arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
अर्थ,वाणिज्य,कृषि समाचार

नेपाली हवाई क्षेत्रलाई यूरोपियन यूनियनको कालो सूचिबाट हटाउन औपचारिक पहलtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र २, बुधवार)

world news

यूरोपेली आकासमा नेपाली एयरलाइन्सहरूको उड्डयनमा लगाउँदै आएको प्रतिबन्ध हटाउने सम्बन्धमा नेपाल सरकारले यूरोपेली आयोगलाई औपचारिक आधारपत्र बुधबार हस्तान्तरण गरेको छ । 

नेपाली एयरलाइन्सहरूले हवाई सुरक्षा मापदण्ड (एयर सेफ्टी) पूरा गर्न नसकेको कारण देखाउँदै यूरोपली आकासमा लगाउँदै आएको प्रतिबन्ध हटाउन अनुरोध गर्दै परराष्ट्र सचिव शंकरदाश बैरागीले पर्यटन मन्त्रालयद्वारा उपलब्ध गराइएको सो आधारपत्र नेपालका लागि यूरोपेली सङ्घकी राजदूत रेन्जे टिरिन्कलाई परराष्ट्र मन्त्रालयमा बुधबार हस्तान्तरण गरेका छन् ।  

परराष्ट्र मन्त्री डा.प्रकाशशरण महतले गत फागुनको पहिलो हप्ता गरेको ब्रसेल्स भ्रमणका क्रममा यूरोपेली आयोगका अध्यक्ष जिन क्लाउड युंकर र आयोगकी उपाध्यक्ष एवम् विदेश मामिला र सुरक्षा नीतिसम्बन्धी उच्च प्रतिनिधि फेडेरिका मोगरिनीसँग उक्त कालो सूचीको प्रावधान हटाउन अनुरोध गरेका थिए । मन्त्री डा.महत र यूरोपेली आयोगका अध्यक्ष युंकरबीचको भेटका क्रममा भएको सहमझदारी अनुसार आयोगले मागेको पछिल्लो प्रगति प्रतिवेदनसहितको मापदण्ड पूरा गरिएको पत्र बुधबार राजदूतमार्फत आयोगलाई हस्तान्तरण गरिएको हो । 

भेटमा आयोगका अध्यक्ष युंकरले मन्त्री डा.महतलाई पछिल्लो समयमा उक्त हवाई सुरक्षा मापदण्ड पूरा गरेको सम्बन्धी कागजका आधारमा नेपालको उक्त सूची हटाइने आवश्वासन दिएको परराष्ट्र मन्त्रालयले बताएको छ । सो पत्रमा हवाई सुरक्षा (एयर सेफ्टी) सम्बन्धमा नेपालले हालैका वर्षहरूमा गरेको प्रगति तथा त्यस सम्बन्धमा अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाव) ले गरेको तथ्यगत प्रगति समावेश छ । 

आइकावको प्राविधिक समूहले गत नोभेम्बर महीनामा गरेको अध्ययन अनुसार उक्त संगठनले हवाई सुरक्षाका सम्बन्धमा तय गरेको मापदण्ड नेपालले पूरा गरेको छ । सो पत्रमा उक्त मापदण्ड र यसको कार्यान्वयन बारेको नेपालको पछिल्लो अवस्था समेटिएको छ । उक्त पत्र बुुझ्दै राजदूत रिन्जेले आफूले उक्त पत्र चाँडै यूरोपेली सङ्घमा पठाउने र छिट्टै नेपाल उक्त कालो सूचीबाट हट्ने विश्वास व्यक्त गरे । 

यूरोपेली सङ्घले यूरोपेली देशहरूको आकासमा नेपाली एयरलाइन्समाथि लगाउदै आएको सो प्रतिबन्ध हट्दा नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
फेरी खाना पकाउने ग्यास, पेट्रोल, डिजेलको मूल्य बढ्यो
बुटवलमा औद्योगिक प्रदर्शनी सुरु
तिहारमा टेलिकमको छुटैछुट
धुर्मुसले गरे सन नेपाल लाईफ इन्स्योरेन्स वुटवल शाखाको उद्घाटन
सर्वियाबाट वाइवाइको उत्पादन शुरू, राष्ट्रपतिद्वारा प्लाण्ट उद्घाटन
बडादसैंका लागि पोखरामा यसपटक झन्डै २४ हजार भेडा-च्याङ्ग्रा भित्र्याइए
काठमाडौंमा दशैं किनमेल महोत्सव सुरु
दशैं नजिकिदै गर्दा उपत्यकाकामा किनमेल गर्नेको चहलपल सुरु
आगामी भदौ १६ गतेदेखि कात्तिक ९ गतेसम्म चाडपर्वका लागि सुपथमूल्यका पसल सन्चालन हुने
सेयर बजार ऋणात्मक
१४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी पौष ६ गतेदेखि १८ गतेसम्म आयोजना गर्ने रुपन्देही उद्योग संघको निर्णय
भक्तपुरमा अझै ४० प्रतिशत जमिनमा रोपाइँ गर्न बाँकी
काठमाडौंमा प्लास्टिकको चामल बिक्री
जहाँ हरेक कपडाको मूल्य पाँच सय रुपैयाँ मात्र
बुटवलमा पाँच दिने नेतृत्व विकास तालिम समापन
धान दिवस ! किसानलाई भ्याइनभ्याई
ओम र मनास्लु विकास बैकको संयुक्त कारोवार
प्रभु बैंकद्वारा गलकोटको एक विद्यालयलाई २ थान कम्प्युटर सहयोग
आर्थिक वर्षका लागि झन्डै १३ खर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत् (यस्तो छ बजेटको पूर्णपाठ)
रुपन्देहीमा पहिलो पटक मेसिनबाट च्याउको बल बनाउने मेसिन
http://go.oclaserver.com/afu.php?zoneid=1465736