arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
धर्म, समाज, संस्कृति

नयाँ वर्ष २०७४ को मुलुकभर भव्य स्वागतtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख १, शुक्रवार)

मुलुकभर नव वर्ष २०७४ को भव्य स्वागत गरिएको छ । 


आजबाट नयाँ वर्ष २०७४ औपचारिक रुपमा प्रारम्भ भएको छ । २०७३ साललाई विदाई गरिएपछि राती १२ बजेबाट नयाँ वर्ष २०७४ को प्रारम्भ भएको हो ।  नयाँ वर्षको औपचारिक सुरुवात भएसँगै मुलुकभरका मानिसहरुले आ-आफ्नो देशमा हर्षोल्लासपूर्वक बिभिन्न मनोरञ् जनात्मक कार्यक्रम गरी यसको भव्य स्वागत गरेका छन् । अहिले नेपालको राजधानी काठमाडौं लगायत देशभरका प्रमुख शहरमा रातभर बिभिन्न कार्यक्रम गरिएका छन् ।

नयाँ वर्ष २०७४ साल आजबाट शुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ । यो नै विक्रम सम्वत्को पहिलो दिन हो ।

आज विक्रम संवत् २०७४ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने आजको दिन, वैशाख संक्रान्ति अर्थात् मेष संक्रान्ति र वर्षको जेठो दिन पनि हो ।

प्रत्येक व्यक्तिले गतवर्ष गरेका कामको सफलता-असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने गर्दछन् ।

आज बिहानै स्नान गर्ने, घर, कोठा-आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ ।

विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत चलेको हो ।

नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ । भारतमा सरकारी सम्वत शक सम्वत भए पनि व्यवहारमा इस्वी सम्वत चलेको छ ।

विक्रम सम्वत् १३५ देखि शक सम्वत, सम्वत् ६३३ देखि मानदेव सम्वत, विक्रम सम्वत् ९३६ देखि नेपाल सम्वत चलेको हो । यी सम्वतमध्ये अहिले मानदेव सम्वतको चलन हराइसकेको छ । विक्रमको १२ औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम सम्वतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासकारहरु बताउँछन् ।

नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिने चलन छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतम विक्रम सम्वत् शास्त्रीय सम्वत भएको बताउँछन् ।

सौरमान र चान्द्रमान दुबैलाई समन्वय गरेर बनाइएको सम्वत नै विक्रम सम्वत हो । विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ । सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत भनिएको हो ।

काठमाडौंको बुढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाको सीमामा पर्ने बाग्द्वार, टोखा चण्डेश्वरी नगरपालिकाको सपनतीर्थ र कीर्तिपुर नगरपालिकाको चम्पादेवीमा आज विशेष मेला लाग्छ । काठमाडौंको उत्तर पश्चिमी भेगस्थित टोखाको खहरे अर्थात् सपन तीर्थमा आजका दिन स्नान गरेमा कुष्ठरोग एवम् लुलो लङ्गडोपना हटी पुनः शारीरिक तन्दुरुस्तता प्राप्त हुने जनविश्वास छ । भक्तपुरमा बिस्केट जात्राको रौनकता वैशाख १ गतेकै दिन बढ्ने गर्दछ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य धर्म, समाज, संस्कृति
आज मातातीर्थ औंसी आमाको मुख हेर्ने दिन धुमधाम मनाईंदै
हिन्दु जागरण नेपालले गर्यो पाल्पाको बराङ्ग्दी धर्म परिवर्तन मुक्त क्षेत्र घोषणा
मौलिक संस्कृति जगेर्ना गर्न आव्हान: सत्यमोहन जोशी
ज्योतिष बिज्ञानको चमत्कार: कुन अक्षर भएका ब्यक्तिको कस्तो चरित्र ?
स्वस्थानी ब्रत आरम्भ
नयाँ वर्ष २०१७ को स्वागत
क्रिसमसमा सार्वजनिक विदा
आयुर्वेद ऋषि कमलानन्द अभिनन्दित
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै
हिन्दु जागरण नेपालकाे विषेश पशिक्षण कपिलवस्तुमा सम्पन्न
दिदी बहिनी संगि टिका कार्यक्रम सम्पन्न ।
आज भाईटिका ! दिदीबहिनीहरुद्धारा दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाइदिदै, हर्षउल्लासपूर्वक महान् चाड तिहार मनाइदै
दोस्रो ठूलो चाड तिहार: यम पञ्चकको चौथो दिन हर्षोल्लासका साथ आज परम्पराअनुसार गोवर्धन पूजा गरिँदै
यमपञ्चकको तेस्रो दिन आज गाई तिहार, हर्षोल्लासका साथ धनधान्यकी देवी लक्ष्मीको पूजा, आराधना गरिंदै
यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार, देशभर कुकुरको पूजा गरी मनाइदै
नेपालीहरुको दोस्रो ठूलो चाड तिहार शुरु ! आज काग तिहार
काठमाडौंले तिहारमा देउसी-भैलो कार्यक्रम राति १० बजेसम्म गर्न पाउने
दसैँको टीका थाप्न जानेहरुको देशभर चहलपहल जारी
बडादसैँ: आफ्ना मान्यवरबाट टीका र जमरा तथा आशीर्वाद लिने क्रम जारी
आज महान चाड विजया दशमी, मान्यजनहरूबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदै