arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार

१८ हजार मतदाता रहेकाे भुमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाद्वारा ठुलो शक्ति प्रदर्शन सहित उम्मेदवारी दर्ता, ७ हजार बढीको उपस्थितीtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ ४, आइतवार)


अर्घाखाँची डट्कम संम्बादाता

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । राष्ट्रिय जनमोर्चाले ठुलो शक्ति प्रदर्शन सहित अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा आफ्नो उम्मेदवारी दर्ता गराएको छ ।


राष्ट्रिय जनमोर्चाबाट भुमिकास्थान नगरपालिकाको मेयर पदमा कविराम खनाल, उपमेयरमा शकुन्तला रानाले आ-आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गर्ने क्रममा जिल्लाकाे भुमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाले शक्ति प्रदर्शन गरेको छ । उक्त प्रदर्शनमा ७ हजार भन्दा बढीको उपस्थिती रहेको थियो । जुन राष्ट्रिय जनमोर्चाको प्रदर्शन सन्धिखर्क लगायत जिल्लाभर अन्य दलका समर्थकहरुको उपस्थिती भन्दा बढी हो ।


उम्मेदवारी दर्ताको लागि राष्ट्रिय जनमोर्चाका हजारौं समर्थकहरुको बाजागाजा सहित उपस्थिती रहेको थियो । भूमिकास्थानमा अन्य दल भन्दा राष्ट्रिय जनमोर्चाको अवस्था बलियो छ । यहाँ कांग्रेस र माओवादीको तालमेल भएता पनि जनमोर्चाले सहजै जित्ने अनुमान गरिएको छ ।  साथै यस नगरपालिकामा  कांग्रेस र माओवादीले तालमेल गरे पनि राष्ट्रिय जनमोर्चाले  सहजै जित्ने अनुमान गरिएको छ ।


भुमिकास्थान नगरपालीकामा राष्ट्रिय जनमोर्चाबाट मेयरमा कविराम खनाल र उपमेयरमा शकुन्तला राना, कांग्रेसबाट उपमेयरमा खडानन्द बेल्वासे, एमालेबाट मेयरमा पिताम्बर भुसाल र उपमेयरमा सुनिता बेल्वासे, माओवादी केन्द्रबाट मेयरमा रेशम थापा , नयाँशक्तीबाट मेयरमा प्रेम बन्जाडे र उपमेयरमा गगां घिमिरे,  राप्रपाबाट मेयरमा धनबहादुर रायमाझी र उपमेयरमा प्रवित्रा पौडेलको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत चेतप्रसाद उप्रेतीले जानकारी दिए ।  यस गाउँपालिकामा कुल १८ हजार ३ सय ८ मतदाता रहेका छन् ।  जसमध्ये ८ हजार ७ सय ६५ पुरुष मतदाता रहेका छन् भने ९ हजार ५ सय ४३ महिला मतदाता रहेका छन् ।


उता उम्मेदवारी दर्ता पछि पनि  नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको पनि तालमेलको लागि छलफल भईरहेको छ ।

स्रोतका अनुसार सन्धिखर्कको मेयरमा एमाले र उपमेयरमा राष्ट्रिय जनमोर्चालाई दिने, यस्तै भूमिकास्थानको मेयर पदमा राष्ट्रिय जनमोर्चालाई र उपमेयरमा एमालेलाई दिने गरी छलफल भएको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सिद्धाराका गाउँमा बिजुली पुगेको छैन, मोटरबाटो छैन ! सधैं आश्वासन मात्र
पाणिनी गाउँपालिकाकाे केन्द्र दुर्गाफाटमा: कांग्रेस उम्मेदवार
अर्घाखाँचीमा तालमेलले खोसिए नेत्रीका अवसर
अर्घाखाँची पुरै चुनाव केन्द्रीत, आफु २४ सै घण्टा ड्युटीमा रहेको मुख्य निर्वाचन अधिकृतको भनाई
नरपानीका जुम्ल्याहा दाजुभाई सन्धिखर्क नगरपालिका - ६ को वार्ड अध्यक्षमा प्रतिस्पर्दा
गोरसिंगेमा १९ बर्षिया युवतीलाई अर्घाखाँचीका दुई युवाद्वारा सामूहिक बलात्कार, दुवै एमाले, कांग्रेस कार्यकर्ता
अर्घाखाँचीका कृष्ण ३ बर्षपछि विदेशबाट घर फर्किदा न श्रीमति साथमा न पैसा हातमा
बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा ३ डाक्टर, औषधिको कमि छैन
पाणिनीको मैदानमा कांग्रेसको चुनावी प्रसारमा गएको जिप दुर्घट्ना हुँदा १ जनाको मृत्‍यु, कयौ घाइते
शीतगंगा नगरपालिकाको सिमलपानीमा चुनावी नारा भोट दिनुस् तपाईंको पुर्जा बनाइदिन्छौं
बल्कोट र केरुंगामा खानेपानी सहज बनाइदिने आश्वासन बाँडेर मत तान्ने होडबाजी
एमाले भूमिकास्थानका उम्मेदवारहरुद्वारा उम्मेदवारी दर्ता, विपक्षी तालमेलका बावाजुत कार्यकर्ता उत्साहित
अर्घाखाँचीमा विप्लव नेपाल कम्युनिस्ट पार्टीेका जिल्ला सचिवालय सदस्य चौहान गिरफ्तार
अर्घाखाँचीमा द्वन्द्वकालमा बन्दुक बोकेका उम्मेदवार
अर्घाखाँचीमा शान्तीपुर्ण तवरमा उम्मेद्धारी दर्ता सम्पन्न, दुई तहमा कांग्रेस माओवादीले प्रमुखमा उम्मेद्धार उठाएन (उम्मेदवारको नामावली सहित)
एमाले सन्धिखर्कका उम्मेदवाहरुद्वारा उम्मेद्वारी दर्ता, आकाशमा पनि फहरायो सुर्य चिन्ह अंकित झण्डा
भुमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाद्वारा आफ्नो उम्मेदवारी दर्ता, हजारौं समर्थकहरुको उपस्थिती (तस्बिर सहित)
राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीभर आफ्नो उम्मेदवारी दर्ता गरायो
अडगुरीका अण्डा व्यवसायीको वार्षिक कारोबार एक करोड २६ लाख रुपैयाँ
अर्घाखाँचीमा निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा, उम्मेदवारी दर्ता भोली बिहान ८ बजेदेखि ४ बजेसम्म (सम्पूर्ण विवरण सहित)