arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउनेको भीडtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २, सोमवार)

world news

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न सुरु गरेपछी अर्घाखाँची जिल्लाको सन्धिखर्कमा  फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउनेको भीड लागेको छ । यसअघि मतदाता नामावलीमा छुट भई स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएकाहरू नाम लेखाउन ओइरिएका हुन् । आयोगले छुट मतदाताहरूलाई फोटोसहितको नामावली दर्ताका लागि साउन १ देखि १५ गतेसम्म समय दिएको छ । 

आयोगले जिल्ला निर्वाचन कार्यालयमा पुगेर नाम दर्ता गर्न आग्रह गरेको छ । पहिलो दिन आइतबार नामावली भर्नेको सन्धिखर्कमा भीड लागेको थियो । 

जिल्ला निर्वाचन कार्यालयमा साउन १ गतेबाट शुरु भएको छुट मतदाता नामावली दर्तामा हालसम्म ३०८ जनाले दर्ता गराइसकेका छन् । जसमा महिला ११८ तथा पुरुष १९० जना रहेका छन । त्यसै गरी साबिकको ठेगाना सार्न हालसम्म ३८ जनाले निबेदन दिएका छन भने त्रुटी सच्चाउनका लागि ५ जनाले निबेदन दिएका छन । साउन १५ गतेसम्म संचालन हुने यस दर्ता कार्यक्रममा ठेगाना सार्ने, त्रुटी सच्चाउने तथा दोहोरो नाम हटाउने लगायतका अद्याबधिक कार्य समेत संचालन भइरहेको छ । बाहिरी जिल्लामा रहेका मतदाताले आफनै जिल्लामा आएमा मात्र दर्ता गर्न मिल्ने तथा जिल्ला निर्वाचन कार्यालयमा मात्र दर्ता हुने व्यबस्था रहेको छ । मतदाताले नाम दर्ता गर्नको लागि सक्कल नागरिकता तथा त्यसको प्रतिलिपि, तथा ठेगाना सार्नको लागि मतदाता परिचयपत्रको प्रतिलिपि तथा सार्ने ठाउको प्रमाण जनिने प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्ने व्यबस्था रहेको छ ।

यस्तै पहिलो दिन  ९४ जनाले नाम दर्ता र १४ जनाले ठेगाना परिबर्तन गराएको निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ । यस पटक अर्घाखाँची जिल्लामा झण्डै ६ हजार संख्या थपिने अनुमान गरिएको छ ।

स्थानीय तहको निर्वाचनपछि आयोगले प्रदेश र संघको निर्वाचन तयारी थालेको छ । त्यसका लागि मतदाता नामावली अद्यावधिक गर्न लागिएको हो । नामावली अद्यावधिकले स्थानीय तहको निर्वाचन अघि छुटेका मतदाताहरूलाई नाम दर्ता गर्ने अवसर दिएको छ ।

 १८ वर्ष उमेर पुगिसकेका व्यक्तिले फोटोसहितको नामावली दर्ता पाउने छन् ।  वैदेशिक रोजगारीमा गएका युवाहरूले नाम दर्ता गर्न छुटाएका थिए । घर फर्किएकाहरूले नाम दर्ता गरिरहेका छन् ।

अर्घाखाँची जिल्लामा १ लाख २६ हजार ६ सय ९९ जना मतदाता रहेका छन । सन्धिखर्क नगरपालिकामा २४ हजार ६ सय ४२ मध्ये ११ हजार ५ सय ४५ पुरूष र १३ हजार ९७ महिला रहेका छन् ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा कांग्रेस र बाम गठबन्धनका उम्मेद्वारले मतदान गरे (तस्बिर सहित)
मालारानी गाउँपालिकाको सूर्य मावि मतदान केन्द्रबाट ९८ वर्षका वृद्धद्दारा मतदान
अर्घाखाँचीमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि अाज निर्वाचन हुँदै, सकेसम्म आजबाटै मतगणना शुरु गरिने
अर्घाखाँचीका विभिन्न ठाउँमा निर्वाचनको पुर्व सन्ध्यामा बम बिष्फोट, मतदाताद्दारा असुरक्षित महसुस
वाङ्लामा निर्वाचनको पुर्व सन्ध्यामा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता बीचमा झडप, दुई जना घाइते
निर्वाचनको पुर्व सन्ध्यामा अर्घाखाँचीका अर्घातोष - भगवतीमा बम बिष्फोट, मतदाता त्रसित
शितंगगा नगरपालिकाको सीतापुर बजारमा बसको ठक्करबाट १ जनाको मृत्‍यु
अर्घाखाँचीमा पूर्णसुरक्षा व्यवस्था, मतदातालाई निर्धक्क भएर मताधिकार प्रयोग गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयको अपिल
अर्घाखाँचीमा आज मध्य-रातिबाट सवारी साधन सञ्चालनमा रोक
अर्घाखाँचीमा बिसीले मतदातालाई पैसा बाँडेको समाचार भ्रमपुर्ण रहेको कांग्रेसको भनाई, बाम गठबन्धनले पनि भोट् किन्न पैसा बाँडेको दावी
सन्धिखर्कको जोगिमारेमा एमालेका कार्यकर्ता बीच झडप, एक जना घाईते (भिडियो तस्बिर सहित)
अर्घाखाँचीमा निर्वाचन विरोधी गतिविधि भए सुरक्षाकर्मीले गोली ठोक्ने
मालारानीमा कांग्रेस उम्मेदवार बिसीले मतदातालाई लाखौं पैसा बाँडे, उम्मेदवारी खारेज हुन सक्ने, अर्घाखाँचीभर भोट् किन्नमा कांग्रेस मस्त (भिडियो-तस्बिर सहित)
अर्घाखाँचीबाट प्रतिनिधि सभामा टाेपबहादुर रायमाझी, प्रदेश सभा क्षेत्र नं. १ चेतनारायण आचार्य र क्षेत्र नं. २ बाट रामजीप्रसाद घिमिरेले चुनाव जित्दै (सम्पूर्ण प्रक्षेपण विवरण सहित)
अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाद्दारा अन्तत: आफ्ना सबै उम्मेदवारी फिर्ता, बाम गठबन्धनका प्रतिनिधिसभा, प्रदेशसभाका उम्मेद्वारलाई सघाउने
अर्घाखाँचीका सबै मतदान केन्द्रमा धमाधम मतदाता परिचयपत्र वितरण, सुरक्षाको लागि ३ हजार सुरक्षाकर्मी परिचालन (पुरा विवरण सहित)
छत्रदेव गाउँपालिकाका एक युवा विगत ४ महिना देखि उत्तर प्रदेशबाट सम्पर्क विहिन
अर्घाखाँचीभरका मतदान केन्द्रमा निर्वाचन सामाग्री सहित १,३९२ जना कर्मचारीहरु कर्मचारीहरु खटिए
अल्गाटारी, खन लुटिपोखरी, खनदह बजारमा बाम गठबन्धनको चुनावी सभा सम्पन्न (तस्बिर सहित)
ढिकुरा र धनचौरका बिभिन्न स्थानमा राष्ट्रिय जनमोर्चाको चुनावी सभा र घरदैलो कार्यक्रम सम्पन्न
http://go.oclaserver.com/afu.php?zoneid=1465736