arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

विज्ञ सहित सेना, प्रहरीको टोलीद्वारा सन्धिखर्क, खाचिकोट, ढिकुराका जंगलमा बाघको खोजी कार्य जारी, बाख्रा राखी एम्बुस थापियो (तस्बिर सहित) text size increase   text size decrease   Print    rss (२०७४ आश्विन २१, शनिवार)

प्रेम खड्का

ढिकुरा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । बाघ मार्न तथा नियन्त्रण गर्न लागि चितवनबाट आएको राष्ट्रिय निकुञ्जको विज्ञ सहित नेपाली सेना, नेपाल प्रहरी लगायतको टोलीले खाचिकोट, ढिकुरा सम्मको सबै जंगलमा खोजी कार्य जारी राखेको छ । रातको समयमा पनि बाघको खोजी कार्य जारी राखिने भएको छ ।


आज शनिबार ढिकुराको टोडेहार लगायतका जंगलमा बाघ खोज्न परिचालन भएता पनि फेला पर्न सकिएन ।   साथै आज राती नेपाली सेना, नेपाल प्रहरी, स्थानियबासीको टिमले २,३ बाख्रा राखी एम्बुस थापेर बसेका छन् । फरक फरक स्थानमा १५, २० जनाको टोलीले बाख्रा राख्ने, बाख्रा खाने आएको बेलामा त्यही सुट गर्ने योजना बनाएको छ । 

आज बाघ खोजी कार्यमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सेनाका उच्च अधिकारी, सन्धिखर्क नगरपालिकाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । अब कुनै पनि हालतमा बाघलाई मार्न र नियन्त्रण गर्न प्रहरी पछाडि नपर्ने डिएस्पी एक नारायण कोईराला बताए।  


बाघ आतंक बढ्दै गएपछि र दर्जन बालबालिकाको ज्यान गएपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला बन कार्यालयकाे  पहलमा बाघ मार्न तथा नियन्त्रण गर्न चितवनबाट राष्ट्रिय निकुञ्जको विशेषज्ञको ४ जना टोली हिजो शुक्रबार सन्धिखर्क आईपुगेको थियो ।


पछिल्लो पटक आश्विन १६ गते सोमबार सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ को कुर बेहोरेका अशोक नेपालीकी ८ वर्षिया  छोरी प्रशन्ना नेपालीलाई बाघले खाएपछि पुन: सेना प्रहरी सन्धिखर्कको बेहोरेको जंगल,  कुर बेल्दारा देखि खाचिकोट, ढिकुरा सम्मको सबै जंगलमा परिचालन भएका थिए । 


बाघ मार्नका लागि ३० आर्मी र ३० प्रहरी गरि ६० जनाको टोली जंगल क्षेत्रमा परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयबाट चितुवा मार्न टोली परिचालन भएका हुन् । 

बाघ आतंक बढ्दै गएपछि खाचिकोट, ढिकुरा, नुवाकोट, सन्धिखर्क, किमडाँडा लगायतका स्थानिय बासिन्दा त्रसित भएका छन् । यस पटक प्रहरी प्रशासनले पुन: बढी सकृयता देखाएको छ । यस अघि पनि गत भाद्र २७, मंगलवार सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ प्रगतीनगर ( साविक खाचिकोट - ६ भालुखोला बाजाबारी) का रमेश के.सी र निर्मला के.सीका ४ वर्षिय कान्छो छोरो मनिष केसीलाई बाघले खाएकोपछि २,३ दिन सेना, प्रहरी परिचालन गरियता पनि केही उपलब्धी हुन सकेको थिएन । 


पछील्लो पटक खाचिकोटको भालुखोलामा बच्चा खाएको १५ दिन नहुँदै आश्विन ११, बुधवार बुधवार भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुरा ढोडेनी-खान्दुलामा आफ्नो घरभन्दा माथि मोटरबाटोमा खेली खेलिरहेको बेला बाघले राम बहादुर सुनार र कमला सुनारका ११ वर्षिय छोरा गोपाल सुनारलाई गम्भिर घाईते बनाएको थियो ।

