arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

विद्यार्थी संगठनद्वारा शिक्षा ऐन नवौं संशोधन विधेयक-२०७४ कार्यन्वयनमा जान नदिने निर्णय text size increase   text size decrease   Print    rss (२०७४ आश्विन २६, विहीवार)


काठमाडौं, असोज २६ । संयुक्त विद्यार्थी संगठनले शिक्षा ऐन नवौं संशोधन विधेयक-२०७४ कार्यन्वयनमा जान नदिने निर्णय गरेको छ ।

नौ विद्यार्थी संगठनको बिहीबार बसेको संयुक्त बैठकले संशोधनमार्फत अयोग्य शिक्षकलाई स्थायी गर्न थालिएको र त्यसले लाखौं बालबालिकाको भविष्य बिगार्ने जनाउँदै कार्यान्वयनमा जान नदिने निर्णय गरेको अनेरास्ववियु (क्रान्तिकारी) काउपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

बैठकले विधेयकलाई प्रमाणित नगर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको छ । यस्तै, शिक्षा ऐन नवौं संशोधन र र प्राविधिक शिक्षा तथा तालिम परिषद्बाट कलेजलाई बदनियत रुपमा सम्बन्धन दिने काम गरेको जनाउँदै उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई सार्वजनिक बहिष्कार गर्ने निर्णय गरिएको छ ।

यसैगरी, बैठकले एमबिबिएसमा भर्ना हुने विद्यार्थीको शुल्क सरकारले तोकेअनुसार कार्यान्वयन गराउन माग गर्दै त्रिविमा आन्दोलनरत आंशिक प्राध्यापकको माग सम्बोधनबारे ध्यानाकर्षण गराएको छ । उनीहरुले अनशनबाट नभई योग्य प्राध्यापकलाई प्रतिस्पर्धाका माध्यमबाट भर्ना गर्न आग्रह गरेका छन् ।

बैठकमा अनेरास्ववियुका अध्यक्ष नवीना लामा, अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रन्जित तामाङ, अनेरास्ववियु (पाँचौँ)का अध्यक्ष घनश्याम मिश्र, अनेरास्ववियु (छैटौँ)का विमल पोखरेल, नयाँ शक्ति विद्यार्थी युनियनका श्यामबाबु गौतम, लोकतान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष पारसनाथ चौधरीलगायतको सहभागिता थियो । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
ताप्लेजुङमा हत्यारा पत्ता लगाउन माग गदै महिला आन्दोलित
खोटाङमा भाइरल ज्वरोका बिमारीहरुको चाप
संखुवासभामा ८ हजारभन्दा बढी नयाँ मतदाता थपिए
बबईको तटीय क्षेत्रमा त्रास कायमै
सोलुखुम्बुमा भालु नियन्त्रणको माग गर्दै जनप्रतिनिधिलाई दर्जनौं निवेदन
तेह्रथुम जिल्लाभर भाइरल ज्वरो प्रकोप फैलियो, दुई महिलाको मृत्यु
निर्वाचन आयोगद्वारा स्थानीय निर्वाचनमा दल पदाधिकारीको दस्तखतको नमूना पेस गर्न आग्रह
एमालेद्वारा प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता
देउवाले मुलुकको शीर झुकाएको ओलीको आरोप
प्रदेश नम्बर-२ को स्थानीय निर्वाचनको तयारी अन्तिम चरणमा
नेपालमा अब ७७ जिल्ला हुने
नेपाल र भारतबीच ८ वटा विषयका समझदारीपत्रमा हस्ताक्षर
सरकारले मंसिर १० गते चुनाव मिति घोषणा गरेपनि निर्वाचनका लागि आवश्यक कानुन दिन सकेन
काठमाडौंपछि मोरङमा ८२ हजार नयाँ मतदाताका लागि नाम दर्ता
मन्त्रिमन्डल ५० सदस्यीय पुग्यो
बाढी र डुबानका कारणले क्षति भएको भौतिक संरचनाको तत्काल निर्माण गरी जनजीवन सहज बनाउन निर्देशन
नेपाल पत्रकार महासंघमा २५ औं महाधिवेशनबाट गोविन्द आचार्य नेतृत्वको प्यानल विजयी
संविधान संशोधन विधेयक अस्वीकृत
विद्युत उत्पादन अनुमतिपत्रका लागि आवश्यक विवरण नबुझाउने प्रवद्र्धकहरुको दरखास्त खारेज
धनगढीबाट डोटी जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २१ जना घाइते