arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउनेको भीडtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २, सोमवार)

world news

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न सुरु गरेपछी अर्घाखाँची जिल्लाको सन्धिखर्कमा  फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउनेको भीड लागेको छ । यसअघि मतदाता नामावलीमा छुट भई स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएकाहरू नाम लेखाउन ओइरिएका हुन् । आयोगले छुट मतदाताहरूलाई फोटोसहितको नामावली दर्ताका लागि साउन १ देखि १५ गतेसम्म समय दिएको छ । 

आयोगले जिल्ला निर्वाचन कार्यालयमा पुगेर नाम दर्ता गर्न आग्रह गरेको छ । पहिलो दिन आइतबार नामावली भर्नेको सन्धिखर्कमा भीड लागेको थियो । 

जिल्ला निर्वाचन कार्यालयमा साउन १ गतेबाट शुरु भएको छुट मतदाता नामावली दर्तामा हालसम्म ३०८ जनाले दर्ता गराइसकेका छन् । जसमा महिला ११८ तथा पुरुष १९० जना रहेका छन । त्यसै गरी साबिकको ठेगाना सार्न हालसम्म ३८ जनाले निबेदन दिएका छन भने त्रुटी सच्चाउनका लागि ५ जनाले निबेदन दिएका छन । साउन १५ गतेसम्म संचालन हुने यस दर्ता कार्यक्रममा ठेगाना सार्ने, त्रुटी सच्चाउने तथा दोहोरो नाम हटाउने लगायतका अद्याबधिक कार्य समेत संचालन भइरहेको छ । बाहिरी जिल्लामा रहेका मतदाताले आफनै जिल्लामा आएमा मात्र दर्ता गर्न मिल्ने तथा जिल्ला निर्वाचन कार्यालयमा मात्र दर्ता हुने व्यबस्था रहेको छ । मतदाताले नाम दर्ता गर्नको लागि सक्कल नागरिकता तथा त्यसको प्रतिलिपि, तथा ठेगाना सार्नको लागि मतदाता परिचयपत्रको प्रतिलिपि तथा सार्ने ठाउको प्रमाण जनिने प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्ने व्यबस्था रहेको छ ।

यस्तै पहिलो दिन  ९४ जनाले नाम दर्ता र १४ जनाले ठेगाना परिबर्तन गराएको निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ । यस पटक अर्घाखाँची जिल्लामा झण्डै ६ हजार संख्या थपिने अनुमान गरिएको छ ।

स्थानीय तहको निर्वाचनपछि आयोगले प्रदेश र संघको निर्वाचन तयारी थालेको छ । त्यसका लागि मतदाता नामावली अद्यावधिक गर्न लागिएको हो । नामावली अद्यावधिकले स्थानीय तहको निर्वाचन अघि छुटेका मतदाताहरूलाई नाम दर्ता गर्ने अवसर दिएको छ ।

 १८ वर्ष उमेर पुगिसकेका व्यक्तिले फोटोसहितको नामावली दर्ता पाउने छन् ।  वैदेशिक रोजगारीमा गएका युवाहरूले नाम दर्ता गर्न छुटाएका थिए । घर फर्किएकाहरूले नाम दर्ता गरिरहेका छन् ।

अर्घाखाँची जिल्लामा १ लाख २६ हजार ६ सय ९९ जना मतदाता रहेका छन । सन्धिखर्क नगरपालिकामा २४ हजार ६ सय ४२ मध्ये ११ हजार ५ सय ४५ पुरूष र १३ हजार ९७ महिला रहेका छन् ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
कांग्रेसको चुनावी कार्यक्रम अर्घा-धरमपानी, लापेमा र जलुकेको लापेमा सम्पन्न (तस्बिर सहित)
शीतगंगाको जुकेना गल्दामा बाम गठबन्धको चुनाबी भेला सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कको राजुपानीमा खाडा र पोखेडाडा जोड्ने मोटरबाटो खन्ने क्रममा एक्साभेटर दुर्घट्ना
भुमिकास्थान नगरपालिकाको नुवाकोट च्यूरामाटीमा सुपा देउराली मन्दिर उद्घाटन कार्यक्रम सम्पन्न (तस्बिर सहित)
शितगंगा नगरपालिकाको ठाडा दहमा बाम गठबन्धनको संयुक्त चुनावी सभा सम्पन्न (तस्बिर सहित)
बाम गठवन्धन मालालरानी वार्ड नं.१ र २ को संयुक्त चुनावी भेला सम्पन्न
किमडाँडामा कांग्रेसको प्रचारप्रसार कार्यक्रम सम्पन्न
सन्धिखर्कमा पूर्ण सरसफाई सम्वन्धी दुई दिने तालिम शुरु
भुमिकास्थान नगरपालिकाको धारापानीमा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न
सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत गौतमद्दारा कर्मचारीहरु सेबा मुखि हुनुपर्ने उल्लेख (अन्तरवार्ता भिडियो सहित)
सन्धिखर्क सेन्डाँडाका ढालबहादुर मलेसियामा बेपत्ता भएको १७ बर्षपछि फेसबुकको सहायताले फेला परे
सन्धिखर्कको फुदवाङमा रहेको फुलबारी रिसोर्टमा पशुपती शर्माको फुलबारी एकल साँझ हुने
सन्धिखर्कमा निर्वाचन र संचार सम्बन्धी एक दिने प्रशिक्षण तालिम सम्पन्न, आचारसंहिता उलंघन गर्ने जो कोहीलाई पनि कार्बाहीको हुने
भुमिकास्थान नगरपालिकाको धारापानीमा काँग्रेसको चुनावी कार्यक्रम सम्पन्न, अर्घाखाँचीलाई देशकै नमुना जिल्ला बनाउने डा. रामबहादुर विसीको उदघोष
पाणिनी गाँउपालिकाको पटौटीमा माघ मसान्त सम्म पुर्ण सरसफाइयुक्त वडा घोषणा हुने
अर्घाखाँची छाडेर विदेश गएका ५० हजार युवालाई स्वदेश फर्काउने टोपबहादुर रायमाझीको चुनावी प्रतिबद्धता
मालारानी गाउँपालिकाको खन गुफामा बाम गठबन्धनको संयुक्त भेला सम्पन्न
धारापानी र ढाकावाङ्गमा वाम गठवन्धनको चुनावी सभा सम्पन्न, अर्को निर्वाचनमा एउटै पार्टी भएर मत माग्न आउने नेताहरुको उद्घोष (तस्बिर सहित)
अर्घामा साना किसान कृषि सहकारी सँस्थाको तेस्रो बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न (तस्बिर सहित)
कांग्रेस अर्घाखाँची क्षेत्र नम्बर २ को अड्गुरीमा भेटघाट तथा अन्तरक्रिया सम्पन्न
http://go.oclaserver.com/afu.php?zoneid=1465736