arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
अर्थ,वाणिज्य,कृषि समाचार

नेपाली हवाई क्षेत्रलाई यूरोपियन यूनियनको कालो सूचिबाट हटाउन औपचारिक पहलtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र २, बुधवार)

world news

यूरोपेली आकासमा नेपाली एयरलाइन्सहरूको उड्डयनमा लगाउँदै आएको प्रतिबन्ध हटाउने सम्बन्धमा नेपाल सरकारले यूरोपेली आयोगलाई औपचारिक आधारपत्र बुधबार हस्तान्तरण गरेको छ । 

नेपाली एयरलाइन्सहरूले हवाई सुरक्षा मापदण्ड (एयर सेफ्टी) पूरा गर्न नसकेको कारण देखाउँदै यूरोपली आकासमा लगाउँदै आएको प्रतिबन्ध हटाउन अनुरोध गर्दै परराष्ट्र सचिव शंकरदाश बैरागीले पर्यटन मन्त्रालयद्वारा उपलब्ध गराइएको सो आधारपत्र नेपालका लागि यूरोपेली सङ्घकी राजदूत रेन्जे टिरिन्कलाई परराष्ट्र मन्त्रालयमा बुधबार हस्तान्तरण गरेका छन् ।  

परराष्ट्र मन्त्री डा.प्रकाशशरण महतले गत फागुनको पहिलो हप्ता गरेको ब्रसेल्स भ्रमणका क्रममा यूरोपेली आयोगका अध्यक्ष जिन क्लाउड युंकर र आयोगकी उपाध्यक्ष एवम् विदेश मामिला र सुरक्षा नीतिसम्बन्धी उच्च प्रतिनिधि फेडेरिका मोगरिनीसँग उक्त कालो सूचीको प्रावधान हटाउन अनुरोध गरेका थिए । मन्त्री डा.महत र यूरोपेली आयोगका अध्यक्ष युंकरबीचको भेटका क्रममा भएको सहमझदारी अनुसार आयोगले मागेको पछिल्लो प्रगति प्रतिवेदनसहितको मापदण्ड पूरा गरिएको पत्र बुधबार राजदूतमार्फत आयोगलाई हस्तान्तरण गरिएको हो । 

भेटमा आयोगका अध्यक्ष युंकरले मन्त्री डा.महतलाई पछिल्लो समयमा उक्त हवाई सुरक्षा मापदण्ड पूरा गरेको सम्बन्धी कागजका आधारमा नेपालको उक्त सूची हटाइने आवश्वासन दिएको परराष्ट्र मन्त्रालयले बताएको छ । सो पत्रमा हवाई सुरक्षा (एयर सेफ्टी) सम्बन्धमा नेपालले हालैका वर्षहरूमा गरेको प्रगति तथा त्यस सम्बन्धमा अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाव) ले गरेको तथ्यगत प्रगति समावेश छ । 

आइकावको प्राविधिक समूहले गत नोभेम्बर महीनामा गरेको अध्ययन अनुसार उक्त संगठनले हवाई सुरक्षाका सम्बन्धमा तय गरेको मापदण्ड नेपालले पूरा गरेको छ । सो पत्रमा उक्त मापदण्ड र यसको कार्यान्वयन बारेको नेपालको पछिल्लो अवस्था समेटिएको छ । उक्त पत्र बुुझ्दै राजदूत रिन्जेले आफूले उक्त पत्र चाँडै यूरोपेली सङ्घमा पठाउने र छिट्टै नेपाल उक्त कालो सूचीबाट हट्ने विश्वास व्यक्त गरे । 

यूरोपेली सङ्घले यूरोपेली देशहरूको आकासमा नेपाली एयरलाइन्समाथि लगाउदै आएको सो प्रतिबन्ध हट्दा नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
एअरवसले पठाएको पत्र निगमभित्रै गायव/खाता नम्बर पठाउन ब्यबस्थापनको आनाकानी
रुपन्देही उद्योग सङ्घले आन्दोलनस्वरुप उद्योग व्यवस्थापन कार्यालयमा लगाएको ताला खुल्यो
एक वर्षमा इन्टरनेट प्रयोगकर्ताको संख्या तेब्बर
नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले फागुन १ गने देखि राति प्रतिमिनेट ५५ पैसामा कुराकानी गर्न सक्ने
सोमबारदेखि थप दुई घन्टा लोडसेडिङ बढ्ने, बत्ति अव दिनमा १० घन्टामात्र
पर्यटन वर्ष २०११ को पहिलो महिना विदेशी पाहुना २६ प्रतिशतले वृद्धि
सरकारले यातायात भाडामा नौं प्रतिशतले बृद्धि
राजधानीको भृकुटी मण्डपमा १७ औँ सूचना प्रविधि प्रदर्शनी तथा सम्मेलन इन्फोटेक सुरु
देशभित्र बढ्दो माग र सस्तो दरभाउका कारण नेपालले भारतसँग बिजुली खरिद गर्ने २५ वर्षे सम्झौताको तयारी
देसकै ठूलो भृकुटि कागज कारखाना चरम आर्थिक अभावका कारण ११ दिनदेखि बन्द
माओवादी चेतावनीका कारण स्वेदेशी लगानीमा बन्ने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनको शिलान्यास कार्यक्रम स्थगित
एनपजओ-आईएनजिओले १५ अर्ब रुपैयाँ बेहिसाब खर्च
नेपाल राष्ट्र बैंकले आगामी फागुन मसान्तभित्र पुराना नोटको प्रतिस्थापन गरिसक्ने नीति
चीन सरकारले निः शुल्क उपलब्ध गराएको खाद्यान्न गुणस्तरहीन
हतियारधारी समूहद्बारा ललितपुरको जावलाखेलस्थित स्ट्यान्डर्ड चार्टर बैंक कब्जागरी १४ लाख रुपैयाँ लुटपाट
कल वाइपास गर्ने गिरोहका पाँचजना नाइकेलाई मोरङ प्रहरीले विराटनगरबाट पक्राउ
नेपाल पर्यटन वर्ष २०११ का लागि विश्व कीर्तिमान राख्ने नौजना व्यक्तित्वलाई सद्भावना राजदूत
घरजग्गाको कारोवारमा ७० प्रतिशतको गिरावट / गाविसको जग्गा दर्ता शुल्क ५० प्रतिशत बढ्यो
बुटवलको औधोगिक वायापर मेलामा मम्फलीको ब्यापार/मम्फली बिक्री गर्न ५० हजारमा ठेक्का
नेपालमा आउने अन्तराष्ट्रिय कल छली गरेको अभियोगमा प्रहरीले थप तीन बङ्गलादेशी नागरिकलाई पक्राउ
http://go.oclaserver.com/afu.php?zoneid=1465736