arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
साहित्य

सिट नम्बर १८ र १९ (कथा)text size increase   text size decrease   Print    rss (२०७३ म‌सिर २८, मंगलवार)


-राजिब बेल्बासे

बिहान ७ बजे म आँखा मिच्दै संधिखर्क हाइस काउंटर आईपुगे। नाकाबंदीको असर नै भन्नुपर्छ सीधै काठमांडू को टिकट पाउन निकै मुस्किल थियो त्यसैले मैले हाइसमा बटौली को टिकट काटेको थिए अघिल्लो दिन नै। जाड़ो को मौसम भएकोले नि होला चुरोट नतानि बस्नै सकिन,नजिकै को होटलमा गएर चुरोट सल्काउदै सोचिरहे,'आफ्नो साइडमा राम्री केटी पर्दे क्या रमाइलो हुन्थ्यो होला आजको यात्रा'।
पर्सको कुनाको टिकट खोज्दै म काउंटरको बेन्च मा गएर बसे।एतिकैमा एउटा कालो बर्ण गरेकी केटिले सोधिहाली, हजुर कहासम्म? एकछिन उसको सबै शरीर नियालेपछि हल्का एटीच्यूड का साथ भने 'काठमांडू'।

एकछिनको गफमा थाहा भयोकी उ पनि एक्लै काठमांडू जादै रछ,अज संजोगको कुरा त के भने उ पनि भक्तपुर नै पुग्नुपर्ने रहेछ जहा म डेरा गरी बस्थे।

एकछिन त मनमा लड्डू फुटिगो तर म धेरै बोलिन।

गाडी हिड्ने तरखर गर्दै थियो,म टिकटमा आफ्नो सिट नंबर खोज्दै थिए। टिकट मा लेखेको A2 हो की D2 हो छुट्टाउनै सकिन उस्तै देखियो। ड्राईवरले तपाईको कुन सिट भन्दा A2 भंदिहाले किनकी A1 मा अघिको केटीलाई देखें। उ पनि खुसीनै देखिन्थि मेरो उपस्थिति मा तब त भन्दै थी झन्न बुढो मान्छे परेन्छ। खासमा मेरो टिकट D2 को रहेछ पछि कंडक्टरले टिकट हेर्दै जादा थाहा भयो।मनको लड्डू पूरै फुट्न नपाउदै पछाडि जानुपर्ने भो भन्ने पिरले सतायो। येतिकैमा खोई के भएछ उसले ल तपाई एहि नै बस्नु पछि म मिलाउछु भन्दै पछाडि गयो। म त खुसी थिएनै तर म भन्दा बढी खुसी उ देखिन्थि मलाई जानु नपरेकोमा।

गाडीले रफ्तार लियो अनि हाम्रो गफले पनि। मैले केहि सोध्न नपाई उसले आफ्नो बेली बिस्तार लगाईं, बिचबीचमा ए ए भन्दै साथ दिरहे। खाजा खान रोकिसकेपछि बल्ल मैले केहि मौका पाए।एउटै टेबलमा चिया र सेलरोटी खादै नंबर र फेसबुक आईडी साटासाट भयो। उसले आफ्नो मोबाइलमा मेरो नामको पछाडि दाई लेखेर सेभ गर्दा भने मन चसक्क नभाको होइन तर मन दुखाइन किनकी केटीहरुको बानी सँग म केहिरुपमा परिचित नै थिए।अब म पनि केहि समीप महसूस गरिरहेको थिए। गाडी हिंदै गर्दा उ मसंग टासिने बहाना खोजीराहुन्थि र मपनि कुनै आपत्ति जनाइन।

बुटवल आउनै आटेको थियो येतिकैमा उसले भनी 'काठमांडूको नाईट बस को टिकट सँगै काटुम न त'।

अबचै एकैफेर मनमा धेरै लड्डूहरु फूटे।। खासमा मेरो योजना आज बुटवलमै साथीहरुसंगै बसेर भोली काठमाण्डु जाने थियो तर उसको त्यो आग्रहले मेरो पुरुष सोच जाग उठ्यो अनि एकछिन सोचेपछि भने,'हुन्छ नि त अहिले जादाजादै काटौं पछि टिकट नपाउन सक्छ।' करीब ११ बजे हामी बुटवल बसपार्क पुग्यौ र म टिकेटको लाइनमा बसे। जब पालो आयो तब थाहा भयो की टिकट त लास्ट सिट(बेंच) को मात्र खाली रहेछ।अब तेहि भएपनि काट्न लगाए। गुरुजिले लास्टको नि बिचतीर काट्न लागिराथे मैले झटपट कुनाको १८ र १९ नंबर काट्न लगाए।
लास्टकै भएनि म त खुसी नै थिए सायद उ पनि थी होला। हामी बेल्का भेट्ने गरी छुट्टीयौ,उ आफ्नो दीदी को तीर लागि म केटाहरुलाइ फोन घुमाउन लागे।

