arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

विद्यार्थी संगठनद्वारा शिक्षा ऐन नवौं संशोधन विधेयक-२०७४ कार्यन्वयनमा जान नदिने निर्णय text size increase   text size decrease   Print    rss (२०७४ आश्विन २६, विहीवार)


काठमाडौं, असोज २६ । संयुक्त विद्यार्थी संगठनले शिक्षा ऐन नवौं संशोधन विधेयक-२०७४ कार्यन्वयनमा जान नदिने निर्णय गरेको छ ।

नौ विद्यार्थी संगठनको बिहीबार बसेको संयुक्त बैठकले संशोधनमार्फत अयोग्य शिक्षकलाई स्थायी गर्न थालिएको र त्यसले लाखौं बालबालिकाको भविष्य बिगार्ने जनाउँदै कार्यान्वयनमा जान नदिने निर्णय गरेको अनेरास्ववियु (क्रान्तिकारी) काउपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

बैठकले विधेयकलाई प्रमाणित नगर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको छ । यस्तै, शिक्षा ऐन नवौं संशोधन र र प्राविधिक शिक्षा तथा तालिम परिषद्बाट कलेजलाई बदनियत रुपमा सम्बन्धन दिने काम गरेको जनाउँदै उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई सार्वजनिक बहिष्कार गर्ने निर्णय गरिएको छ ।

यसैगरी, बैठकले एमबिबिएसमा भर्ना हुने विद्यार्थीको शुल्क सरकारले तोकेअनुसार कार्यान्वयन गराउन माग गर्दै त्रिविमा आन्दोलनरत आंशिक प्राध्यापकको माग सम्बोधनबारे ध्यानाकर्षण गराएको छ । उनीहरुले अनशनबाट नभई योग्य प्राध्यापकलाई प्रतिस्पर्धाका माध्यमबाट भर्ना गर्न आग्रह गरेका छन् ।

बैठकमा अनेरास्ववियुका अध्यक्ष नवीना लामा, अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रन्जित तामाङ, अनेरास्ववियु (पाँचौँ)का अध्यक्ष घनश्याम मिश्र, अनेरास्ववियु (छैटौँ)का विमल पोखरेल, नयाँ शक्ति विद्यार्थी युनियनका श्यामबाबु गौतम, लोकतान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष पारसनाथ चौधरीलगायतको सहभागिता थियो । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
संविधान निर्माणका विवादित विषयमा सहमति नजुटेपछि संविधानसभाको बैठक स्थगित
अखण्ड सुदूरपश्चिमको माग गर्दै सुदूपश्चिमवासीद्धारा लगातार तेस्रो दिन पनि सुदुर पश्चिम बन्द
उच्च माध्यामिक शिक्षा परिषद् अन्तर्गत कक्षा १२ को परीक्षा आजबाट सुरु
एमालेले बहुपहिचानका प्रदेश नबनाउने र एकल पहिचान सहित १२ वटासम्म प्रदेश निर्माण गर्नुपर्ने प्रस्ताव
कांग्रेसद्धारा पहिचानलाई पहिलो र सामथ्र्यलाई दोस्रो प्राथमिकता दिएर सात प्रदेशको आफ्नो अवधारणा परिमार्जन
माओवादी पुष्पकमल दाहालद्धारा १० वटा सङ्घीय राज्यको प्रस्तावबाट आफ्नो पार्टी पछाडि नहट्ने अडान
सुदूरपश्चिमाञ्चललाई टुक्र्याउन नपाइने मागसहित बन्द आह्वान
केन्द्रका दुई सदन र प्रदेश सभामा पचास प्रतिशत महिला प्रतिनिधित्वको माग
मन्त्रिपरिषदको बैठक
एमाले सभासद्हरुद्धारा प्रत्यक्ष निर्वाचित कार्यकारी सरकार प्रमुख हुनुपर्ने दबाब दिन हस्ताक्षर अभियानलाई तीव्र
राजमोका चित्रबहादुर केसीद्धारा ३८५ सभासदको भेडीगोठ राज्यले थेग्न सक्दैन भन्दै मुलुकलाई रुवाण्डा बनाउन खोजेको आरोप
संविधानसभाको बैठक १७ गतेसम्मका लागि सूचना टाँसेर स्थागित
नेपाल- भारत सुरक्षा बैठक पोखरामा
बजारमा पेट्रोलियम पदार्थको अभावसगै तेल किन्न सरकारको ७५ करोड रुपैया निकासा
कांग्रेसद्धारा प्रतिनिधिसभा सांसद् संख्या घटाउन आग्रह गर्ने
माओवादी पोलिट्ब्युरो सदस्यद्धारा पार्टी उपाध्यक्ष मोहन वैद्य समूह शान्ति र संविधान विरोधी भएको आरोप
मन्त्री तथा जनमुक्ति पार्टीका अध्यक्षले संघीयताको बिरोधी राजमोका चित्रबहादुर केसीलाई फाँसी दिनुपर्छ भन्ने धम्कीको घोर निन्दा
थुनामा रहेका सभासद् श्यामसुन्दर गुप्ताले आफूलाई संविधानसभा बैठकमा भाग लिन आउने व्यवस्था मिलाउन सभामुखलाई पत्र
जातीय पहिचानसहितको संघीय राज्यको माग गर्दै जनजाति महासंघद्धारा थप आन्दोलन घोषणा
माओवादी मोहन बैद्य पक्षद्धारा वाइसीएलजस्तै जनस्वयंसेबक ब्युरो गठन