arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउनेको भीडtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २, सोमवार)

world news

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न सुरु गरेपछी अर्घाखाँची जिल्लाको सन्धिखर्कमा  फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउनेको भीड लागेको छ । यसअघि मतदाता नामावलीमा छुट भई स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएकाहरू नाम लेखाउन ओइरिएका हुन् । आयोगले छुट मतदाताहरूलाई फोटोसहितको नामावली दर्ताका लागि साउन १ देखि १५ गतेसम्म समय दिएको छ । 

आयोगले जिल्ला निर्वाचन कार्यालयमा पुगेर नाम दर्ता गर्न आग्रह गरेको छ । पहिलो दिन आइतबार नामावली भर्नेको सन्धिखर्कमा भीड लागेको थियो । 

जिल्ला निर्वाचन कार्यालयमा साउन १ गतेबाट शुरु भएको छुट मतदाता नामावली दर्तामा हालसम्म ३०८ जनाले दर्ता गराइसकेका छन् । जसमा महिला ११८ तथा पुरुष १९० जना रहेका छन । त्यसै गरी साबिकको ठेगाना सार्न हालसम्म ३८ जनाले निबेदन दिएका छन भने त्रुटी सच्चाउनका लागि ५ जनाले निबेदन दिएका छन । साउन १५ गतेसम्म संचालन हुने यस दर्ता कार्यक्रममा ठेगाना सार्ने, त्रुटी सच्चाउने तथा दोहोरो नाम हटाउने लगायतका अद्याबधिक कार्य समेत संचालन भइरहेको छ । बाहिरी जिल्लामा रहेका मतदाताले आफनै जिल्लामा आएमा मात्र दर्ता गर्न मिल्ने तथा जिल्ला निर्वाचन कार्यालयमा मात्र दर्ता हुने व्यबस्था रहेको छ । मतदाताले नाम दर्ता गर्नको लागि सक्कल नागरिकता तथा त्यसको प्रतिलिपि, तथा ठेगाना सार्नको लागि मतदाता परिचयपत्रको प्रतिलिपि तथा सार्ने ठाउको प्रमाण जनिने प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्ने व्यबस्था रहेको छ ।

यस्तै पहिलो दिन  ९४ जनाले नाम दर्ता र १४ जनाले ठेगाना परिबर्तन गराएको निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ । यस पटक अर्घाखाँची जिल्लामा झण्डै ६ हजार संख्या थपिने अनुमान गरिएको छ ।

स्थानीय तहको निर्वाचनपछि आयोगले प्रदेश र संघको निर्वाचन तयारी थालेको छ । त्यसका लागि मतदाता नामावली अद्यावधिक गर्न लागिएको हो । नामावली अद्यावधिकले स्थानीय तहको निर्वाचन अघि छुटेका मतदाताहरूलाई नाम दर्ता गर्ने अवसर दिएको छ ।

 १८ वर्ष उमेर पुगिसकेका व्यक्तिले फोटोसहितको नामावली दर्ता पाउने छन् ।  वैदेशिक रोजगारीमा गएका युवाहरूले नाम दर्ता गर्न छुटाएका थिए । घर फर्किएकाहरूले नाम दर्ता गरिरहेका छन् ।

अर्घाखाँची जिल्लामा १ लाख २६ हजार ६ सय ९९ जना मतदाता रहेका छन । सन्धिखर्क नगरपालिकामा २४ हजार ६ सय ४२ मध्ये ११ हजार ५ सय ४५ पुरूष र १३ हजार ९७ महिला रहेका छन् ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीको पटौटीबाट सदरमुकाम सन्धिखर्क जाँदै गरेको जीप दुर्घटना, २ जनाको मृत्यु, १७ जना घाइते
अर्घाखाँचीमा राजनीतिक दलका नेताहरु जिल्ला विकासका लागि आफ्ना अगुवा कार्यकर्ताहरु जम्मा गरेर छलफलमा जुटे
अर्घाखाँचीमा रिपोर्टर्स क्लबको गठन
अर्घाखाँचीको खाचिकोटमा जिप दुर्घटना/१ को मृत्‍यु/२० यात्रु घाइते/घाइते ६ जनाको अवस्था गम्भिर
अवैध मोटरसाइकल पक्राउपछि अर्घाखाँची सन्धिखर्कका सडक सुनसान
अवैध मोटरसाइकल पक्राउपछि अर्घाखाँचीको सन्धिखर्कका सडक सुनसान
अव्यवस्थित रुपमा गरिने सवारी पार्किङ्गका कारण सन्धिखर्कका स्थानीय बासिन्दाहरुलाई निकै ठूलो सास्ती
आर्थिक अभावका कारण अर्घाखाँचीका विपन्न परिवारका गरिब तथा दलित बालबालिकाहरु पढ्नबाट बन्चित
कतारको कमाइले वृद्वाश्रम
अर्घाखाँचीको चाक्ला-ठाडामा बाटोको विवाद भएपछि बस चल्न सकेनन
शिक्षा शास्त्र सकांयमा अर्घाखाँचीका बिद्यार्थीको बढदो आकर्षण
अर्घाखाँचीको मरेङ सुर्यथुम क्याम्पसलाई ६ लाखको जग्गा दान
अर्घाखाँचीका गाउँ-गाउँमा ब्रोइलर कुखुराका फर्म
अर्घाखाँचीको पुरानो चुत्राबेंसी बजारलाई व्यवस्थित गर्न बजारवासीले माग
अर्घाखाँचीको रजस्थल मावि अर्घाको २९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न
अर्घाखाँचीका महिलाहरुले लैगिक विबेदका कारण ठुलो सास्ती/राष्ट्रिय जनमोर्चा सन्धिखर्क गाबिसको आयोजनामा किमडाँडामा प्रितीभोज कार्यक्रम सम्पन्न/ एमाले युवा संघ अर्घाखाँचीको विस्तारित बैठक सन्धिखर्कमा सम्पन्न / अर्घाखाँचीको सुवणखालमा २ दिने तालिम सम्म्पन
अर्घाखाँची बागी गाविसका स्थानीय बासीन्दाहरु क्याम्पस संचालनको लागि सकि्रय
अनेरास्ववीयु अर्घाखाँचीको आयोजनामा ज्योती उच्च मावि ठाडाको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
नेकपा एमाले सीमलपानी अर्घाखाँचीको नवौं गाउ अधिवेशन सम्पन्न
अर्घाखाँचीको सन्धिखर्कमा स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सन्जालद्वारा ब्रह्रत पदयात्राको आयोजना