अर्घाखाँचीमा बाघ आतङ्कले जिल्लावासी त्रसित भई रहेका छन् ।  पटक-पटक बाघको आक्रमणबाट अबोध बालबालिकाको ज्यान जाँदा समेत बाघ मार्न प्रशासन लागी नपरेको गुनासो जिल्लाबासीको छ । बाघले वर्षेनी बालबालिकाको ज्यान लिन थालेपछि यस क्षेत्रका नागरिक चिन्तित बनेका छन् । बालबालिकाहरु त्रासमा छन् । उनीहरुल स्कुल जान पनि डराइरहेका छन् । स्थानीय जगंल क्षेत्रमा घास दाउरा गर्न र गाइवाख्रा चराउन लैजान पनि डराइरहेका छन् । 

बाघ आतङ्कले जिल्लावासी त्रसित भईरहे पनि सुरक्षाको प्रत्याभुति दिलाउन असफल भएको आरोप खेपिरहेको प्रहरी प्रशासन बाघ मार्नका लागि बिशेष प्रहरी, सेना भदौको अन्त्य तिर २,३ दिन परिचालन गरेको थियो ।  


जिल्लामा गएको २,३ वर्ष भित्र लगभग एक दर्जन बालबच्चाको बाघको आक्रमणबाट ज्यान गएको छ । अर्घाखाँचीको ईतिहासमा यसरी बाघले मानविय क्षती पुराएको पहिलो पटक हो । 

बाघ आतंक बढ्दै गएपछि खाचिकोट, ढिकुरा, नुवाकोट, सन्धिखर्क, किमडाँडा लगायतका स्थानिय बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा २,३ वर्ष देखि बारम्बार  जिउधनको रक्षाको लागि आग्रह गरिरहेका छन् । उनिहरुले नरभक्षी बाघलाई पक्रिएर जनताको शान्तिसँग बाँच्न पाउने अधिकार सुरक्षित गर्न माग गरेता पनि जिल्लामा २,३ वर्षको अवधिमा कयौ प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख आए तर ति सबैले जनताको समस्या कहिलै सुनेनन् । यस जिल्लामा कुनै निकायले यसलाई चासो देखाएनन् ।  


यस अगाडि पनि बाघ मार्नु पर्ने व्यापक गुनासो आएपछि बाघ मार्नका लागि प्रशासनले २,४ दिन प्रहरी परिचालन गराएता पनि उपलब्धी शुन्य रहेको छ । अर्घाखाँची नेपालको अन्य भेगमा भन्दा बढी बाघले आतङ्क मच्चाएको जिल्ला हो । विधालय आउँदा जाँदा होस् कि साँझ विहान घरको आगनमा खेल्दा होस् यहाँ बच्चाहरुको सुरक्षा छैन ।  
 

उता सन्धिखर्क, खाचिकोट, ढिकुरा लगायतका स्थानियबासीले अर्घाखाँचीमा निरन्तर बाघको आक्रमणबाट ठुलो मानविय क्षती भएपछि जिल्लालाई संकटग्रस्त क्षेत्रको घोषणा गर्न माग गरेका छन् । सरकारले बाघलाई पक्रन वा मार्नको निम्ती पहल नगरे गाउँ छाड्न बाध्य हुने उनिहरुको भनाई छ ।


