arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राजनिती

नेपाल प्रेस युनियनले यस्तो प्रेस विज्ञप्ती जारी गर्‍यो text size increase   text size decrease   Print    rss (२०७४ श्रावण १०, मंगलवार)

सुर्य भुसाल 

बुटवल । नेपाल पत्रकार महासंघका एक केन्द्रीय सदस्य समाचारको विषयमा मोलमोलाईमा संलग्न रहेको भिडियो सार्वजनिक र पछील्लो विवादलाई लिएर नेपाल प्रेस युनियनले आश्र्चर्य व्यक्त गरेको छ । 

प्रेस विज्ञप्ती

नेपाल पत्रकार महासंघ इतिहासकै गम्भिर मोडमा खडा भएको छ भने महासंघ नेतृत्व इतिहासकै संगिन कठघरमा उभिएको छ। फरक विचार राख्नेहरुसँग राजनीतिक रुपमा अत्यन्तै पूर्वाग्रही देखिएको महासंघ नेतृत्व अनेक विवादमा समेत मुसिएको छ। पछिल्लो पटक महासंघका एक केन्द्रीय सदस्य समाचारको विषयमा मोलमोलाईमा संलग्न रहेको भिडियो सार्वजनिक हुनुले समग्र नेपाली पत्रकारीतालाई कठघरामा उभ्याएको छ। 

घटनामा संलग्न महासंघका केन्द्रीय सदस्यले आफू कार्यरत समाचार संस्थाका सम्पादकलाई मिलाउनु पर्ने भन्दै समाचारको मोलमोलाइमा संलग्न रहनु र सो समाचार संस्थाका सम्पादक स्वयं महासंघका केन्द्रीय सभापति रहनुले घटनालाई थप सन्देहपूर्ण बनाएको छ। महासंघकै एक केन्द्रिय सदस्यले महासंघकै सभापति समेत रहेका सम्पादकलाई संलग्न गराएको यो घटनाको विषयमा महासंघको केन्द्रीय समितिले स्वतन्त्र छानविनका लागि मार्ग प्रशस्त गरि पत्रकारीतामा खडा भएको सवालको निरुपण गर्छ भन्ने अपेक्षा गरिएपनि यसलाई ढाकछोप गर्ने काम मात्र गरिएकोले धेरैलाई आश्चर्यमा पारेको छ। 

महासंघको केन्द्रीय महासचिवलाई घटना सार्वजनिक हुनुअघी नै जानकारी भएपनि त्यसलाई गम्भिरतापूर्वक नलिनु तर घटना सार्वजनिक भएपछि महासचिवकै नेतृत्वमा छानविन समिति बनाएको भनिएपनि सो समितिप्रति ढुक्क हुने स्थित नरहेको धेरेको बुझाई छ। 

नेपाली आमसञ्चार माध्यमको आचार संहिताको अनुगमन गर्ने एकमात्र निकाय प्रेस काउन्सिल नेपाल पनि नेपाली पत्रकारीताको मुखमा कालो पोत्ने यस घटनाको बारेमा मौन प्राय देखिनुले काउन्सिलको भुमिकामाथि पनि सन्देह पैदा गरेको छ। काउन्सिलका सदस्य समेत रहेका महासंघका अध्यक्ष मुसिएको यो घटनामा बारेमा काउन्सिललाई आफ्नो सक्रियता देखाउँदै आफ्नो गरिमा कायम राख्न हामी आग्रह गर्दछौ। 

नेपाल प्रेस युनियन यो घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ। घटना सार्वजनिक हुनु, घटनामा संलग्न महासंघ केन्द्रीय सदस्यले स्वनिलम्वन गर्नु तर उनले मुछेका महासंघका सभापति तथा सम्वन्धित सञ्चारगृहका सम्पादक अझै पनि पानी माथिको ओभानो रहन खोज्नुले हामी सबैलाई आश्र्चर्यमा पारेको छ। तसर्थ यो घटनाको स्वतन्त्र छानविनको लागि पत्रकार महासंघका सबै सदस्यहरु, सरोकारवालाहरुले दवाव दिनु आवश्यक छ। नेपाल पत्रकार महासंघलाई पत्रकारहरुको छाता संगठनका साथै गरिमापूर्ण नागरिक संस्थाको रुपमा कायम राख्न फेरि एकपटक सचेत हस्तक्षेपका लागि नेपाल प्रेस युनियन सबै सरोकारवाला समक्ष आग्रह गर्दछ। जय नेपाल। 

अजयबाबु शिवाकोटी
महासचिव 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
आज २० वर्षपछि स्थानीय चुनाव हुँदै, साँझ ५ बजेसम्म मतदान
स्थानीय निर्वाचनको भरपर्दाे सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा
राष्ट्रपति श्रीलंका र थाइल्यान्डको पाँचदिने औपचारिक भ्रमणमा
मतदातामा निर्वाचनप्रति निकै उत्साह
स्थानीय निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगसमक्ष दलहरुको लिखित प्रतिबद्धता
लुम्बिनीको समग्र विकासको लागि ध्यान दिन उपराष्ट्रपतिको आग्रह
दोलखा घटनामा स‌ंलग्नलाई तुरुन्त कारबाही गर्न एमालेको माग
स्थानीय निर्वाचनमा मतपत्रकाबारेमा अन्योल नहोस् भनी सचेतना फैलाउने काम तीव्र (भिडियोसहित)
आचारसंहितामा गरिएको कडाइका कारण विगतका निर्वाचनमा भन्दा यस पटक प्रचार प्रसारमा तडकभडक कम
मुस्ताङमा उम्मेदवारहरु धमाधम निर्विरोध निर्वाचित, १३५ सिट मध्ये ४२ पदमा निर्विरोध
पहिलो चरणको स्थानीय निर्वाचनमा ३ सय १६ जना निर्विरोध निर्वाचित, एमाले सबैभन्दा अगाडि
माओवादी केन्द्रले प्रधानमन्त्रीकी छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयर मा उठाउने
दोस्रो चरणको स्थानिय तहको चुनाव अघि नयाँ सरकार बनाउने सहमति
चुनाव चिन्ह नपाए निर्वाचन हुन दिन्नौ : बाबुराम भट्टराई
राष्ट्रिय जनमोर्चा प्यूठान-काठमाडौं सम्पर्क समितिको प्रशिक्षणात्मक भेला सम्पन्न
प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेणुले भरतपुर महानगरपालिका बाट मेयरका लागि उम्मेदवारी दिने
अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका खारेज गर्न सरोकारवालाहरुको माग
नेकपा एमालेले देशभरिका स्थानीय तहको वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवार तय गर्ने अधिकार सम्बन्धित जिल्ला कमिटीलाई
अस्थायी, करारमा कार्यरत कर्मचारीलाई साविककै स्थानमा खटाइने
प्रमुख निर्वाचन आयुक्त यादवको घरमा मोर्चा कार्यकर्ताको तोडफोड
http://go.oclaserver.com/afu.php?zoneid=1465736