arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

मंसिर २१ गते हुन गइरहेको निर्वाचनका लागि कास्कीमा १९ राजनीतिक दल, १०० उम्मेदवार चुनावी मैदानमाtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक १९, आइतवार)

मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कास्कीमा विभिन्न १९ राजनीतिक दल र स्वतन्त्र गरी १०० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभाका तीन र प्रदेशसभाका ६ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कांग्रेस (बिपी), देशभक्त गणतान्त्रिक मोर्चा, विवेकशील साझा पार्टी, आमूल परिवर्तन मसिहा पार्टी र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै, संघीय समाजवादी फोरम, नेपाल दलित पार्टी, नेकपा (माओवादी केन्द्र), मंगोल नेशनल अर्गनाइजेशन, एकीकृत राप्रपा (राष्ट्रवादी), नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा (माले), संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च, जनसमाजवादी पार्टी, राप्रपा र राप्रपा (प्रजातान्त्रिक)का उम्मेदवारले उम्मेदवारी दिएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी र मंगोल नेशनल अर्गनाइजेशन पार्टीले प्रतिनिधिसभाका तीन र प्रदेशसभाका ६ ओटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् ।

एमालेले प्रतिनिधिसभाका तीन, प्रदेशसभा १ (ख), २ (क) र ३ (ख) मा, माओवादी केन्द्रले प्रदेशसभा १ (क), २ (ख) र ३ (क) मा नेपाल दलित पार्टीले प्रतिनिधिसभाका तीन, प्रदेशसभा १ (क), २ (ख) ३ (क) र (ख), विवेकशील साझा पार्टीले प्रतिनिधिसभाका तीन, प्रदेशसभा १ (क), (ख), २ (क), ३ (क) र (ख)मा उम्मेदवारी दिएका छन् ।

त्यस्तै, राप्रपाले प्रदेशसभा १ (क), (ख), २ (क), (ख), ३ (क) र (ख), नेपाली कांग्रेस (बिपी )ले प्रतिनिधिसभा १, राप्रपा (प्र), ले प्रदेश १ (क) र २ (ख), जनसमाजवादी पार्टीले प्रतिनिधिसभा ३ र प्रदेशसभा ३ (क), नेकपा मालेले प्रतिनिधिसभा २, एकीकृत राप्रपा (राष्ट्रवादी)ले प्रतिनिधिसभा १, राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा १ र २, प्रदेशसभा १ (क), २ (क), संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले प्रतिनिधिसभा २, देशभक्त जनगणतान्त्रिक मोर्चाले प्रतिनिधिसभाका तीन, प्रदेशसभा १ (क) र (ख), आमूल परिवर्तन मसिहा पार्टीले प्रतिनिधिसभा १ र प्रदेशसभा १ (ख) मा उम्मेदवारी दिएको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।

पाँच स्वतन्त्र उम्मेदवारले विभिन्न क्षेत्रमा उम्मेदवारी दिएकामा प्रदेश नम्बर १ (क) का स्वतन्त्र उम्मेदवार टीकाराम पंगेनीको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले रद्द गरेपछि अब चार जना स्वतन्त्र उम्मेदवारमात्रै चुनावी मैदानमा छन् । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
थ्रि एन्जल्स नेपालले पायो एन जि ओ लिडरसीप अवार्ड
पर्यटन बोर्डका तत्कालीन प्रमुख निरौला भ्रष्टाचारी ठहर, ७ वर्ष कैद फैसला
नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा
दैलेखमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु, पाँच गम्भीर घाइते
प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदको शपथ फागुन २० गते
सप्तरीको तिरहुत गाउँपालिकाका बाढीपीडित नयाँ घर पाएपछि खुसी, १८ परिवारले पाए नयाँ घर
केहीदिन यता राजधानीलगायतका पहाडी क्षेत्रको धुम्म मौसम अझै केही दिन जारी रहने
नेपालको ग्रामीण क्षेत्रको शैक्षिक विकासमा पाकिस्तानले सहयोग गर्ने
कपिलवस्तुको दोहनीमा ईशापूर्व चारसय वर्षदेखि मानव बसोबासको प्रमाण फेला
असंबैधानिक कदम चालेकी राष्ट्रपतिलाई तरुण दलले नेपालको संविधान उपहार दिने
पश्चिम नवलपरासीका उखु किसान अख्तियारमा उजुरी दिने तयारीमा , ठगी गर्नेलाई उन्मुक्ति दिएको आरोप
गुण्डा नाइके मनोज पुनसहित दुई जनाको प्रहरीसँगको मुटभेटका क्रममा मारिएको प्रहरीद्दारा स्पष्ट
फागुन १२, १३ र १४ गते हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने
काठमाडौंका ६ स्थानमा जुलुस, प्रदर्शन, धर्ना, घेराउ वा विरोध प्रदर्शनका कार्यक्रम गर्न नपाइने
राष्ट्रियसभा सदस्यमा तीनजनाको मनोनयन
एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति, सातबुँदे सहमतिमा हस्ताक्षर
फागुन २१ गते संघीय संसदको अधिवेशन आह्वा‍न
कपिलबस्तुको नेपाल-भारत सीमा क्षेत्र मर्यादपुर खुनुवा क्षेत्रमा बृहत सरसफाइ
प्रधानमन्त्रीद्वारा सुखी नेपाली र समृद्धि नेपाल अपरिहार्य उल्लेख
संघीय संसदमा १३ समिति रहने गरी संसद् नियमावलीको प्रारम्भिक मस्यौदा तयार
http://go.oclaserver.com/afu.php?zoneid=1465736