arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
समाज

प्रसुती वार्डबाट हराएको नवजात शिशु भेटियो text size increase   text size decrease   Print    rss (२०७३ माघ २३, आइतवार)


     
वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रसुती वार्डबाट शुक्रवार दिउँसो २ बजे हराएको नवजात शिशु पर्साको बेल्वाबाट भेंटिएको छ । बजार टोल छप्कैया  १ वीरगन्जका वीरगन्जका मुकेश पासवान की श्रीमति आशा देवीले शुक्रवार बिहान ११ बजेर ४० मा जन्माएको बच्चा अस्पतालको प्रसुति वार्डबाट केही बेरमै गायब भएको थियो।

घट्नापछि आक्रोशित परिवारजन र स्थानीयले बच्चा खोजेर फेला पार्ने दबाव दिदै शनिवार नारायणी उपक्षेत्री अस्पताल अगाडी टायर बालेर प्रदर्शन सुरु गरेपछि ३ दिनभित्र बच्चा खोज्ने प्रहरीले वाचा गरेको थियो । आइतवार बिहान पर्साको बेल्वा ९ मा बच्चा रहेको सूचना पाएपछि गएका प्रहरी उपरीक्षक साहले मिलनचोकमा घर भएका विन्देश्वर साहको घरबाट फेला पारेका थिए । प्रहरीका अनुसार साहकी छोरी लालसा देवीले शिशुलाई अस्पतालबाट लगेकी थिएन् । शिशुलाई प्रहरीले उसको आमा र परिवारको जिम्मा लगाएको छ । यसैविच जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरेर लालसादेवीलाई सार्वजनिक गरेको छ । आरोपित लालसाको मुखमा मुक्ण्डो लगाइएको थियो । उनी निकै डराएकी थिइन् ।

प्रहरी उपरीक्षक साहका अनुसार आरोपित महिलाको पाँच साल अगाडी बिहे भएर पनि बच्चा हुन नसकेको पृष्ठभुमी छ । प्रारम्भीक रुपमा बुझिए अनुसार बच्चा पाउन चाहेको तर बच्चा हुन नसकेकी महिला हुन्, साहले भने, अस्पतालमा आफन्त जस्तो ब्यवहार प्रदर्शन गरेर मौका हेरेर उनी बच्चा लिएर निस्केकी थिइन् । घट्नामा अस्पतालकै कसैको संलग्नता भए नभएको बारे पनि बुझ्ने काम भइरहेको मध्यक्षेत्रका डिआइजी पशुपति उपाध्यायको उपस्थितीमा जिल्ल प्रहरी कार्यालयभित्र गरिएको पत्रकार सम्मेलनमा उनले बताए । उनले अनुसन्धानपछि अरु कुरा खुल्ने बताए ।

अस्पतालको एनआइसियु (बाल सघन उपचारकक्ष)मा राखिएको छ । जन्मदै स्वास्थ्य कमजोर रहेको शिशु २ दिन चिकित्सकीय रेखदेखभन्दा बाहिर रहेकोले तुरुन्तै एनआइसियु भति गर्नु परेको बारोग बिशेषज्ञ चिकित्सक शैलेस ठाकुरले बताए । उनका अनुसार शिशुको स्वास्थ्य अवस्था चिन्ताजनक छैन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चित्तरञ्जन साहले अब यस्ता वा कुनै पनि किसिमको असूरक्षाका घट्ना हुन नदिन सिसि क्यामरा दुरुस्त पारिसकिएको र पालेहरु राख्ने लगायत काम गर्न थालिएको बताए। हराएको बच्चा फिर्ता पाएपछि परिवारजनमा भने खुसियाली देखियो। हामीले आशा गुमाएका थियौं, अहिले बच्चा फिर्ता आएपछि धेरै खुसी छौं, शिशुका बाबु मुकेश पासवानले भने।

नागरिक न्युजबाट

 
      

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य समाज
नयाँ बर्ष २०७४ सालको हार्दिक शुभकामना
फेसबुकमा ज्वाई खोज्दै
संरक्षणमा चासो नदिँदा कोल बिस्थापित हुदै
न्यूनतम पारिश्रमिक लागु गर्न सरकारलाई दवाब
खुशी राष्ट्रको सूचिमा नेपाल सार्कमा तेस्रो
सवारी लाइसेन्समा नयाँ नियम वर्ग थप गर्न लिखित परीक्षा दिनु नपर्ने सिधै ट्रायल
संसारमै बन्दैन २४ क्यारेटको गहना, नेपालमा किन बेइमानी ?
विश्वका शक्तिशाली ७ महिला
विधुत प्राधिकरण अर्घाखाँचीको चरम लापरवाहीका कारण सर्वसाधारणलाई सास्ती (भिडियो तस्बिर)
अर्घाखाँची जिल्लाको पाणिनी बहुमुखी क्याम्पसमा आज स्वबियु निर्वाचन हुँदै ।
महिला उत्तरदायी पत्रकार आचारसंहिता, २०७३ प्रतिवेदन हस्तान्तरण
सहर उज्यालो अभियानमा जुटे स्थानीय
अमेरिका हिडेका नेपालीहरु मेक्सिकोमा अलपत्र
एक हुन आहवान
"आशा अधिकारी बचाउ अभियान " का लागि मलेसियाबाट बाबा राजेन्द्र अधिकारीको सबैमा सहयोगको अपिल
सिके राउतलाई प्रहरीले जनकपुरबाट पक्राउ गर्यो
धुर्मुस र सुन्तली लाई अष्ट्रेलियाबाट १९ लाख सहयोग
आठ वर्षको कारागार पछी सफाई
उप कुलपतिलाई ज्ञापनपत्र
प्रशासन कार्यालय पुगिन् हिमानी