arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

शितलहरका कारण सप्तरीको जनजिवन कष्टकर, ३ जनाको मृत्यु, विद्यालय बन्दtext size increase   text size decrease   Print    rss (२०७४ पौष २०, विहीवार)


पछिल्लो पाँचदिन यता चिसो हावासंगै बढेको शितलहरका कारण सप्तरीको जनजिवन कष्टकर भएको छ । जाडोका कारण जिल्लामा ३ जनाको मृत्यु भएको छ भने स्वास्थ्य संस्थाहरुमा पनि बिरामीको चाप बढेको छ । खासगरी विपन्न बस्तीहरुमा न्यानो लुगाको अभावमा जाडो छल्न संकट उत्पन्न भएको छ । कान्तिपुरमा समाचार छ । 

पाँचदिन यता सप्तरी लगायतको क्षेत्रमा घाम लागेको छैन । बढेको जाडोका कारण कठ्याग्रिंएर छिन्नमस्ता गाउपालिका–१ बिरपुरका ३६ वर्षिय कुलदिप राय र सोही वडाको बरही टोलका ३५ वर्षिय रामदयाल रामको मृत्यु भएको वडाध्यक्ष विनोदकुमार यादवले जानकारी दिए । सोमबार र मंगलबार मृत्यु भएका राय र राम दुवैजना मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका थिए ।

यसैगरी सोही वडाकी एक महिला ७२ वर्षीया रजियादेवी रायको एकसाता अघि जाडोका कारण भएको वडाध्यक्ष यादबले जानकारी दिए । वडाध्यक्ष यादवका अनुसार विपन्न बस्तीमा अहिले जाडो छल्न निक्कै मुस्किल भएको छ ।

विद्यालय बन्द
चिसो हावासंगै शितलहरी बढेपछि आजदेखी सप्तरी जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गरिएको छ । जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेका अनुसार चिसोका कारण सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरु विद्यालयसम्म पुग्न निक्कै कठिनाई उत्पन्न भएपछि आजवाट तीनदिनका लागि जिल्लाका सबै चारसय १२ सामुदायिक विद्यालय बन्द गरिएको छ । जिशिअ पाण्डेले मौसम सुधार भएको खण्डमा आईतवारवाट जिल्लाका सामुदायिक विद्यालय खुल्ने बताए ।

निर्वाचन लगायतका कारणले साुमदायिक विद्यालयहरु लामो समय बन्द रहँदा विद्यार्थीको पढाई प्रभावित हुने अबस्था आएको तर मौसमको खराबीका कारण विद्यार्थीलाई विद्यालयमा पढाउन सक्ने अवस्था नरहेकाले शनिबारसम्मका लागि बिदा दिइएको जिशिअ पाण्डेले बताए । जिल्लाका सामुदायिक विद्यालयहरु आजवाट बन्द गरिएपनि निजी विद्यालयहरु भने संचालन नै रहने छ ।

बिरामी बढे
चिसो अत्यधिक बढेपछि जिल्लाका स्वास्थ्य संस्थाहरुमा विरामीको चाप बढन थालेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख ज्ञानवहादुर बस्नेतका अनुसार जिल्लाका स्वास्थ्य संस्थाहरुमा कोल्ड डायरिया, रुघाखोकी, ज्वरो, निमोनिया, दम लगायतका बिरामीको चाप बढेको छ ।

खासगरी वृद्धवृद्धा र वालवालिका बिरामी पर्ने क्रम बढेको छ । चिसो अयधिक बढेकाले न्यानो कपडा लगाउन तथा तातो खाना र झोल पदार्थ खान स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । कान्तिपुरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
अदुवा निकासी ठप्प भएपछि इलामका अदुवा उत्पादक किसान मर्कामा
कालिकोटमा भाइरल ज्वरोको महामारी
राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस-मधेसी गठबन्धन तालमेल प्रयास
राष्ट्रियसभा सदस्य निर्वाचनको लागि सात प्रदेशमा मतदाता नामावली प्रकाशित
प्रदेश नम्बर १ को राजधानी नतोकेको भन्दै धनकुटा कांग्रेसका सबै पदाधिकारीले दिए राजीनामा
दाङलाई तोक्नुपर्ने माग गर्दै चार दिनदेखि जारी आमहड्ताल र बन्द फिर्ता
बुटवल टुडेले मनायो छैठौं बार्षिक उत्सव, स्थानिय तहको छ महिना अन्तरसंवादा, उत्कृष्ठ संवादादाता र कर्मचारी पुरस्कृत
खानेपानीको सास्ती भोग्दै आएका रुकुम मुसिकोटबासीले अब मुक्ति पाउने
५ नम्बर प्रदेशको राजधानी आफ्नोमा नतोकेको भन्दै दाङमा अनिश्चितकालिन आम हड्ताल
नारायणगढ-मुग्लिन सडकखण्ड पुनः रातिमा ६ घण्टा बन्द हुने
११ बुँदे मागसहित आन्दोलनरत नर्सको आन्दोलन चर्कियो
दाङमा प्रदेशको अस्थायी मुकाम तोक्न माग गर्दै शुरु भएको आन्दोलन जारी
मापसेका कारण दुर्घटना र मृत्युदर दुवै बढ्यो
भारतका विभिन्न राज्यमा थुनामा रहेका नेपालीको उद्धार गर्न पहल सुरु
प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने सरकारको तयारी
राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गरी सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
कर्णाली विकास आयोगले तयार गरेको दशवर्षे विकास योजना अलपत्र
नारायणगढ-मुग्लिन सडकखन्ड शनिबारदेखि चार दिन बन्द नहुने
लुम्विनी क्षेत्रका सिमसारमा जल पंक्षी गणना सम्पन्न
भूकम्प गएको तीन वर्ष बित्न लाग्दासमेत ओखलढुंगाको पुनर्निर्माण सुस्त
http://go.oclaserver.com/afu.php?zoneid=1465736