arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
अर्थ,वाणिज्य,कृषि समाचार

नेपाली हवाई क्षेत्रलाई यूरोपियन यूनियनको कालो सूचिबाट हटाउन औपचारिक पहलtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र २, बुधवार)

world news

यूरोपेली आकासमा नेपाली एयरलाइन्सहरूको उड्डयनमा लगाउँदै आएको प्रतिबन्ध हटाउने सम्बन्धमा नेपाल सरकारले यूरोपेली आयोगलाई औपचारिक आधारपत्र बुधबार हस्तान्तरण गरेको छ । 

नेपाली एयरलाइन्सहरूले हवाई सुरक्षा मापदण्ड (एयर सेफ्टी) पूरा गर्न नसकेको कारण देखाउँदै यूरोपली आकासमा लगाउँदै आएको प्रतिबन्ध हटाउन अनुरोध गर्दै परराष्ट्र सचिव शंकरदाश बैरागीले पर्यटन मन्त्रालयद्वारा उपलब्ध गराइएको सो आधारपत्र नेपालका लागि यूरोपेली सङ्घकी राजदूत रेन्जे टिरिन्कलाई परराष्ट्र मन्त्रालयमा बुधबार हस्तान्तरण गरेका छन् ।  

परराष्ट्र मन्त्री डा.प्रकाशशरण महतले गत फागुनको पहिलो हप्ता गरेको ब्रसेल्स भ्रमणका क्रममा यूरोपेली आयोगका अध्यक्ष जिन क्लाउड युंकर र आयोगकी उपाध्यक्ष एवम् विदेश मामिला र सुरक्षा नीतिसम्बन्धी उच्च प्रतिनिधि फेडेरिका मोगरिनीसँग उक्त कालो सूचीको प्रावधान हटाउन अनुरोध गरेका थिए । मन्त्री डा.महत र यूरोपेली आयोगका अध्यक्ष युंकरबीचको भेटका क्रममा भएको सहमझदारी अनुसार आयोगले मागेको पछिल्लो प्रगति प्रतिवेदनसहितको मापदण्ड पूरा गरिएको पत्र बुधबार राजदूतमार्फत आयोगलाई हस्तान्तरण गरिएको हो । 

भेटमा आयोगका अध्यक्ष युंकरले मन्त्री डा.महतलाई पछिल्लो समयमा उक्त हवाई सुरक्षा मापदण्ड पूरा गरेको सम्बन्धी कागजका आधारमा नेपालको उक्त सूची हटाइने आवश्वासन दिएको परराष्ट्र मन्त्रालयले बताएको छ । सो पत्रमा हवाई सुरक्षा (एयर सेफ्टी) सम्बन्धमा नेपालले हालैका वर्षहरूमा गरेको प्रगति तथा त्यस सम्बन्धमा अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाव) ले गरेको तथ्यगत प्रगति समावेश छ । 

आइकावको प्राविधिक समूहले गत नोभेम्बर महीनामा गरेको अध्ययन अनुसार उक्त संगठनले हवाई सुरक्षाका सम्बन्धमा तय गरेको मापदण्ड नेपालले पूरा गरेको छ । सो पत्रमा उक्त मापदण्ड र यसको कार्यान्वयन बारेको नेपालको पछिल्लो अवस्था समेटिएको छ । उक्त पत्र बुुझ्दै राजदूत रिन्जेले आफूले उक्त पत्र चाँडै यूरोपेली सङ्घमा पठाउने र छिट्टै नेपाल उक्त कालो सूचीबाट हट्ने विश्वास व्यक्त गरे । 

यूरोपेली सङ्घले यूरोपेली देशहरूको आकासमा नेपाली एयरलाइन्समाथि लगाउदै आएको सो प्रतिबन्ध हट्दा नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
शेयर बजार परिसूचकले नयाँ रेकर्ड राख्ने क्रम जारी
शेयर बजारमा गिरावट, बीमा समूहमा सबैभन्दा उच्च ८७ अंकको गिरावट
हेटौंडामा आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न
शेयर बजार सकारात्मक
शेयर बजार परिसूचक नेप्सेसहित कारोबार परिमाणमा बृद्धि
नेपाल भारत सीमा नाकाबाट आयात प्रभावित हुने क्रम जारी, वीरगन्ज-रक्सौल नाका ठप्प
शेयर बजार परिसूचक नेप्से ऋणात्मक
शेयर बजार सामान्य अंकले ऋणात्मक
मुलुकको आर्थिक समृद्धिका कारण सहकारीलाई व्यवस्थित गर्नुपर्नेमा उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीको जोड
ललितपुर मलमा मोबाइल एक्सपो सुरु, पूर्वयुवराज पारस शाहद्वारा उद्घाटन
शेयर बजार नगन्य अंकले ऋणात्मक
शेयर बजारमा सुधार जारी, नेप्सेमा उल्लेख्य बृद्धि
शेयर बजारमा सुधार जारी, नेप्सेमा बृद्धि
एडीबीद्धारा एसियाली मुलुकका लागि २०१५ मा हालसम्मकै उच्च २७ खर्ब रुपैयाँ बराबर सहयोग स्वीकृत
शेयर बजारमा झण्डै दोहोरो अंकको सुधार
अब एक व्यक्ति एक सहकारीको व्यवस्था: उपप्रधानमन्त्री चित्रबहादुर केसी
शेयर बजारमा दोहोरो अंकजसोकै बृद्धि जारी
बिश्व बजारमा कच्चा तेलको मुल्यमा भारी गिरावट
शेयर बजारमा गिरावट आउनेक्रम जारी
पेट्रोलियम पदार्थको मूल्य थप घट्ने