दिनभरी म साथीभाई सँगको भेटघाट मा ब्यस्त भए र उ दीदीहरुसंग फिलिम हेर्न गाको कुरा फोन गरेर अबगत गराइ। साझ ७.३० को गाडी भेटाउन हामी ७ बजे भेट्ने कुरा थियो तर खोई कस्तो हतार हो म ६ बजेनै बसपार्क आईपुगेछु। म पुगेको १५ मिनट पछी उ पनि आईपुगि। टाइट जीन्स र टीसर्ट मा उसलाई बिहानको भन्दा झन राम्रो देखिएको थियो। उसको कालो बर्णले कता कता मनमा ठाउ नपाएको बेला अहिले भने म उज्यालिए। भेटेको राम्रोसँग १२ घण्टा पनि भएको थिएन तर हाम्रो कुरा गराइले लाग्थ्यो हामी महिनौ अगाडिदेखि साथी थियौ। गाडी हिड्ने समय नहुन्जेल हामी दिनभरिको आ-आफ्नो दिनचर्या आदानप्रदान गर्यौ। चुरोटको तलतल मेटाउन म साथी भेट्ने बहानामा एकछिन छुटीए र उसले थाहा नपाओस भनेर बबलगम चपाउदै उ भाको ठाउ आईपुगे। २ मिनट अगाडि गाको मान्छे बबलगम चपाउदै फर्केको देखेर उसले सङ्का त पक्कै गरीहोला तर केहि प्रतिकिर्या दिईन। गाडी हिड्ने समय भयो,सिट नंबर १८ र १९ खोज्न हाम्लाइ समय लागेन किनकी त्यो आफ्नै छनोट थियो।। सुरुमा त उसले बिना फोल्डिङ्ग को सिट देखेर नाक खुम्चो पारी तर ढाड तेर्साउन म सँगै छु भन्ने सोचेर होला पछि ठिकै छ मिलाएर बसौ भनी।उसलाई झ्यालको सिटमा बस्न भने र म साइडमा बसे । मलाई भने गाडी छिटो हिडिदीयोस् भन्ने भैराथ्यो। गाडीले अब बिस्तारै आफ्नो रफ्तार लीन लाग्यो। उसले मोबाइलमा आफ्नो फोटोहरु देखाउदै फोटोमा भाको साथीहरु चिनाउन थाली। म जिस्किने पाराले कमेंट गर्दै गए।

गाडीमा कहिले ननिदाउने म निदाको बहाना पारेर उतीर ढल्किन थाले। सुरुमा अलिक अप्ठ्यारो मानेजस्तो गरेपनि पछि उसले मेरो सामीप्यतालाइ नकार्न सकिन।

रुई,फूई र दुइ मध्य कुनै एक साथमा छ भने जाडो हुदैन भन्ने कुरा सत्य रछ,म दुइको महसूस गर्दै थिए। जति रात ढल्किदै थियो हाम्रो समीप्यता पनि तेती नजिकिदै थियो।अंतिम सिटमा गाडिले उफारीराख्थ्यो अनि प्रत्यक उफ्राइमा उसले मलाई कसेर अँगालो हाल्थी।
म चाही यस्तै उफ्र्याइको प्रतिक्षा मा हुन्थे।

रामनगर पुगेपछि खाना खानलाइ गाडी रोकियो। राजमार्गको खाना मलाई कहिले मन नपर्ने त्यसैले केहि हल्का रुपमा अरु खाजा खाइयो। उसलाई गाडीमा बस्न आग्रह गरे र म एउटा चुरोट सल्काए उसले नदेख्नेगरी। फेरी बबलगमको सहारा मा म बसमा गए।

गाडी हिडीसकेको थियो,उ मेरो अंगालोमा थिई येतिकैमा मेरो ओठले उसको ओठलाई चुम्न मात्र के खोजेको थियो चुरोटको गंध उसले थाहा पाई र मलाई बिचैमा रोकिदिई। अनि मैले स्मोक गर्छु भन्ने कुरा बुटवल बसपार्कमै बबलगम खादा थाहा पाइसकेको कुरा सुनाई। एकछिन दार्शनिक कुराहरु गर्दै उसलाई चुरोट खानु अहिले सामान्य भएको भनेर कंभिन्स गरे।

