arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

सन्धिखर्कमा प्रदिप ज्ञवालीसँग संयुक्त पत्रकार सम्मेलन, एमाले र माओवादी केन्द्र बीचको पार्टी एकता पक्रिया अन्तिम चरणमा पुगेको भनाई text size increase   text size decrease   Print    rss (२०७४ पौष ३०, आइतवार)

पहिलो प्रकासित मिती: पौष २६, २०७४ 

शोभाखर पन्थी

सन्धिखर्क, अर्घाखाँची पौष २६ ।  नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले नेकपा एमाले र माओवादी केन्द्र बीचको पार्टी एकता पक्रिया अन्तिम चरणमा पुगेको बताएका  छन् । 

उनले  पार्टी एकतालाई विफल पार्न देशी विदेशी शक्तिहरु सल्बलाइरहेको भएपनि  एकता पक्रियालाई कसैले पनि रोक्न नसक्ने बताए । प्रेस चौतारी अर्घाखाँची र प्रेस सेन्टरले सन्धिखर्कमा गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले पद वाडफाँडमा कुरा नमेलेका कारण एकता हुन नसकेको भनेर अनावश्यक हल्ला फैलाइएको बताए । नेता ज्ञवालीले पार्टी एकता हुने निश्चित भइसकेको भन्दै आशंका नगर्न पनि आग्रह गरे ।  'देशले जित्नु प¥यो, हामी जे जस्तो त्याग गर्न पनि तयार छौं' उनले भने । उनले पार्टी एकता संयोजन समितिको वैठकले एकताका लागि कार्ययोजना तय गरिसकेको बताउँदै  माघ महिना भित्रै पार्टी एकता हुने बताए । 

उनले प्रधानमन्त्री शेर बहादुर देउवाले जनादेशको सम्मान गरि सत्ता हस्तान्तरण गर्नुको साटो अनावश्यक बखेडा झिकेर सत्ता लम्बाउने खेलमा लागेको आरोप लगाए । सचिव ज्ञवालीले सरकारले प्रदेशको अस्थायी राजधानी तोक्न आनाकानी गर्नुले सरकारको असक्षमता प्रकट भएको बताए । ‘सबै प्रदेशको राजधानी काठामाडौंमा राखी प्रदेश सांसदले काठामाडौंमा सपथ लिने कुरा संघियताको मर्म अनुकुल छैन’ उनले भने, सकारको यो निर्णय एमालेलाई मान्य छैन ।’ उनले अव बन्ने कम्युनिष्ट पार्टीको सरकारले  मुलुकमा  पाँच वर्षमा धेरै परिवर्तन ल्याउने दावी गरे । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य नजिर मियाँ,अर्घाखाँची जिल्ला प्रदेश सभा क्षेत्र नं. १ का  सदस्य  चेतनारायण आचार्य, क्षेत्र नं. २ का सदस्य रामजी प्रसाद घिमिरे,  एमाले केन्द्रीय स्कुल विभागका सदस्य वुद्धि बहादुर रायमाझी, एमाले उपसचिव प्रेम नारायण गैरे, समाजसेवी दिपक पन्थी,   लगायतको अपस्थिति रहको थियो । 

कार्यक्रम प्रेस चौतारीका अध्यक्ष हिम बहादुर जिसी लेकालीको अध्यक्षता, पत्रकार  महासंघका निवर्तमान अध्यक्ष शोभाखर पन्थीको स्वागत मन्तव्य र  प्रेस सेन्टरका अध्यक्ष गणेश  खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सन्धिखर्क नगरपालिका कार्यालयमा सिसिटिभि क्यामरा जडान
सन्धिखर्कमा अाधारभुत सौन्दर्यकर्मी तालिम सन्चालन
युएईबाट धारापानी साना औवलका क्यान्सर पिडितलाई आर्थिक सहयोग
कपडा तथा सिलाई व्यवसायी संघ अर्घाखाँचीको प्रथम जिल्ला अधिवेशन सम्पन्न
अर्घाखाँची वचत तथा ऋण सहकारी संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
अर्घाखाँचीडट्कममा प्रकासित "पाणिनी ४ धौराली मावीमा आर्थिक हिनामिना" शिर्षक समाचारमा सत्यता नभएको विधालयको भनाई
पोखराथोकमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
बुटवललाई प्रदेश नम्बर ५ को अस्थायी राजधानी तोकेपछि सन्धिखर्कमा दिपावली
नेविसंघ अर्घाखाँचीको बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न
सन्धिखर्कको सालारुख जगतामा ट्याक्सी दुर्घट्ना, २ जना घाइते (तस्बिर सहित)
अर्घाखाँचीमा नर्सको आन्दोलनका कारण अस्पताल प्रभावित
सन्धिखर्कमा पत्रकार भेटघाट, कसैले चाहदैमा पार्टी एकता नरोकिंने डिलाराम आचार्यको भनाई
खिदिममा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
सन्धिखर्कमा २० अौ भुकम्प सुरक्षा दिबस मनाइयो
अर्घाखाँचीमा निर्माणका कामहरु अगाडि सक्नेगरि अगाडि बढाउन सरोकारवालालाई निर्माण ब्यबसायी संघका अध्यक्षको अाग्रह
अर्घाखाँचीको सन्धिखर्क स्थित त्रिवेणीधाममा माघेसंक्रान्ती बिशेष कृषि मेला प्रदर्शनी तथा सास्कृतिक कार्यक्रम सम्पन्न ।
अर्घाखाँची समाज जापानद्दारा धारापानी साना औवलका क्यान्सर पिडितलाई आर्थिक सहयोग
पाणिनी ४ धौराली मावीमा आर्थिक हिनामिना
सन्धिखर्कमा साथी बचत तथा ऋण सहकारी संस्थाको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज भुसाल चयन
अर्घाखाँची संयुक्त बाम गठबन्धन रुपन्देहीद्दारा बुटवलमा जनप्रतिनिधीहरुलाई सम्मान
http://go.oclaserver.com/afu.php?zoneid=1465736