arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

निर्वाचनमा वृद्धवृद्धाकोे पनि उत्साहजनक रुपमा सहभागिताtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ३१, आइतवार)


मुलुक संघीय संरचनामा गइसकेपछि पहिलो पटक भएको स्थानीय तहको निर्वाचनमा वृद्धवृद्धाले पनि उत्साहजनक रुपमा सहभागिता जनाएका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर २ मा रहेको सांस्कृतिक एकता मञ्च मतदान केन्द्रमा पुगेर एक जना १ सय १ वर्षीया वृद्धाले मतदान गरेकी छन् ।

१ सय १ वर्षिया विष्णुकुमारी राजवाहकले स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपािलका वडा नम्बर २ लाजिम्पाट नर्सरी मार्गस्थित सांस्कृतिक एकता मञ्च मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन् ।

उनी हिँडडुल गर्न सक्दिनन् । त्यसैले उनलाई स्थानीय निर्वाचन स्वयम् सेवकहरुले गाडीको व्यवस्था गरी मतदान स्थलमा ल्याएका थिए ।

राजवाहकलाई दुईजना सहयोगीले मतदान गर्न सहयोग गरेका थिए । स्थानीय प्रतिनिधि चुन्न भएको स्थानीय तहको निर्वाचनमा मतदान गर्न आउनुभएका राजवाहक निकै उत्साही देखिएकी थिइन् ।

निर्वाचन आयोगले गरेको व्यवस्था अनुसार उनले बृद्धबृद्धा लाइनबाट गएर प्रक्रिया अनुसार मतदान गरे । मतदान गरेर बाहिरिएपछि बृद्धा राजवाहकले मतदान गर्न पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिइन् ।

त्यसो त यसअघिका निर्वाचनहरुमा पनि विष्णुकुमारी राजवाहकले मतदान गरेकी रहिछन् तर, अहिलेसम्म कति पटक मतदान गरिन, ठाक्कै सम्झना भने छैन ।

१९७३ साल माघ ४ गते जन्मिएकी राजवाहको मतदाता नम्बर १८४९५२७८ रहेको छ ।

यस्तै, ८१ वर्षिय गजेन्द्रराज जोशीले पनि काठमाडौं महानगरपालिका वडा नम्बर १० यट्खा मतदान केन्द्रबाट मतदान गरेका छन् ।

ह्वील चेयरको सहारमा मतदान केन्द्र पुग्नु भएका जोशीले अशक्त तथा बृद्धको लाईनबाट मतदान गरेका छन् ।

जोशी काठमाडौ महानगरपालिकाको मेयरका उम्मेद्वार राजुराज जोशीका बुवा हुन् ।

पहिलो चरणको स्थानीय तह निर्वाचनमा काठमाडौ र काठमाडौ बाहिर पनि जेष्ठ नागरिकहरुले उस्साहका साथ मतदान गरेका छन् । इमेजखबरमा समाचार छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
राष्ट्रिय जनता पार्टी नेपाल निर्वाचनमा सहभागी भए मिति सार्न सकिने: कांग्रेस
जेठ ३१ को चुनाव सर्ने हल्लाले झापाका तीन नगरपालिकाका मतदाता चिन्तित
एमालेद्वारा चार उपमहानगरपालिकामा प्रमुख र उपप्रमुखका उम्मेदवार चयन
राजपा नेपालले चुनावमा भाग नलिने, निर्वाचनमा अवरोध गर्ने गरी आन्दोलनको घोषणा
स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं महानगरको अन्तिम मतपरिणाम आउने तयारीमा, एमालेको अग्रता कायमै
पार्टी दर्ता गरेर चुनाव चिन्ह दिए आफूहरु चुनावमा जान तयार: राष्ट्रिय जनता पार्टी
पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा एमालेका मानबहादुर जिसीको जित निश्चित
जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि सुनसरीका चार स्थानमा सेना परिचालन
एमालेको अवरोधका कारण नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा धन्यवाद प्रस्ताव हुन सकेन्
समयमै दोस्रो चरणको निर्वाचन हुने काँग्रेसका सभापति देउवाको भनाई
झापा एमालेद्वारा नगरपालिका तथा गाउँपालिकाको प्रमुख तथा उपप्रमुख पदका उम्मेदवार चयन
प्रधानमन्त्रीको निर्वाचनको प्रक्रिया सुरु हुने
प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिए
चार दिन बित्दा पनि चाँगुनारायण नगरपालिकाको मतगणना अन्योलमा
पूर्वी तराईका तीन जिल्लामा हेपाटाइटिस-सी को जोखिम उच्च
स्थानीय तहको संख्या वृद्धिले दोस्रो चरणको निर्वाचन सम्पन्न गराउन चुनौती: मुख्य निर्वाचन आयुक्त
एमालेका कारण ललितपुर महानगरपालिकाको मतगणना रोकियो
काठमाडौं महानगरको ५०% मतगणना सकियो, अझै पाँच दिन लाग्ने अनुमान
सर्वोच्चद्वारा टीकापुर घटनाका आरोपितको मुद्दा फिर्ता लिने निर्णयको कारण देखाऊ आदेश