arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउनेको भीडtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २, सोमवार)

world news

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न सुरु गरेपछी अर्घाखाँची जिल्लाको सन्धिखर्कमा  फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउनेको भीड लागेको छ । यसअघि मतदाता नामावलीमा छुट भई स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएकाहरू नाम लेखाउन ओइरिएका हुन् । आयोगले छुट मतदाताहरूलाई फोटोसहितको नामावली दर्ताका लागि साउन १ देखि १५ गतेसम्म समय दिएको छ । 

आयोगले जिल्ला निर्वाचन कार्यालयमा पुगेर नाम दर्ता गर्न आग्रह गरेको छ । पहिलो दिन आइतबार नामावली भर्नेको सन्धिखर्कमा भीड लागेको थियो । 

जिल्ला निर्वाचन कार्यालयमा साउन १ गतेबाट शुरु भएको छुट मतदाता नामावली दर्तामा हालसम्म ३०८ जनाले दर्ता गराइसकेका छन् । जसमा महिला ११८ तथा पुरुष १९० जना रहेका छन । त्यसै गरी साबिकको ठेगाना सार्न हालसम्म ३८ जनाले निबेदन दिएका छन भने त्रुटी सच्चाउनका लागि ५ जनाले निबेदन दिएका छन । साउन १५ गतेसम्म संचालन हुने यस दर्ता कार्यक्रममा ठेगाना सार्ने, त्रुटी सच्चाउने तथा दोहोरो नाम हटाउने लगायतका अद्याबधिक कार्य समेत संचालन भइरहेको छ । बाहिरी जिल्लामा रहेका मतदाताले आफनै जिल्लामा आएमा मात्र दर्ता गर्न मिल्ने तथा जिल्ला निर्वाचन कार्यालयमा मात्र दर्ता हुने व्यबस्था रहेको छ । मतदाताले नाम दर्ता गर्नको लागि सक्कल नागरिकता तथा त्यसको प्रतिलिपि, तथा ठेगाना सार्नको लागि मतदाता परिचयपत्रको प्रतिलिपि तथा सार्ने ठाउको प्रमाण जनिने प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्ने व्यबस्था रहेको छ ।

यस्तै पहिलो दिन  ९४ जनाले नाम दर्ता र १४ जनाले ठेगाना परिबर्तन गराएको निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ । यस पटक अर्घाखाँची जिल्लामा झण्डै ६ हजार संख्या थपिने अनुमान गरिएको छ ।

स्थानीय तहको निर्वाचनपछि आयोगले प्रदेश र संघको निर्वाचन तयारी थालेको छ । त्यसका लागि मतदाता नामावली अद्यावधिक गर्न लागिएको हो । नामावली अद्यावधिकले स्थानीय तहको निर्वाचन अघि छुटेका मतदाताहरूलाई नाम दर्ता गर्ने अवसर दिएको छ ।

 १८ वर्ष उमेर पुगिसकेका व्यक्तिले फोटोसहितको नामावली दर्ता पाउने छन् ।  वैदेशिक रोजगारीमा गएका युवाहरूले नाम दर्ता गर्न छुटाएका थिए । घर फर्किएकाहरूले नाम दर्ता गरिरहेका छन् ।

अर्घाखाँची जिल्लामा १ लाख २६ हजार ६ सय ९९ जना मतदाता रहेका छन । सन्धिखर्क नगरपालिकामा २४ हजार ६ सय ४२ मध्ये ११ हजार ५ सय ४५ पुरूष र १३ हजार ९७ महिला रहेका छन् ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
जलुकेमा रहेको नौमुरे जलविद्युत् आयोजना सञ्चालन हुनेमा पत्याउन छोडे मतदाताले
सन्धिखर्क १२ का वार्ड अध्यक्ष नारायण खड्काद्दारा आफुले पाएको तलब भत्ता अपाङ्गलाई प्रदान (तस्बिर सहित)
बाघको अाक्रमणबाट सन्धिखर्कको कुर पल्लाबारीमा गम्भीर घाइते भएकी बालिकाको निधन
अर्घाखाँचीमा बिहिबार हुने दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पुरा (पुरा विवरण सहित)
केरुङ्गमा बाम गठबन्धनको चुनावी सभा सम्पन्न, पाँच वर्षमा अर्घाखाँचीका सबै वार्डमा पिच बाटो पुर्‍याउने टोप बहादुर रायमाझीको दाबी (भिडियो तस्बिर सहित)
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्दारा देश बिखण्डन हुनबाट जोगाउन सही पार्टी र उम्मेद्धारलाई भोट हाल्न आग्रह
अर्घाखाँचीमा कांग्रेसद्दारा पैसा बाड्दै, निर्वाचन आयोग मौन (तस्बिर सहित)
किमडाँडामा कार दुर्घटना (तस्बिर सहित)
अर्घाखाँचीबाट प्रतिनिधि सभामा टाेपबहादुर रायमाझीले सजिलै चुनाव जित्दै, प्रदेश सभा क्षेत्र नं. १,२ मा बाम गठबन्धन र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने (सम्पूर्ण प्रक्षेपण विवरण सहित)
शितगंगाको ठाडा र चाक्लामा राष्ट्रिय जनमोर्चाको चुनाबी सभा सम्पन्न
अर्घाखाँची र गुल्मीमा निर्वाचनलाई स्वच्छ, र भयरहित बनाउन नागरीक समाज संस्थाको संयुक्त अपिल
सन्धिखर्कको रतले बजारबाट पेस्तोल र गोली सहित विप्लव समूहका एक कार्यकर्ता प्रकाउ
अर्घाखाँचीमा मतदातालाई पैसा बाँड्ने प्रतिस्पर्धा शुरु
नेपाली सेनाको रामवाण गुल्मद्दारा खनमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न (तस्बिर सहित)
जलुकेको लामातालवासी मतदाताको गुनासो चुनावका बेला मात्रै नेता देख्न पाइन्छ- जताततै विकास भएपनि आफ्नो गाउँ ओझेलमा
अर्घाखाँचीका संवेदनशील क्षेत्रमा सुरक्षा कडा, सिद्धारा, जलुके, सिमलपानी लगायतका मतदातालाई निर्धक्क मतदान गर्न आउन आयुक्त ईश्वरीप्रसादको आग्रह
छत्रदेब गाउँपालिका ३ र ५ वार्डका बिभिन्न स्थानमा बाम गठबन्धनको चुनाबी सभा सम्पन्न, बामगठन्धनले दुई तिहाई बढी स्थानमा जित्ने बाम नेताहरुको दावी (तस्बिर सहित)
मालारानी बामरूक, खनदह र धारापानीको राईखन्ने खिलुमा राष्ट्रिय जनमोर्चाको चुनाबी सभा सम्पन्न
सन्धिखर्कको रेन्बो मन्टेश्वरी परिसरमा एक दिने निशुल्क दन्त शिबिर सम्पन्न
हंसपुरका १६ वर्ष देखि दाम्लोले बाँधेर राखिएका एक युवालाई आर्थिक तथा लत्ताकपडा सहयोग (तस्बिर सहित)
http://go.oclaserver.com/afu.php?zoneid=1465736