arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
साहित्य

आस गर्छ (गज़ल)text size increase   text size decrease   Print    rss (२०७४ पौष ५, बुधवार)

world news

-कोमल भट्ट
पुरानो नैकाप-१३ ,काठमाडौँ
हाल:-न्युयोर्क  

सधैँ देशले शानको आस गर्छ
प्रतिष्ठा र सम्मानको आस गर्छ

भएकोछ खोक्रो र सर्वाङ्ग नाङ्गो
लगातार उत्थानको आस गर्छ

लुटाए लुटे बेसरी दुर्मनाले
अधोबुद्धिमा ज्ञानको आस गर्छ

सताएर माता बने ठालु धेरै
गुणी,योग्य सन्तानको आस गर्छ

छ व्यापार कालो तथा सोच कालो
दुरुत्साह पेलानको आस गर्छ

भयो कष्ट सीधा तथा सन्तलाई
सुसद्भाव ठेगानको आस गर्छ

प्रजातन्त्रमा वृद्धि भो दम्भ मात्रै
अहम्ता समाधानको आस गर्छ

दुख्यो जन्मिँदा कंस वा धुन्धुकारी
दुराचार बैठानको आस गर्छ

बने पौरखी बन्छ यो देश पक्कै
सबैमा दिलोज्यानको आस गर्छ

खुदै रुन्छ रोजै रुँदा देशवासी
त्रयी कोटि मुस्कानको आस गर्छ

बढ्यो द्वन्द्व संसारमा मूर्खताले
हओस् जन्म विद्वानको आस गर्छ

( भुजङ्गप्रयात छन्द )
 सूत्र :-:-ISS ISS ISS ISS
गण :- य य य य

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य साहित्य
उखेलेर आँखीभुई सिलिक्क राम्री ( गजल)
आमा
आमा (गज़ल)
खडेरी (गजल)
रैछ कालो (गज़ल)
नयाँवर्ष (गज़ल)
आउ खेलौँ होली (कविता)
मृत्युको डर (कविता)
देश (गजल)
"गल्ति भएछ"
आजकल (ग़ज़ल)
मेरी आमा (गज़ल )
भूल गरेँ (गज़ल)
थाहा हुन्छ (गज़ल )
कविता लेख्दैमा मृत्युदण्डको सजाय सुनाइएका प्यालेस्टाइनी कवि असरफ फायद प्रति समर्पित कविता
बाँकी छ (गज़ल)
दुख्यो देश (गज़ल)
गणतन्त्रको आँसु
आदिकवि भानुभक्त आचार्यको नाममा विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले धार्मिक तथा शैक्षिक महोत्सव हुने
कसरी म बाच्ने होला
http://go.oclaserver.com/afu.php?zoneid=1465736