arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

विद्यार्थी संगठनद्वारा शिक्षा ऐन नवौं संशोधन विधेयक-२०७४ कार्यन्वयनमा जान नदिने निर्णय text size increase   text size decrease   Print    rss (२०७४ आश्विन २६, विहीवार)


काठमाडौं, असोज २६ । संयुक्त विद्यार्थी संगठनले शिक्षा ऐन नवौं संशोधन विधेयक-२०७४ कार्यन्वयनमा जान नदिने निर्णय गरेको छ ।

नौ विद्यार्थी संगठनको बिहीबार बसेको संयुक्त बैठकले संशोधनमार्फत अयोग्य शिक्षकलाई स्थायी गर्न थालिएको र त्यसले लाखौं बालबालिकाको भविष्य बिगार्ने जनाउँदै कार्यान्वयनमा जान नदिने निर्णय गरेको अनेरास्ववियु (क्रान्तिकारी) काउपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

बैठकले विधेयकलाई प्रमाणित नगर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको छ । यस्तै, शिक्षा ऐन नवौं संशोधन र र प्राविधिक शिक्षा तथा तालिम परिषद्बाट कलेजलाई बदनियत रुपमा सम्बन्धन दिने काम गरेको जनाउँदै उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई सार्वजनिक बहिष्कार गर्ने निर्णय गरिएको छ ।

यसैगरी, बैठकले एमबिबिएसमा भर्ना हुने विद्यार्थीको शुल्क सरकारले तोकेअनुसार कार्यान्वयन गराउन माग गर्दै त्रिविमा आन्दोलनरत आंशिक प्राध्यापकको माग सम्बोधनबारे ध्यानाकर्षण गराएको छ । उनीहरुले अनशनबाट नभई योग्य प्राध्यापकलाई प्रतिस्पर्धाका माध्यमबाट भर्ना गर्न आग्रह गरेका छन् ।

बैठकमा अनेरास्ववियुका अध्यक्ष नवीना लामा, अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रन्जित तामाङ, अनेरास्ववियु (पाँचौँ)का अध्यक्ष घनश्याम मिश्र, अनेरास्ववियु (छैटौँ)का विमल पोखरेल, नयाँ शक्ति विद्यार्थी युनियनका श्यामबाबु गौतम, लोकतान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष पारसनाथ चौधरीलगायतको सहभागिता थियो । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
मकवानपुर-१ मा राप्रपा कमल थापालाई हराउँदै एमालेका कृष्ण दाहाल विजयी
ललितपुर- १ बाट एमाले नवराज सिलवाल निर्वाचित
गोरखा- २ बाट नयाँ शक्ति पार्टी नेपालका बाबुराम भट्टराई निर्वाचित
काठमाडौं क्षेत्र नम्बर २ बाट एमाले माधवकुमार नेपाल निर्वाचित
मोरङ क्षेत्र नम्बर २ बाट कांग्रेसका मिनेन्द्र रिजाल विजयी
सप्तरी २ बाट संघीय समाजवादी फोरम नेपालका उपेन्द्र यादव निर्वाचित
वाग्लुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा माओवादी उम्मेदवार देवेन्द्र पौडेल विजयी
मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभामा एमाले उम्मेदवार लालबाबु पण्डित विजयी
काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा कांग्रेसका गगन थापा विजयी
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा कांग्रेसका नेता प्रकाशमान सिंह विजयी
रुकुमवाट प्रतिनिधि सभा सदस्यमा माओवादीका उम्मेदवार जनार्दन शर्मा विजयी
स्याङ्जामा निषेधित क्षेत्र घोषणा, कांग्रेसद्वारा बुथ कव्जाको विषयलाई लिएर वाम गठबन्धनको आन्दोलन
बाग्लुङ क्षेत्र नम्बर २ (ख) प्रदेश सभा सदस्यमा राष्ट्रिय जनमोर्चा विजयी
देशभर ८० क्षेत्रको गणनामा एमाले ५, माओवादी १ र स्वतन्त्र १ स्थानमा विजयी, एमालेको अग्रता कायमै
हुम्लामा प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार विजयी
बाजुरा प्रदेशसभा 'क' मा वाम गठबन्धन एमालेका उम्मेदवार विजयी
म्याग्दीको प्रदेशसभा 'ख'मा एमालेकी पुन र 'क'मा माओवादी केन्द्रका केसी विजयी
मनाङबाट प्रदेशसभा "क" मा कांग्रेस विजयी
मुस्ताङमा प्रतिनिधि सभा सदस्यमा एमाले विजयी
मुस्ताङको प्रदेशसभा क मा एमालेका उम्मेदवार निर्वाचित
http://go.oclaserver.com/afu.php?zoneid=1465736