arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

विद्यार्थी संगठनद्वारा शिक्षा ऐन नवौं संशोधन विधेयक-२०७४ कार्यन्वयनमा जान नदिने निर्णय text size increase   text size decrease   Print    rss (२०७४ आश्विन २६, विहीवार)


काठमाडौं, असोज २६ । संयुक्त विद्यार्थी संगठनले शिक्षा ऐन नवौं संशोधन विधेयक-२०७४ कार्यन्वयनमा जान नदिने निर्णय गरेको छ ।

नौ विद्यार्थी संगठनको बिहीबार बसेको संयुक्त बैठकले संशोधनमार्फत अयोग्य शिक्षकलाई स्थायी गर्न थालिएको र त्यसले लाखौं बालबालिकाको भविष्य बिगार्ने जनाउँदै कार्यान्वयनमा जान नदिने निर्णय गरेको अनेरास्ववियु (क्रान्तिकारी) काउपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

बैठकले विधेयकलाई प्रमाणित नगर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको छ । यस्तै, शिक्षा ऐन नवौं संशोधन र र प्राविधिक शिक्षा तथा तालिम परिषद्बाट कलेजलाई बदनियत रुपमा सम्बन्धन दिने काम गरेको जनाउँदै उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई सार्वजनिक बहिष्कार गर्ने निर्णय गरिएको छ ।

यसैगरी, बैठकले एमबिबिएसमा भर्ना हुने विद्यार्थीको शुल्क सरकारले तोकेअनुसार कार्यान्वयन गराउन माग गर्दै त्रिविमा आन्दोलनरत आंशिक प्राध्यापकको माग सम्बोधनबारे ध्यानाकर्षण गराएको छ । उनीहरुले अनशनबाट नभई योग्य प्राध्यापकलाई प्रतिस्पर्धाका माध्यमबाट भर्ना गर्न आग्रह गरेका छन् ।

बैठकमा अनेरास्ववियुका अध्यक्ष नवीना लामा, अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रन्जित तामाङ, अनेरास्ववियु (पाँचौँ)का अध्यक्ष घनश्याम मिश्र, अनेरास्ववियु (छैटौँ)का विमल पोखरेल, नयाँ शक्ति विद्यार्थी युनियनका श्यामबाबु गौतम, लोकतान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष पारसनाथ चौधरीलगायतको सहभागिता थियो । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
स्थानीय निर्वाचनमा सुरक्षा त्रुटि हुन नदिन भारतीय सीमानाका बन्द
दशैं बजारलाई लक्षित गरी व्यापारीहरुले मुस्ताङी चेलुक च्याङ्ग्रा ओराल्न थाले
प्रधानमन्त्री देउवाद्वारा प्रतिनिधि र प्रदेशसभाको निर्वाचनपछि देशले गति पाउने उल्लेख
तेस्रो चरण अन्तर्गत् स्थानीय निर्वाचनको सम्पूर्ण तयारी पूरा, पाँच दिनभित्रै सबै नतिजा सार्वजनिक गरिने
स्थानीय निर्वाचनका लागि ६० हजार सुरक्षाकर्मी परिचालन, हेलिकप्टर तयारी अवस्थामा
स्थानीय निर्वाचनलाई लक्षित गरी पर्सास्थित भारतसँग जोडिएको सीमा नाका सिल
स्वाइनफ्लु रोगको संक्रमणबाट काभ्रेपलान्चोकमा एकजनाको मृत्यु
सिरहाका १०९ मतदानस्थल अतिसंवेदनशील
एमालेका कारण संविधान संशोधन हुन नसकेको प्रधानमन्त्री देउवाको आरोप
रौतहटको निर्वाचन केन्द्रहरुमा अझैपनि कर्मचारीहरु नपुग्दा मतदाता अन्योलमा
तराईका आठ जिल्लालाई असोज २ गते सार्वजनिक बिदा
आज राष्ट्रिय बाल दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
प्रदेश-२ मा भदौ ३० देखि १ गतेसम्म मतदाता परिचयपत्र वितरण
जाजरकोटमा सयौँ गाउँले भाइरलकै कारण बिरामी, चार वर्षीय बालकको मृत्यु
आयल निगमका लागि खरिद गरिएको जग्गा ४ गुणा बढी तिरेको ठहर
मध्यमोदी जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काम ५५ प्रतिशत सम्पन्न
दुई चरणमा मसिंर १० र २१ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन कार्यक्रम सार्वजनिक
नवनियुक्त तीन जना मन्त्रीले सपथ लिए
रुकुममा सम्बन्धविच्छेदका मुद्दा बढ्दो, ८०.५८ % मुद्दा फर्छ्यौट
आगामी मंसिरमा हुने समानुपातिक निर्वाचनमा भाग लिन १७ दलको निवेदन दर्ता