arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा गवारो किराले गर्दा कफी उप्पादनमा कमी, कृषकहरु चिन्तित text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २, सोमवार)


गणेश खनाल

किमडाँडा, अर्घाखाँची ।  ३ वर्षदेखि गवारो नामको किराले सताएपछि अर्घाखाँची जिल्लाका कृषकहरुले कफी उप्पादनमा वृद्धि गर्न सकेका छैनन्। विश्वमै उष्कृत ब्रान्ड पाएको अर्घाखाँचीको कफीमा पछिल्लो तीन वर्षदेखि उप्पादनमा कमी आएको हो। ०६९ साल देखी झन्डै १२ टन कफि उप्पादनमा कमी आएको हो। सो वर्ष भन्दा अगाडी १६ टन उप्पादन हुदै आएको थियो।  गवारो किराले कफिका बोटमा आक्रमण गरि ध्वस्त पारेपछि पकेट क्षेत्रका रुपमा रहेका किमडाँडा, ठूलापोखरा, वाङ्गला, बल्कोट, धारापानी गाविसहरुमा उप्पादनमा कमी आएको हो। यद्यपि, अबका वर्षहरुमा भने कफी उप्पादन बढ्ने कृषकहरुको भनाइ छ।

किराले खाएका बोटहरुको सट्टामा लगाएका विरुवाहरु हुर्किएकाले उप्पादन बढ्ने कफी व्यवसायी संघका जिल्ला कोषध्यक्ष पुस्करनाथ बजान्डेले बताउनुभयो। ०६८ सालमा गवारोकिराले बोटहरु नष्ट गरिदिएकाले १८ टन उप्पादन हुदै आएको कफि वार्षिक रुपमा ६ टन मात्र उप्पादन भइरहेको बजान्डेले बताए। किराको निराकरण भने भइनसकेको र रोकथामको कुनै उपाय नभएकाले पुन विरुवा नष्ट हुन सक्ने कृर्षकको भनाई छ।

अर्घाखाँचीमा ०५८ सालदेखी कफि व्यवसायी संघ स्थापना गरी व्यावसायिक रुपमा व्यवसाय सुरु गरिएको हो। ०६०÷६१ मा जिल्लाका १८ गाविस किमडाँडा, ठूलापोखरा, वाङ्गला, बल्कोट, धारापानी, बल्कोट, छत्रगन्ज, केरुङ्गगा, डिर्भना, ढाडमैदान, पटौटी, ठाडा, जुकेना, अर्घा, खिल्जी, असुरकोट, ढिकुरा, खाँचीकोटमा ४१ समूह गठन गरि १ हजार १ सय ६५ सदस्य निर्माण गरिएको बजान्डेले बताए। अर्घाखा“चीमा उत्पादन भएको अर्गानिक र पार्चमेन्ट कफी कोरिया, अमेरिका र जापानमा निर्यात भएको छ। जिल्ला कफी व्यवसायि संघले सघाउदै संकलन गरिदिएपछि नेपाली कफीको विदेशमा बजारीकरण हुदै आएको हो।

बजारको कुनै अभाव नभएको कृर्षकको भनाइ छ। कोरिया, अमेरिका,जापानका मानिसहरु आफ्नो बगै‌ंचा कैयौं पटक आएको र ८-१० दिनसँगै गाउँमै बसी रमाएको व्यावसायीक खेती गदै आएका पोखराथोकका कृष्ण प्रसाद पाण्डेले बताए। विश्वको उकृष्ट कफी उप्पादन गर्ने व्यक्ति भन्दै कोरियनहरुले आफ्नो देशसमेत घुमाउन आफूलाई लगेको पाण्डेले बताए। नेपालमा केहि वर्ष पहिले भएको ३२ देशका कफी व्यावसायीहरुको तालिममा कप टेष्ट गर्दा पनि नेपालकै (अर्घाखाँची,गुल्मी)कफि स्वादीलो भएको प्रमाणित भएको तालिममा सहभागी बजान्डेको भनाइ रहेको छ। पछिल्ला तीन वर्षमा ६ टन पार्चमेन्ट, अर्गानिक ८ टन कफी कोरिया, जापान र अमेरिका निर्यात भएको संघले जनाएको छ। विश्वमा नेपालको कफी उत्कृष्ट भएर माग बढदै गएकाले कफी खेतीलाई व्यवस्थित बनाएर उत्पादनमा वृद्धि गर्न कफी कृषकहरु लागेका छन्।

