arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राजनिती

एउटा गाउँपालिका जित्न चार/पाँच करोड खर्च भएको छ : दाहालtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २४, मंगलवार)

world news

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पैसा हुनेलेमात्रै निर्वाचन जित्नसक्ने अवस्था आएको भन्दै सबै वर्ग र क्षेत्रका जनताले जित्नसक्ने निर्वाचन प्रणाली बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेकपा माओवादी केन्द्र प्रदेश नम्बर३ अन्तर्गत्का केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यका लागि मंगलबार राजधानीमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको निर्वाचन प्रणालीले गरिब, उत्पीडितले निर्वाचन जित्न नसक्ने भएकाले निर्वाचन प्रणाली बदल्नुपर्ने बताए ।

अध्यक्ष दाहालले भने–‘भर्खरै ६ प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । एउटा गाउँपालिका जित्न रु चार/पाँच करोड खर्च भएको छ, यो सामान्य कुरा होइन । बिहानबेलुका छाक टार्न मुस्किल हुनेले क्षमता र जनविश्वास भएर पनि निर्वाचन जित्न सक्दैनन् ।

धनीलेमात्र जित्ने, प्रतिभा एवं जनसमर्थन भएरपनि गरिबले हार्ने निर्वाचन प्रणाली कायम भएकाले यसलाई बदल्नुको विकल्प छैन’–उनले भने–‘पार्टीबीच चुनावमा प्रतिस्पर्धा हुने पूर्ण समानुपातिक प्रणालीलेमात्र निर्वाचनमा देखिएको आर्थिक अराजकता र विकृतिलाई रोक्न सकिन्छ ।

उनले माओवादी र देशभक्तको एकताको नेतृत्व माओवादी केन्द्रले गर्नुपर्नेमा जोड दिँदै भने–‘माओवादी धारका सबै शक्ति निर्वाचन लड्यौं । तर, जनताले हामी सबैलाई मिल भन्ने सन्देश दिएका छन् । अब मिल्नुको कुनै विकल्प छैन ।

नेपाली जनताले एकताका लागि पहल गर भन्ने सन्देश दिएको उल्लेख गर्दै उनले जनआवाजलाई बुझेर सबै माओवादी धार र देशभक्त एक हुनुको विकल्प नरहेको बताए ।

आफ्नो पार्टीको मूल समस्या वैचारिक अस्पष्टता र संगठनात्मक समस्या नै भएको जानकारी दिँदै उनले विचारमा धारिलो भएपछि संगठनलाई गतिशील बनाउन सक्नेगरी आवश्यक तयारी गरिएको छ’–भने ।

माओवादी नभएको भए स्थानीय तह र निर्वाचन दुवै नहुने भन्दै उनले भने–‘हामी नभएको भए स्थानीय तह हुँदैनथ्यो, निर्वाचन पनि हुँदैनथ्यो । तर, यसलाई उल्टाउने कोसिस पनि भइरहेको छ ।

प्रतिगामी शक्तिको बल पुग्यो भने संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्टाउने र त्यही आडमा धर्मनिरपेक्षतालगायतका परिवर्तनका एजेन्डासमेत धरापमा पार्ने खेल भइरहेको अध्यक्ष दाहालको कथन थियो ।

राष्ट्रिय समाजवादकै नारा दिएर जर्मनीमा फासीवादको अभ्यास भएकोभन्दै उनले मुलुकमा पनि राष्ट्रियताका नाममा पहाडी र मधेसीको नाममा खेल्न खोजिएको बताए ।

राष्ट्रवादका नाममा नश्लवाद हुँदै फासीवादको अभ्यास गर्न खोजिएको भन्दै उनले अन्ध राष्ट्रवादले मुलुकलाई नै दुर्घटनामा लैजाने भयानक खतरा रहेको उल्लेख गरे ।

माओवादीसँग सहकार्य गर्ने शक्तिले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख मान्नुपर्ने र आफैंले मानेको एजेन्डा फेर्ने नैतिक अधिकारसमेत कांग्रेसएमालेलाई नभएको स्पस्ट पारे ।

हिमाल, पहाड र तराईमधेसलाई जोड्नसक्ने एजेन्डा भनेकै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेन्डा रहेको उनको कथन थियो ।

प्रशिक्षण कार्यक्रममा नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, अग्नि सापकोटा, पम्फा भुसाल, हितमान शाक्य, विश्वभक्त दुलाल, नारायण दाहाल, सूर्य सुवेदी, अञ्जना बिशंखेलगायतको उपस्थिति थियो । राससलाई उदृत गर्दै इमेजखबरले लेखेको छ ।

 

           

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
नेपाली काँग्रेसका पौडेल पक्षले पार्टी केन्द्रीय समिति बैठक बोलाउन माग
५ नम्बर प्रदेशलाई तलमाथि गरे निर्णायक लडाई लड्छौं: टोपबहादुर रायमाझी
गुटबन्दी भाइरस हो, सबै मिलेर गुटबन्दी समाप्त गर्ने प्रतिबद्धता: एमाले केन्द्रिय कमिटी बैठक
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले गर्यो आन्दोलनको घोषणा
विधार्थीहरुको हकहितका लागि डटेर काम गर्छु: केन्द्रीय उपाध्यक्ष राना
माओवादीले पतिको हत्या गरेपछि सक्रिय राजनीतिमा होमिएकी सीतादेवी यादव मन्त्रिपरिषदमा एक्ली महिला मन्त्री
नवनियुक्त कांग्रेसका मन्त्रीहरु , पौडेलले पठाए समावेसी टिम
निर्वाचन जित्नभन्दा नेतृत्व चलाउन गाह्रो : सभापति देउवा
शुक्रबार मन्त्रिपरिषद विस्तार हुने, कांग्रेसमा भागबन्डा किचलो मिल्यो
डा.बाबुराम भट्टराई सानेपाबाट बिशालनगरमा डेरा सर्ने
मन्त्रीहरूको भागवण्डामा उत्पन्न विवाद मिलाउन बसेको सभापति देउवा र वरिष्ठ नेता पौडेलबीचको वार्ता असफल
एमालेले प्रादेशिक संरचना तयार गर्दै संयोजक र सहसंयोजकहरू तोक्यो
नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी हुने थप मन्त्रीहरुले बुधबार मात्रै सपथ लिने
एमालेले भन्यो माओबादी बिभिन्न शक्ति केन्द्रको प्रलोभनमा फस्यो
देउवाले भने स्वदेशी लगानीमा फास्ट ट्रयाक बनाउन सकिदैन (भिडियो सहित )
४२ वर्षिय नैन सिंह महर नेपाल विद्यार्थी संघको एघारौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित
कमल थापाले भने रा.प्र.पा एकता रोकिनु दुर्भाग्यपूर्ण
हामीले बनाएको ब्रान्डका बारेमा निर्णय गर्दा एकचोटि सोध्नु त पर्छ: रबि लामिछाने
विवादका बीच कांग्रेसको भ्रातृसंस्था नेविसंघको ११औं महाधिवेशन सुरु
संविधानप्रति असन्तुष्टि जनाउँदै लामो आन्दोलन गरेको मधेसी मोर्चाद्वारा संविधाका ३४ वटा धारा संशोधन गर्न प्रस्ताव