arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

बिर्तामोडलाई बन्द, हड्ताल मुक्त गर्ने व्यवसायीहरुको प्रतिबद्धताtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २०, शुक्रवार)

बिर्तामोड उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि चुनावी मैदानमा उत्रिएका उम्मेदवारले बन्द, हड्ताल, जबरजस्ती चन्दा नियन्त्रण र व्यवसायीको सुरक्षालाई प्रमुख एजेण्डा बनाएका छन् ।

अलग-अलग तीनवटा प्यानल घोषणा गरी चुनावमा उत्रिएका अध्यक्ष पदका उम्मेदवारसहित संघका वर्तमान अध्यक्षले बिर्तामोड नगरलाई यथाशक्य चाडो बन्द, हड्ताल मुक्त गर्ने सहितका पाँच बुँदे साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघको पहलमा राजनीतिक दल, नगरपालिका सामाजिक संस्था अधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाज लगायत सरोकारवाला सबैसँग समन्वय गरी बिर्तामोडलाई बन्दमुक्त गर्ने उनीहरुको प्रतिबद्धता छ ।

संवाद समूह झापाको संयोजनमा शुक्रबार बिर्तामोडमा ‘उद्योग व्यवसायमा बन्द–हड्तालको प्रभावः तपाईंको नेतृत्वको भूमिका र प्रतिबद्धता’ विषयमा भएको छलफलमा व्यवसायीका नेताहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

पूर्वकै प्रमूख व्यापारिक केन्द्रको रुपमा विकसित हुँदै गएको बिर्तामोड क्षेत्रमा विभिन्न राजनीतिक दल तथा समूहबाट पटक–पटक हुने बन्द, हड्तालबाट उद्योग व्यवसाय क्षेत्रमा नकारात्मक प्रभाव परेको र उद्योग, व्यवसाय धरासायी बन्दै गएको उनीहरुले बताए । अब उद्योग, व्यवसाय प्रबर्द्धनका लागि बन्द–हड्ताल सधैंका लागि बन्द गर्नुपर्ने उनीहरुको जोड थियो ।

बिर्तामोड उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष बलराम कार्की, लोकतान्त्रिक व्यवसायिक प्यानलबाट अध्यक्ष पदका उम्मेदवार कुमार भट्टराई, संयुक्त व्यवसायिक प्यानलबाट अध्यक्ष पदका उम्मेदवार हनुमान मित्तल र स्वतन्त्र प्यानलबाट अध्यक्ष पदका उम्मेदवार हरि प्रसाईंले प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।

उद्योग, व्यवसायलाई मर्यादित, व्यवस्थित बनाउने पनि उनीहरुको प्रतिबद्धता छ । त्यस्तै समय–समयमा घरधनी र व्यवसायी, व्यवसायी र उपभोक्ता, व्यवसायी र राज्यका निकायबीच उत्पन्न हुने विवाद–द्वन्द्वलाई मनन गरी समस्याको पहिचान गरी घरधनी, व्यवसायी, उपभोक्ता, राज्यका निकाय तथा सरोकारवाला निकायबीच सुमधुर सम्बन्ध स्थापित गर्दै समस्या समाधानको पहल गर्ने समेत उनीहरुले प्रतिबद्धता जनाएका छन् ।

२२ साउनमा सम्पन्न हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउने, निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने, एकअर्काप्रति सम्मान र आदरपूर्वक व्यवहार गर्दै स्वस्थ र स्वच्छ प्रतिष्पर्धा गर्ने तीनवटै प्यानलका उम्मेदवारको साझा प्रतिबद्धता छ ।

निर्वाचनको सन्दर्भ तथा आगामी दिनमा पनि उद्योगी, व्यवसायी तथा सरोकारवालाबीच कुनै समस्या र विवाद उत्पन्न भए आपसी छलफल र वार्ताबाट समाधान गर्ने समेत उनीहरुले प्रतिबद्धता जनाएका छन् । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
मंसिर ४ गते ३१ जिल्लामा केन्द्र र प्रदेशसभाको निर्वाचन गर्न सुझाव
अविरल वर्षा र बाढीले पूर्वी तराईका पाँच जिल्लामा ४ अर्बको कृषि उपजमा क्षति
आगामी मंसिरभित्रै एकैपटक निर्वाचन गराउन तीन दल सहमत
रौतहटमा मृत्यु हुनेको संख्या १९ पुग्यो, बाढीले बगाउँदा बालकको मृत्यु
बाढी प्रभावित जिल्लाहरुमा रोगको संक्रमण भइ नसकेको भन्दै नआत्तिन आग्रह
अहिलेसम्म देशभर बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १२०
राजधानीका सडकमा लत्रिएका तारहरु ७ दिनभित्र हटाउन सन्चारमन्त्रीको निर्देशन
प्रदेश नम्बर-२ मा निर्वाचन आचारसंहिता लागू
बाढी-पहिरोले देशलाई ठूलो विपत्तिमा पुर्‍याएको भन्दै डा. केसीले अनशन स्थगित गरे
अब मौसममा सुधार आउने, अविरल वर्षा नहुने
मृत बालकलाई पुर्ने ठाउँ नपाएर कोशीमा बगाइयो (बाढीको दर्दनाक तस्बिर)
वर्षासँगै आएको बाढीका कारण सुनसरीमा थप दुईजनाको मृत्यु
देश बाढीपहिरोको चपेटामा ! मृत्युको संख्या ७०, बेपत्ता ५० जना
बाढी पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या ७० पुग्यो, ५० जना बेपत्ता, ३४ हजार घर डुवानमा
सीमावर्ती रक्सौलस्थित भारतीय आयल डिपोले कम इन्धन दिएको भन्दै ढुवानी ठप्प
प्रधानमन्त्रीद्वारा बिमस्टेकका आदर्श र उद्देश्यप्रति नेपाल पूर्णप्रतिबद्ध रहेको उल्लेख
सर्वोच्चद्वारा स्थानीय तहको संख्या हेरफेर गर्ने सरकारको निर्णय सदर
सरकारद्वारा कृषियोग्य जमिनमा प्लटिङ र कित्ताकाट गर्न रोक
बालविवाह अन्त्य गराउन सरकारी कार्यक्रम प्रभावकारी हुन सकेन : राष्टपति
इन्धन ढुवानीका क्रममा हुने नोक्सानी क्षतिपूर्ति बढाउन माग गर्दै पेट्रोलियम व्यवसायी पुन: आन्दोलनमा