arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउनेको भीडtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २, सोमवार)

world news

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न सुरु गरेपछी अर्घाखाँची जिल्लाको सन्धिखर्कमा  फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउनेको भीड लागेको छ । यसअघि मतदाता नामावलीमा छुट भई स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएकाहरू नाम लेखाउन ओइरिएका हुन् । आयोगले छुट मतदाताहरूलाई फोटोसहितको नामावली दर्ताका लागि साउन १ देखि १५ गतेसम्म समय दिएको छ । 

आयोगले जिल्ला निर्वाचन कार्यालयमा पुगेर नाम दर्ता गर्न आग्रह गरेको छ । पहिलो दिन आइतबार नामावली भर्नेको सन्धिखर्कमा भीड लागेको थियो । 

जिल्ला निर्वाचन कार्यालयमा साउन १ गतेबाट शुरु भएको छुट मतदाता नामावली दर्तामा हालसम्म ३०८ जनाले दर्ता गराइसकेका छन् । जसमा महिला ११८ तथा पुरुष १९० जना रहेका छन । त्यसै गरी साबिकको ठेगाना सार्न हालसम्म ३८ जनाले निबेदन दिएका छन भने त्रुटी सच्चाउनका लागि ५ जनाले निबेदन दिएका छन । साउन १५ गतेसम्म संचालन हुने यस दर्ता कार्यक्रममा ठेगाना सार्ने, त्रुटी सच्चाउने तथा दोहोरो नाम हटाउने लगायतका अद्याबधिक कार्य समेत संचालन भइरहेको छ । बाहिरी जिल्लामा रहेका मतदाताले आफनै जिल्लामा आएमा मात्र दर्ता गर्न मिल्ने तथा जिल्ला निर्वाचन कार्यालयमा मात्र दर्ता हुने व्यबस्था रहेको छ । मतदाताले नाम दर्ता गर्नको लागि सक्कल नागरिकता तथा त्यसको प्रतिलिपि, तथा ठेगाना सार्नको लागि मतदाता परिचयपत्रको प्रतिलिपि तथा सार्ने ठाउको प्रमाण जनिने प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्ने व्यबस्था रहेको छ ।

यस्तै पहिलो दिन  ९४ जनाले नाम दर्ता र १४ जनाले ठेगाना परिबर्तन गराएको निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ । यस पटक अर्घाखाँची जिल्लामा झण्डै ६ हजार संख्या थपिने अनुमान गरिएको छ ।

स्थानीय तहको निर्वाचनपछि आयोगले प्रदेश र संघको निर्वाचन तयारी थालेको छ । त्यसका लागि मतदाता नामावली अद्यावधिक गर्न लागिएको हो । नामावली अद्यावधिकले स्थानीय तहको निर्वाचन अघि छुटेका मतदाताहरूलाई नाम दर्ता गर्ने अवसर दिएको छ ।

 १८ वर्ष उमेर पुगिसकेका व्यक्तिले फोटोसहितको नामावली दर्ता पाउने छन् ।  वैदेशिक रोजगारीमा गएका युवाहरूले नाम दर्ता गर्न छुटाएका थिए । घर फर्किएकाहरूले नाम दर्ता गरिरहेका छन् ।

अर्घाखाँची जिल्लामा १ लाख २६ हजार ६ सय ९९ जना मतदाता रहेका छन । सन्धिखर्क नगरपालिकामा २४ हजार ६ सय ४२ मध्ये ११ हजार ५ सय ४५ पुरूष र १३ हजार ९७ महिला रहेका छन् ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
माघे सङ्क्रान्ति पर्व सन्धिखर्क लगायत अर्घाखाँचीभरका मन्दिर देवालयहरुमा पूजाअर्चना गरि मनाइँदै
पुष्पा भुसाल पोखराथोकमा, माओबादी संबिधान निर्माणको बाधक भएको भनाई
मैदान गाबिसको सामान्य जानकारी
युएईमा अर्घाखाँचीबासीहरुको भेला सम्पन्न
गोखुंगामा आगोलागीमा लाखौको क्षती
छत्रगन्जमा माटोले पुरिएर महिलाको मृत्यु
फेसबूकमा अर्घाखाँचीडट्कमको अर्घाखाँचीबासी सँग गफगाफ (घरपरिवार देखि देश प्रदेश सम्म)
अर्घाखाँची जिल्लामा बर्षा सँगै असिना-हिमपात
सन्धिखर्कमा गाँउ परिषद सुरु
२५ वर्षका क्यान्सर पीडित नरेन्द्र आचार्यलाई प्रबासबाट आर्थिक सहयोग
काग्रेस अजुर्ननरसिंह केसी सन्धिखर्कमा, सरकारको नेतृत्व परिवर्नत हुने दावी
बागीमा बादर लखेट्दा भीरबाट खसेर बालकको मृत्यु
महिला सहकारी सन्धिखर्कको भबन उद्घाटन तथा साधारण सभा
दलित संघ अर्घाखाँचीको २ महिने जागरण अभियान सुरु
अर्घाखाँची बाँगी सेवा समाजको समिति पुन: गठन सम्पन्न
फेसबूकमा अर्घाखाँचीडट्कमको अर्घाखाँचीबासी सँग गफगाफ (घर देखि राजनीतिक र विदेश सम्म)
ठाडामा १ करोड अनियमितता गरेको आरोपमा लागेको ताला खुलेन
सिमलपानीमा विजुली आएपछि खुसीयाली
नुवाकोट गाविसको कार्यालयमा तालावन्दी
माघे सक्रान्तीका दिन सन्धिखर्कमा राष्ट्रिय स्तरको भव्य सास्कृतिक कार्यक्रम हुने
http://go.oclaserver.com/afu.php?zoneid=1465736