कम लगानीबाट मनग्ये आम्दानी गर्द सक्ने व्यवासय कफी रहेको छ। तर गवारो किरा बाधक बन्दै आएको छ।  यो वर्ष २० हजार विरुवा आपूmले नर्सरीबाट बिक्री गरेको विगत २० वर्षदेखि कृिषमा रहेका बजान्डेले जानाकारी दिए। जिल्लामा २३ वटा परपर सेन्टर रहेका छन्। ठुलापोखरामा जैविक कफि प्रशोधन कफी उद्योग ०६२ सालमा कृर्षक कृष्ण प्रसाद पाण्डेले स्थापना गर्नुभएको छ कृर्षी विकास कार्यालयले कुनै सहयोग नगरेको कृर्षकहरुको गुनासो रहेको छ। १.०९ हेक्टर जमिनमा कफी खेती हुँदै आएको कृर्षी विकास कार्यालय अर्घाखाँचीले जनाएको छ। गवारो किरा नियन्त्रणका लागी प्रयास भइरहेको जिल्ला कृर्षी विकास कार्यालय अर्घाखाँचीका प्रमुख जगनान्थ तिवारीले बताए।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
शिक्षा शास्त्र सकांयमा अर्घाखाँचीका बिद्यार्थीको बढदो आकर्षण
अर्घाखाँचीको मरेङ सुर्यथुम क्याम्पसलाई ६ लाखको जग्गा दान
अर्घाखाँचीका गाउँ-गाउँमा ब्रोइलर कुखुराका फर्म
अर्घाखाँचीको पुरानो चुत्राबेंसी बजारलाई व्यवस्थित गर्न बजारवासीले माग
अर्घाखाँचीको रजस्थल मावि अर्घाको २९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न
अर्घाखाँचीका महिलाहरुले लैगिक विबेदका कारण ठुलो सास्ती/राष्ट्रिय जनमोर्चा सन्धिखर्क गाबिसको आयोजनामा किमडाँडामा प्रितीभोज कार्यक्रम सम्पन्न/ एमाले युवा संघ अर्घाखाँचीको विस्तारित बैठक सन्धिखर्कमा सम्पन्न / अर्घाखाँचीको सुवणखालमा २ दिने तालिम सम्म्पन
अर्घाखाँची बागी गाविसका स्थानीय बासीन्दाहरु क्याम्पस संचालनको लागि सकि्रय
अनेरास्ववीयु अर्घाखाँचीको आयोजनामा ज्योती उच्च मावि ठाडाको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
नेकपा एमाले सीमलपानी अर्घाखाँचीको नवौं गाउ अधिवेशन सम्पन्न
अर्घाखाँचीको सन्धिखर्कमा स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सन्जालद्वारा ब्रह्रत पदयात्राको आयोजना
दातृ निकायको सहयोगमा भवन निर्माण भएपछि अर्घाखाँची सितापुरका विद्यार्थीहरु खुसी
अर्घाखाँचीका धनचौर र ढिकुरा गाविसमा महबाट पचास लाख आम्दानी
अर्घाखाँचीमा सामुदायिक वनबाट चार करोड आम्दानी
नेपाल शिक्षक सघ र नेपाल राष्ट्रिय शिक्षक संगठन विच सयुक्त बैठक सन्धिखर्कमा सम्पन्न / आगामी पौषमा राष्ट्रपति रनीङसिल खेलकुद प्रतियोगिता सन्धिखर्कमा हुने
अर्घाखाँची धन्चौरका किसानहरु बाख्रा पालन पेसामा आकर्षण / सर्वोतकृष्ट जीवन सासस्वत चिन्तन साचो जीवन निर्माण अभियानको अर्घाखाँचीको ठुलापोखरामा एक दिने प्रशिक्षण सम्पन्न
अनुहार हेरेरै भविष्य बताउने अर्घाखाँचीको बागी डाडाखर्कमा जन्मेका ३८ वर्षिय बाबा नरनारायणको अचानक मष्तिस्कघातबाट काठमाडौंमा मृत्यु
अर्घाखाँची धन्चौरका किसानहरु मौरी पालन व्यवसाय पेसामा आकर्षण हुन थाले
काग्रेस केन्द्रिय सदस्य विश्वकर्मा अर्घाखाँचीमा सम्मानित
अर्घाखाँचीका अपाङ्गहरु सपाङले गर्न नसकेको काम गरेर उदाहरणीय बने
अर्घाखाँचीको सन्धिखर्क र चुत्राबेसी जोड्ने पक्की पुल निर्माणमा ढिलासुस्ती हुँदा स्थानीय बासिन्दाहरुलाई आवतजावतमा समस्या