०७० भदौ १७ मा भुमिकास्थान नगरपालिका ८ का ३ वर्षिय बालक नारायण नेपाली, ०७० कार्तिकमा भुमिकास्थान ८ कै ६ वर्षिय उमेश नेपाली, ०७१ वैशाख ४ गते सन्धिखर्क ८ किमडाँडाका डेढ वर्षिय बालक युवराज मरासिनी, ०७१ जेठ २२ गते सन्धिखर्क नगरपालिका २ कुर का छ वर्षिय बालक शुसिल आचार्यको ज्यान लिएको थियो । ०७१ भदौ १९ गते सन्धिखर्क नगरपालिका ८ की १० वर्षिया बालिका सुजता विक, ०७१ मंसिर २६ गते सन्धिखर्क ८ का तिन वर्षिय बालक सुमन नेपालीको ज्यान लिएको थियो । यस्तै ०७३ वैशाख २९ गते भुमिकास्थान ८ नुवाकोटका ढाइ वर्षिय बालक आरम्भ गैरे को ज्यान लियो । ०७३ भदौमा सन्धिखर्कको खाँचीकोटमा ८ वर्षिया बालिका अस्मिता मुखिया र ५ वर्षिया ललिता विकको ज्यान लिएको थियो । यो बीचमा पाँच जना बालबालिका बाघको आक्रमणबाट घाइते भएका छन् । 


अर्घाखाँची जिल्लामा हालसम्म बाघको आक्रमण र मृत्‍युहुनेको विवरण यस्तो छ:- 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सन्धिखर्कको सालारुख जगतामा ट्याक्सी दुर्घट्ना, २ जना घाइते (तस्बिर सहित)
अर्घाखाँचीमा नर्सको आन्दोलनका कारण अस्पताल प्रभावित
सन्धिखर्कमा पत्रकार भेटघाट, कसैले चाहदैमा पार्टी एकता नरोकिंने डिलाराम आचार्यको भनाई
खिदिममा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
सन्धिखर्कमा २० अौ भुकम्प सुरक्षा दिबस मनाइयो
अर्घाखाँचीमा निर्माणका कामहरु अगाडि सक्नेगरि अगाडि बढाउन सरोकारवालालाई निर्माण ब्यबसायी संघका अध्यक्षको अाग्रह
अर्घाखाँचीको सन्धिखर्क स्थित त्रिवेणीधाममा माघेसंक्रान्ती बिशेष कृषि मेला प्रदर्शनी तथा सास्कृतिक कार्यक्रम सम्पन्न ।
अर्घाखाँची समाज जापानद्दारा धारापानी साना औवलका क्यान्सर पिडितलाई आर्थिक सहयोग
पाणिनी ४ धौराली मावीमा आर्थिक हिनामिना
सन्धिखर्कमा साथी बचत तथा ऋण सहकारी संस्थाको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज भुसाल चयन
अर्घाखाँची संयुक्त बाम गठबन्धन रुपन्देहीद्दारा बुटवलमा जनप्रतिनिधीहरुलाई सम्मान
सन्धिखर्क ८ मा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई तालिम
सन्धिखर्कमा प्रदिप ज्ञवालीसँग संयुक्त पत्रकार सम्मेलन, एमाले र माओवादी केन्द्र बीचको पार्टी एकता पक्रिया अन्तिम चरणमा पुगेको भनाई
पणिनीमा नमूना बचत तथा ऋण सहकारी सस्थाको १४औ साधारण सभा सम्पन्न
सन्धिखर्कको बाँगी खाेलामा सरसफाइ कार्यक्रम सम्पन्न
सन्धिखर्कका नगरप्रमुख भुसालद्दारा समुन्नत र नमुना नगरपालिका बनाउने अाफ्नो प्रतिबद्धता कार्यान्यन तर्फ उन्मुख भएको उल्लेख
भुमिकास्थान ३ ले आगामी वर्षको मंसिर १५ मा पुर्ण सरसफाइ उन्मुख वडा घाेषणा गर्ने
मुल्य वृद्दिको फिर्ता लिन निर्माण व्यवसायी अर्घाखाँचीको आग्रह
अर्घाखाँचीका शान र एरेन्ज किंग कमल सौरागले बर्षकै सर्वोउत्कृस्ट ठुला ठुला अवार्डहरुमा लगाए ह्याट्रिक
सन्धिखर्कमा डा. गोविन्द केसीको रिहा गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा ज्ञापनपत्र (तस्बिर सहित)
http://go.oclaserver.com/afu.php?zoneid=1465736