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु
सुनसरीमा मतगणना जारी
पहिरो गएपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध
बझाङको जयपृथ्वी नगरपालिकाको वडा नम्बरमा ३ मा पुनः मतदान
ताप्लेजुङको याङ्माबाट २ दिनदेखि मतपेटिका ल्याउन असफल
१ र ५ नम्बर प्रदेशमा एमाले अगाडि, सातमा कांग्रेस
नागरिकताको विकल्पमा यस्तो बन्दै छ राष्ट्रिय परिचयपत्र
प्युठानको मल्लरानी गाउँपालिका १ मा राजमोको सिंगो प्यानल विजय
नवलपरासीको एक नगरपालिका र ३ वटा गाउँपालिकामा मतगणना सुरु
नवलपरासीको प्रतापपुर-१ ‍मा कांग्रेसको प्यानलै विजयी
गुल्मीको रुरु गाउँपालिकामा एमालेको अग्रता
सोलुखुम्बुको नेचा-सल्याङ गाउँपालिका-६ तिङ्लामा शून्य मतदान
दाङमा दश ठाउँमा मत गणना हुने
गुल्मीमा मतदान उत्साह र शान्तिपूर्ण रुपमा सम्पन्न, ७३ प्रतिशत मतदान
रोल्पामा मतपेटिका जल्यो, मत खसाल्दा केमिकल प्रयोग गरी आगजनी गराइएको आशंका
प्रधानमन्त्री देउवाद्वारा डडेल्धुरामा मतदान
बाजुराको गुम्बा गाउँ मतकेन्द्रमा निर्वाचन सम्पन्न
बुधबार हुन लागेको स्थानीय निर्वाचनको सबै तयारी कैलालीमा पूरा
मतदानको समयमा भारी वर्षा हुने, बिहानै भोट मतदाताहरुलाई सुझाव
दोस्रो चरणको स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा, बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुने