arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउनेको भीडtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २, सोमवार)

world news

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न सुरु गरेपछी अर्घाखाँची जिल्लाको सन्धिखर्कमा  फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउनेको भीड लागेको छ । यसअघि मतदाता नामावलीमा छुट भई स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएकाहरू नाम लेखाउन ओइरिएका हुन् । आयोगले छुट मतदाताहरूलाई फोटोसहितको नामावली दर्ताका लागि साउन १ देखि १५ गतेसम्म समय दिएको छ । 

आयोगले जिल्ला निर्वाचन कार्यालयमा पुगेर नाम दर्ता गर्न आग्रह गरेको छ । पहिलो दिन आइतबार नामावली भर्नेको सन्धिखर्कमा भीड लागेको थियो । 

जिल्ला निर्वाचन कार्यालयमा साउन १ गतेबाट शुरु भएको छुट मतदाता नामावली दर्तामा हालसम्म ३०८ जनाले दर्ता गराइसकेका छन् । जसमा महिला ११८ तथा पुरुष १९० जना रहेका छन । त्यसै गरी साबिकको ठेगाना सार्न हालसम्म ३८ जनाले निबेदन दिएका छन भने त्रुटी सच्चाउनका लागि ५ जनाले निबेदन दिएका छन । साउन १५ गतेसम्म संचालन हुने यस दर्ता कार्यक्रममा ठेगाना सार्ने, त्रुटी सच्चाउने तथा दोहोरो नाम हटाउने लगायतका अद्याबधिक कार्य समेत संचालन भइरहेको छ । बाहिरी जिल्लामा रहेका मतदाताले आफनै जिल्लामा आएमा मात्र दर्ता गर्न मिल्ने तथा जिल्ला निर्वाचन कार्यालयमा मात्र दर्ता हुने व्यबस्था रहेको छ । मतदाताले नाम दर्ता गर्नको लागि सक्कल नागरिकता तथा त्यसको प्रतिलिपि, तथा ठेगाना सार्नको लागि मतदाता परिचयपत्रको प्रतिलिपि तथा सार्ने ठाउको प्रमाण जनिने प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्ने व्यबस्था रहेको छ ।

यस्तै पहिलो दिन  ९४ जनाले नाम दर्ता र १४ जनाले ठेगाना परिबर्तन गराएको निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ । यस पटक अर्घाखाँची जिल्लामा झण्डै ६ हजार संख्या थपिने अनुमान गरिएको छ ।

स्थानीय तहको निर्वाचनपछि आयोगले प्रदेश र संघको निर्वाचन तयारी थालेको छ । त्यसका लागि मतदाता नामावली अद्यावधिक गर्न लागिएको हो । नामावली अद्यावधिकले स्थानीय तहको निर्वाचन अघि छुटेका मतदाताहरूलाई नाम दर्ता गर्ने अवसर दिएको छ ।

 १८ वर्ष उमेर पुगिसकेका व्यक्तिले फोटोसहितको नामावली दर्ता पाउने छन् ।  वैदेशिक रोजगारीमा गएका युवाहरूले नाम दर्ता गर्न छुटाएका थिए । घर फर्किएकाहरूले नाम दर्ता गरिरहेका छन् ।

अर्घाखाँची जिल्लामा १ लाख २६ हजार ६ सय ९९ जना मतदाता रहेका छन । सन्धिखर्क नगरपालिकामा २४ हजार ६ सय ४२ मध्ये ११ हजार ५ सय ४५ पुरूष र १३ हजार ९७ महिला रहेका छन् ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
विधुत प्राधिकरण अर्घाखाँचीको लापरवाहीका कारण सन्धिखर्ककाे बिहार मान्द्रे बजारमा बिजुलीको पाेल ढलेर आगलागी
एमाले निकट युवा संघ भुमिकास्थान नगर कमिटीको प्रथम अधिवेशन नुवाकोटको पाेखेडाँडामा सम्पन्न
अर्घाखाँचीमा एमाले - माओवादी केन्द्र गठबन्धनद्दारा टोपबहादुर रायमाझीको संयोजकमा ३७ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन
अर्घाखाँचीका उम्मेदवारहरू भन्छन अर्घाखाँचीलाई नमुना जिल्ला बनाउछौ
अर्घाखाँचीमा वाम गठबन्धन विरुद्ध बागी उम्मेदवारी नदिएका माओवादी केन्द्रका सचिवालय सदस्य चन्द्र बहादुर खड्काले वाम गठबन्धनलाई सहयोग नगर्ने
पाणिनी बहुमुखी क्याम्पसकी स्ववियु सचिव ब्रजना खनाल माथी हमला, सन्धिखर्कमा उपचार हुँदै
अर्घाखाँचीमा उत्साहपुर्बक मनोनयन दर्ता सम्पन्न ( सम्पूर्ण विवरण सहित)
अर्घाखाँचीमा प्रतिनिधि सभामा ८ जना र प्रदेश सभा १ - २ मा १४ जनाको उम्मेदवारी मनोनयन दर्ता ( सम्पूर्ण विवरण सहित)
अर्घाखाँचीमा एमाले - माओवादी केन्द्र गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराए (भिडियो तस्बिर सहित)
अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारीले मनोनयन दर्ता गराए (भिडियो तस्बिर सहित)
अर्घाखाँचीमा कांग्रेसका उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गराए (भिडियो तस्बिर सहित)
विवेकशील साझा पार्टी अर्घाखाँचीद्दारा आज मनोनयन दर्ताका लागि उपस्थिती हुन सबैमा अपिल
भोली मनोनयन दर्ता गर्न सबै दलका नेताहरु सन्धिखर्कमा, बिशाल जुलुश प्रर्दशन गर्ने तयारी (मनोनयन दिने सबै उम्मेदवारको नामावली, पुरा विवरण सहित)
अर्घाखाँचीका मतदाताहरुलाई प्रलोभनमा नपार्न मुख्य निर्वाचन अधिकृतको आग्रह, आचार संहिता विपरित सामाग्रीको प्रयोग गरेमा जफत गरिने
अर्घाखाँचीमा मनोनयन दर्ताको लागि सबै तयारी पुरा ( मनोनयन दर्ताको समय तालिका-सबै विवरण सहित)
सिद्दारामा वार्ड स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको गठन तथा तालिम सम्पन्न
सन्धिखर्कमा कमल सौराग एकल साँझ सम्पन्न (भिडियो तस्बिर सहित)
पाणिनीको मैदानमा चैत मसान्त सम्म पुर्ण सरसफाइयुक्त वार्ड घोषणा हुने
सन्धिखर्कमा एकादशी मेला, दर्शनार्थी र भैलो खेल्नेहरुको घुइँचो (भिडियो तस्बिर सहित)
अर्घाखाँचीमा वाम गठबन्धन धरापमा, पर्सी टोप बहादुर रायमाझीको विरुद्ध माओवादीका केन्द्रिय सचिवालय सदस्यले बागी उम्मेदवार दिने
http://go.oclaserver.com/afu.php?zoneid=1465736