arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
धर्म, समाज, संस्कृति

नागपञ्चमी र रक्षा बन्धन एकसाथ मनाइयो text size increase   text size decrease   Print    rss (२०७४ श्रावण १३, शुक्रवार)


 प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइँदैछ ।

आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

बराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा ब्रह्माको नागराजसँग संवाद भएकाले आजको दिन नागपूजाका लागि प्रसिद्ध भएको हो । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागको आज पूजा गरी दुबो, गाईको दूध, अक्षता आदि चढाइएका घरमा अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु र जैमिनी ऋषिले अग्निभय र विषयुक्त जीवको भयबाट बचाउने चतुर्वर्ग चिन्तामणिमा उल्लेख गरिएको छ ।

नागपञ्चमीका दिन बिहान सबेरै पुरोहितद्वारा नागको पूजा गरेर घरको मूलद्वारमा नागको चित्र टाँसी घरधनीले पनि नागपूजा गर्ने शास्त्रीय परम्परा छ ।

यसैगरी प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन पनि आजै मनाइँदैछ । साउन २३ गते श्रावण शुक्ल पूर्णिमाका दिन अर्धरात्रिपूर्व खण्डग्रास चन्द्रग्रहण परेकाले नागपञ्चमीकै दिन उक्त पर्व मनाउनुपर्ने विभिन्न धर्मग्रन्थमा उल्लेख गरिएकाले आज यो पर्व मनाउन लागिएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

यसअघि १९६३, १९८२, २०२८ र २०४७ सालमा पनि नागपञ्चमीका दिन उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन पर्व मनाइएको थियो ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।

आजकै दिन तागाधारीले आफ्नो जनै फेर्छन् । तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिवन र सप्तमृत्तिका लगाएर स्नान गर्छन् । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ ।

ऋषिलाई तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ ।

आजका दिन ११ थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारी क्वाँटी बनाएर खाने चलन छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार हुन्छ भन्ने मान्यता छ ।

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्छन् । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य धर्म, समाज, संस्कृति
तराईलगायत मुलुकभर छठ पर्व
विश्वहिन्दू परिषदका संरक्षक तथा संस्थापक अशोक सिंघलको ८९ वर्षको उमेरमा निधन
नेपालीहरुको महान चाड दसैं-तिहारको समाप्तिसँगै मिथिलाञ्चलको महत्वपूर्ण चार दिने छठ पर्व शुरु
आज भाईटिका ! दिदीबहिनीहरुद्धारा दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाइदिदै, हर्षउल्लासपूर्वक महान् चाड तिहार मनाइदै
तिहारमा राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने
भाइटीका लगाउने शुभसाइत कार्तिक २७ गते शुक्रबार मध्याह्न ११ बजेर ५५ मिनेटमा
अर्घाखाँचीको ढाकावाङ्ग गाविसको ढवाचौरमा भएको ऐतिहासिक सरायँ नाच
आफन्त र मान्यजनका हातबाट टीका थाप्ने क्रम जारी
आज विजयादशमी ! मान्यजन तथा आफन्तजनबाट टिका, जमरा तथा आशिर्वाद ग्रहण गर्दैहर्षोल्लासका साथ मनाईंदै
बडादसैंमा टीकाको उत्तम साइत विहीबार बिहान १० बजेर ५५ मिनेटमा
हिन्दूहरुको महान चाड बडादसैंको आज आठौं दिन अर्थात् महाष्टमी
राष्ट्रपतिले बिहीबार दिउँसो १ः३० बजेदेखि साँझ ५ बजेसम्म दशै टीका लगाइदिने
यस वर्षको दसैंमा टीकाको साइत बिहान १० बजेर ५५ मिनेट
हिन्दूहरुको महान चाड बडादसैंको सातौं दिन, घरघरमा फूलपाती भित्र्याइयो
बडादशैं अन्तर्गत आज कात्यायिनी भगवतीको पूजा आराधना गरिँदै
नवरात्रको पांचौं दिन, आज स्कन्द माताको पूजा आराधना गरिंदै
आज बडा दसैंको तेस्रो दिन अर्थात् आश्विन शुक्ल तृतीया तिथी
बडा दसैं अर्थात् नवरात्रको तेस्रो दिन आज शक्ति स्वरुपा चन्द्रघण्टाको पूजा आराधना गरिँदै
यस वर्षको बडा दसैं सुरु ! आज घटस्थापना
आज बडा दसैंको पहिलो दिन दुर्गा भवानीको प्रतीकका रूपमा घर-घरमा घटस्थापना गरिँदै