arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

तराईका बाढीपिडीतको घाउमा मलाम लगाउदै नेपाल तरुण दल ( तस्बिर सहित)text size increase   text size decrease   Print    rss (२०७४ भाद्र २२, विहीवार)

प्रेमनारायण आचार्य

   सन्धिखर्क २२ भदौ । पूर्वी तराईमा बाढीले जनजीवन प्रभावित पारे संगै नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदलले पिडितहरुको राहतको लागि राहत वितरण कार्यक्रम जारी राखेको  छ ।  


पिडितहरुलाई बाढी आए लगतै नेपाल तरुणदलले सहयोग पनि गर्यो । अझै बढी सबैलाई राहत उपलब्ध गराउनको जित जंग बस्नेतको अध्यक्षतामा नेपाल तरुणदलले एक तरुण एक राहत अभियान चलाएको छ ।  जसबाट पनि धेरै नै राहत जुट्यो । यति बेला उक्त राहत लिएर नेपाल तरुणदल केन्द्रिय अध्यक्ष जित जंग बस्नेत सहितको टोलि पूर्वी तराईको बाढी पिडित जिल्लाहरुमा पुगेको तरुण दलका नेता कपिल पोख्रेलले बताउनु भयो । 


नेपाल तरुणदलले पूर्वी तराईको बाढी पिडित जिल्लाको राहतको कार्यक्रम भने महोत्तरी जिल्ला देखि सुरु गरेको छ ।

यहि अनुरुप ''एक तरुण एक राहत '' अन्तर्गत नेपाल तरुण दलको केन्द्रिय कार्य समितिले महोत्तरी जिल्लाको बाढी पहिरो पिडितहरुको लागी नगद दुई लाख रुपैया तरुण दल जिल्ला कार्य समिति महोत्तरीलाई हस्तान्तरण गरेको छ ।

यस्तै राहत वितरणकै क्रममा नेपाल तरुणदल केन्द्रिय कार्य समितिले ''एक तरुण एक राहत '' अन्तर्गत धनुषा जिल्लाको बाढी पहिरो पिडितहरुको लागी नगद एक लाख रुपैया) ब्ल्यांकेट २७५ ओटा , टेन्ट १ , त्रिपाल ३५ ओटा , ड्राई फुड १५ बाक्स , चामल १९ बोरा र औषधि तरुण दल जिल्ला कार्य समिति धनुषालाई हस्तान्तरण गरेको तरुण दलका नेता कपिल पोख्रेलको भनाइ छ ।


यस्तै ''एक तरुण एक राहत'' अन्तर्गतनेपाल तरुण दलको केन्द्रिय कार्य समितिले सर्लाही जिल्लाको बाढी पहिरो पिडितहरुको लागी नगद एक लाख रुपैया तरुण दल जिल्ला कार्य समिति सर्लाहीलाई हस्तान्तरण गरेको छ । यस्तै बाढी पहिरो पिडितलाई राहत वितरण गर्नुको साथै नेपाल तरुणदल केन्द्रिय अध्यक्ष जित जंग बस्नेतले प्रदेश नं २ को जिल्लाहरुको वस्तुगत अबलोकन समेत गर्नुभएको छ । यस्तै उहाले असोज २ गतेको चुनाबको लागि नेपाल तरुणदल जिल्ला समिति पूर्णरुपमा लागिपर्न र चुनाब सफल पार्न जिल्ला तरुणदल अध्यक्षहरुलाई निर्देशन दिनुभएको छ ।


नेपाल तरुणदल केन्द्रिय अध्यक्ष जित जंग बस्नेत सहितको टोलिले प्रदेश नं २ को बाढी प्रभावित सम्पूर्ण जिल्लामा राहत वितरण गर्ने कार्यक्रम रहेको छ । कसैलाई पनि नछुटाउने र पिडित सबैले राहत पाउनुहुने प्रतिबध्ता अध्यक्ष बस्नेतले जाहेर गर्नुभएको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
मोरङको कानेपोखरीमा आगलागी हुँदा एकै घरका चार जनाको जलेर मृत्यु
यो वर्षको दसैंमा पनि पानी पर्ने, दसैंसम्म मनसुनी सक्रिय
काठमाडौंमा मरेका खसीबोका बिक्री, नागढुंगामा २८ वटा मरेका खसीबोका बरामद
प्रदेश नम्बर-२ मा भएको स्थानीय निर्वाचनको मतगणना जारी, कांग्रेस अगाडि
प्रदेश नम्बर २ का आठ जिल्लामा २९८ टोलीबाट धमाधम मतगणना हुँदै
बडादसैं, तिहार तथा छठ पर्वका बेला उपत्यकाभित्र पाँच हजार प्रहरी परिचालन
धनुषाको हंशपुर नगरपालिका मेयर-उपमेयरमा राजपा विजयी
प्रदेश नम्बर-२ मा सम्पन्न तेस्रो चरणको स्थानीय निर्वाचनको मतगणना जारी
दशैं, तिहार, छठलगायत चाडपर्वमा मापसे जाँचलाई कडाइ, नाकामा विशेष चेकजाँच
मा‌ओवादी केन्द्रका प्रतिनिधिले बाराको बारागढी गाउँपालिकामा‌ मतपत्र च्यात्ने प्रयास गरे
महोत्तरीमा कांग्रेसले दुई वडामा विजय
निर्वाचन आयोगले पाँच दिन भित्रै प्रदेश नंम्बर -२ को स्थानीय तहको मतगणना गरिसक्ने
सिरहामा मतगणना सुरु
सरकारद्वारा आयल निगमका कार्यकारी निर्देशक खड्कालाई पदबाट बर्खास्त
प्रदेश नम्बर-२ मा सम्पन्न तेस्रो चरणको स्थानीय निर्वाचनको मतगणना शुरु
आज प्रदेश २ मा तेस्रो चरणको स्थानीय निर्वाचनका लागि मतदान हुँदै
दसैं, तिहार नजिकिदै गर्दा आन्तरिक राजस्व विभागद्वारा बजार अनुगमनलाई तीव्रता
स्थानीय निर्वाचनमा सुरक्षा त्रुटि हुन नदिन भारतीय सीमानाका बन्द
दशैं बजारलाई लक्षित गरी व्यापारीहरुले मुस्ताङी चेलुक च्याङ्ग्रा ओराल्न थाले
प्रधानमन्त्री देउवाद्वारा प्रतिनिधि र प्रदेशसभाको निर्वाचनपछि देशले गति पाउने उल्लेख