arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
जिल्ला समाचार

जलुकेको लामातालमा पोल गाडेको १० वर्ष हुँदा पनि बिजुली आएन (तस्बिर सहित)text size increase   text size decrease   Print    rss (२०७४ माघ २६, शुक्रवार)

वीरेन्द्र केसी कान्तिपुर 

लामाताल, अर्घाखाँची । शीतगंगा ७ (साविक जलुके ४) लामातालमा एक वर्षभित्र उज्यालो पुर्‍याउने भन्दै पोल गाडेको १० वर्ष भयो । सदरमुकाम देखि झन्डै ५० किमि दक्षिणमा पर्ने यो गाउँमा अझै बिजुली बल्ने सुरसार छैन ।


केही पोल ढलिसके । ती पोलमा तार पनि टाँगिएको छैन । बिजुली वितरणका लागि एउटा ट्रान्सफर्मर जडान गरिएको थियो । जीर्ण भइसकेको ट्रान्सफर्मरले खिज्याउन थालेको उपभोक्ताको भनाइ छ । ट्रान्सफर्मरबाट फुक्लिएका नटबोल्ट भुइँमा छरिएका छन् ।
छिमेकी प्यूठानमा बिजुली झलमल छ । जंगलबीचको समथर बस्ती लामातालमा भने अन्धकार छ । पैसा हुनेले घरमा सोलार बत्ती जोडेका छन् । गरिब परिवारले टुकीमै गुजारा चलाउँछन् । ‘१ सय ७४ घरधुरी बसोबास रहेको यो गाउँमा बिजुली बल्ने कुनै टुंगो छैन,’ स्थानीय जितबहादुर पुलामीले भने, ‘बेकारमा लाखौं रकम खर्च मात्रै भएको छ ।’


उक्त बस्ती राम्रो भए पनि अन्धकार नै भएको स्थानीय तुल्सी राउतले बताए । ‘हामीहरू विद्युत् कार्यालयमा पटक–पटक धायौं,’ राउतले थपे, ‘जाँदा आश्वासन मात्रै दिन्छन् तर काम कहिल्यै भएन ।’ जति पनि श्रमदान गर्न तयार स्थानीयले बिजुली ल्याउन भनेर रकम पनि उठाएका छन् । 


राप्ती पारिको प्यूठान झलमल हुँदा अर्घाखाँचीको लामातालमा टुकीको भरमा बस्नुपरेको स्थानीय दिलमाया गाहाको गुनासो छ । ‘बस्ती पातलो र घर पनि छरिएर रहेकाले विद्युत् विस्तार गर्न बढी समस्या छ,’ विद्युत् प्राधिकरण कार्यालय अर्घाखाँची प्रमुख वीरमान रास्कोटी भन्छन्, ‘प्रथमत: बजेट छैन, लामो दूरीमा जंगलका रूख काटेर तार तान्नुपर्छ, वनले रूख काट्न नदिँदा विद्युत् विस्तार गर्न सकिएन ।’ वन कार्यालयले सहमति दिएमा एक वर्षभित्रै विद्युत् बाल्न सकिने दाबी उनको छ । यहाँ सालका रूख बढी छन् । जिल्ला वन अधिकृत दीपक ज्ञवालीले अहिलेसम्म प्राधिकरणले समस्याबारे कुनै जानकारी नगराएको बताए । स्थानीयले भने प्राधिकरणले विद्युत् विस्तारमा अनेक बहाना बनाएर आलटाल गर्ने गरेको गुनासो पोख्छन् ।


वडाध्यक्ष मोहन पन्थीले वडाका ७ सय १५ घरधुरीमध्ये २० घरमा मात्रै बिजुली पुगेको बताए । लामातालसहित धेरै छरिएर रहेका बस्तीमा बिजुली पुग्न बाँकी छ । वडाबाट १७ लाख बजेट विनियोजन भएको छ । ‘यतिले सबै ठाउँमा विस्तार गर्न सम्भव छैन । जति सकिन्छ, विस्तार गर्छौं,’ उनले भने । वडाका सबै घरमा बिजुली पुग्न कम्तीमा ५ करोड रुपैयाँ बजेट लाग्ने उनले अनुमान गरे । नगरपालिकाले पनि विद्युतका लागि बजेट नदिएर उपेक्षा गरेको पन्थीले बताए ।


फाइल तस्बिरहरु  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
नेपाल महिला संघ शितगंगाको प्रथम नगर अधिवेशन सम्पन्न, सभापतिमा जीबा पौडेल निर्वाचित, ५ वर्षपछि कांग्रेस मुलुकको पहिलो शक्ति हुने मुस्कान दावी (तस्बिर सहित)
धारापानीको फलाम खिल्जी स्थित श्री लक्ष्मी आधारभुत विद्यालयमा ३ कोठे पक्की भवन उद्घाटन कार्यक्रम सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कमा नेपाल अर्बुद रोग निवारण संस्थाको आठौं जिल्ला सभा सम्पन्न, पिताम्बर बन्जाडे पुन: अध्यक्षता (तस्बिर सहित)
पणेनाका ५० भन्दा बढी युवाले कुखुरा, बाख्रा र गाईभैंसी पालनबाट मनग्य आम्दानी गर्दै
सिमलपानीमा जग्गाधनी लालपुर्जा वितरण शुरु (तस्बिर सहित)
साथीभाइ र चिनजानका भेटेर भलाकुसारी गर्ने सन्धिखर्कको सुन्दर शान्ति बगैंचा
अर्घाखाँचीका दुई जनाको बुटवलमा बस ठक्करबाट मृत्‍यु
शितगंगा नगरपालीकाले आरन व्यबसायलाई औजार र क्षमता विकास तालीम प्रदान गर्ने
शितगंगाको बर्रेबाट अवैधरुपमा काठ लैजाँदै गरेको एक ट्रकसहित ५ जना पक्राउ
जुनोटिक रोगबारे सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न , मान्छेको जस्तै पशुको पनि स्याहार
सन्धिखर्कको ग्रीन इंगलिस बोर्डिंग स्कुल चुत्राबेसीमा पुरस्कार बितरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)
सुपा देउरालीमा आउने दर्शनार्थीको संख्यामा दोब्बर वृद्धि, यस वर्ष ८० लाख आम्दानी पुग्ने अनुमान
सन्धिखर्क २ मा महिला नेतृत्व बिकास तालीम सुरु (तस्बिर सहित)
नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीका जिल्ला ईन्चार्जद्दारा बन्दुक उठाउने चेतावनी
किमडाँडाको आँपखोला बोडखोलामा बाबु र छोराको स्मृतिमा प्रतिक्षालय निर्माण
डिभर्नाको जोगिमारे आधारभुत बिद्यालयको ४० औ बार्षिक उत्सब सम्पन्न, सामुदायीक बिद्यालय नमुना बनाउने सन्धिखर्क नगरप्रमुखको प्रतिबद्धता
मालारानी - २ मा प्रदेश सांसद चेतनारायणद्दारा सिलाइ कटाइ तालिमको उद्घाटन
नेपाल बन्द कारण दिनभर प्रभाबित भएको अर्घाखाँचीको जनजिबन साँझ बन्द खुलेसँगै सामान्य बन्दै
सन्धिखर्कमा नगर स्तरीय अगुवा कृषक तालिम सुरु
सन्धिखर्कको बिहार बरापमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको शोक सभा सम्पन्न
http://go.oclaserver.com/afu.php?zoneid=1465736