बसको झ्याल पूरै बन्द भएपनि हावा कताकता बाट छिरिरहेकै रहेछ,उसले जाडो भयो भनेपछि बल्ल थाहा भयो। अनि बिस्तारै उसलाई अंगालोमा लिएर तातो महसूस गराए र अघि बिचमै रोकिएको कामपनि पूरा गरे उसकै समर्थनमा। गाडिका सबै मानिस गहिरो निंद्रामा थिए भने हामी हाम्रै संसारमा रामाइरहेका थियौ।करीब बिहानको तिन बजेको थियो गाडी एकछिन मलेखुमा रोकियो।निंद्रा नपरेका मान्छेहरु चिया खान ओर्लिए। अहिले भने म उसँगै 'चिया चुरोट खान जान्छु' भनेर निस्किए।

उ हास्दै ल छिटो सकाएर आउनु भनी।गाडी करीब एक घण्टा रोकियो। चिया खाईसकेपछि म आफ्नो मोबाइलको क्यामरा मा नाईट मोड़ अन गरे र ति मध्यरातिमा पसलगरी जिउने जीबन्त जिबनहरुलाई क्याप्चर गर्ने प्रयास गरे। लाग्थ्यो उनिहरुको त्यों दुःख,त्यों संघर्ष अनि त्यो बाध्यता जो कहिले एतिकै आकलन गर्नै सक्दैन। एकजना साउनिसँग गफ गर्दै केहि भएपनि बुझ्न खोजे।साउनि भन्दै थीन ,'बुढो मरेको ३ बर्ष भो बाबु, ४ जना बच्चाबच्ची छन्,स्कूल पठाउन नि सक्या छैन,जनतन एहि चिया बेचेर जिबन धानिराछौ'। यती भनी नसक्दै साउनिका आखा रसाउन लागे अनि मेरो पनि मन भकान्नियो। गोजीबाट १०० रुपैया निकालेर दिनै लागेको थिए ,भयो बाबू मेरो भाईजस्तै रछौ पर्दैन,तिमीसित गफ गर्न पाउदा मन नी हलुङ्गो भो भनिन। मनमा कुरा खेलाउदै म बसमा छिरे।

एकछिन अगाडिको 'म' र अहिलेको 'म' मा फरक परिसकेछ,उसले के भो हजुरलाइ भनेपछि पो झस्किए।

त्यो दिदीको अनुहार पछिसम्म नचिरह्यो। गाडी हिडिसकेछ,अब एकछिन निदाउनु पर्यो भनेर म उसको आड लिई निदाउन खोजे। उ भने गफ गर्न खोज्दै थिई।

खोई कतीखेर आखा लागेछ एकैफेर चेकपोस्ट मा प्रहरीले बाहिरबाट छतमा के छ भनेको आबाजले बिउझिए। उ मेरो अनुहार देखेर मुसुमुसु हास्दै थिई खोई किन हो त्यों चाही थाहा भएन। एकैछिनमा कलंकी आईपुगियो अनि दुबै जना तेहि ओर्लियौ। राम्रोसंग निंद्रा नपुगेर होला उसमा हिजो हिड़दाजस्तो चमकपन रत्ती पनि देखिदैनथ्यो। जानुपर्ने ठाउ एकैतिर भएकोले सँगै एउटै गाडीमा लागियो। 'मेरो फोन खासै उठ्दैन फेसबुकमा कुरा गरौला है' भन्दै उ गाडीबाट ओर्लिई र २ स्टेशन पछि म पनि ओर्लिए।।।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य साहित्य
गजल:- खेलौना पो रै छु
ज्युँदो मान्छे
पत्रकार मुकेश पोखरेल बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०७३ बाट पुरस्कृत
गजल:- उस्को हातमा फोन थमाई
गजल:- आशु पुछ्ने भयन कोई!
फरार
बधाई छ पराजित मेयर कविराम
दु:खद भुमिकास्थान (गजल)
विशाल रैछ (गज़ल)
वफादार (गजल)
संस्कृतिविद् तथा सन्चारकर्मी जनार्दन घिमिरेको निधन
हाँस्नु मात्र हैन जिवन ( गजल)
गजल:- जिन्दगी
गजल:- "आँमा"
गजल:- धेरै यो मूटु दुखेर रोए
आँखा र सपना (कविता)
जन्म भुमिको याद
गजल:- प्राण भन्दा धेरै चाहन्छु.
गजल:- म भन्दा नि नजीक अब
गजल:- तिम्रै लागी