arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राजनिती

चुनावको मिति चौथोपटक सरेपछि प्रदेश नम्बर २ का मतदाता दिक्कtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ २, शुक्रवार)

चुनावको मिति चौथोपटक सरेपछि प्रदेश नम्बर २ का मतदाता दिक्क छन् । अझै पनि चुनाव होला कि नहोला भन्ने अन्योल कायमै छ ।

महोत्तरीका १५ निर्वाचन कार्यालयबाट दलका प्रतिनिधिले बिहीबार बिहानैदेखि मनोनयन दर्ता फारम लिने क्रम बढेको थियो । त्यही बेला काठमाडौंबाट मिति सारिएको खबरले छक्क परे ।

मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले मिति सरेको खबर आउनुअघिसम्म गौशालाबाट राजपाबाहेक सबै दलले मनोनयनपत्र लगिसकेको बताए । 'नलगेका ठाउँमा पनि दलका मान्छे आएका थिए,' उनले भने ।

पटक-पटक मिति सार्दै जाने निर्णयले अन्योल, अनिश्चय र अविश्वास बढाएको सर्वसाधारणले बताए ।

राजपा कार्यकर्ताले यो निर्णयले तत्कालका लागि मुठभेडको स्थिति टरे पनि मिति सार्दैमा समस्याले निकास भने नपाउने प्रतिक्रिया दिएका छन् । एकडारा गाउँपालिका-४ का नागेन्द्र यादवलाई एकपटक तोकिएको मितिलाई सार्दै जाने सरकारी रवैया पटक्कै पन परेको छैन । 'छेपारोले रङ फेरैझैं मिति फेर्दै जाँदा जनतामा राज्यप्रतिको विश्वसनीयता घट्छ, उनले भने, यस्तो निर्णयले मतदाताको भावनामाथि खेलवाड भएको छ ।

धनुषाका मतदाता पनि वाक्क छन् । भोट हाल्न वैदेशिक रोजगारीबाट घर आएकाहरू निराश भएर फर्किन थालेका छन् । पूर्वनिर्धारित बिहेवारी रोकिएका छन् । उम्मेदवार आकांक्षीहरूको खर्च बढेको बढ्यै छ ।

सरकारी जागिरबाट राजीनामा दिई उम्मेदवार बन्ने होडमा रहेकाहरू पछुताउन थालेका छन् । क्षीरेश्वरनाथ नगरपालिका-२ रमदैयाका प्रमोदकुमार मण्डल तिथि पटक-पटक सार्दा मतदातामा मनोवैज्ञानिक त्रास उत्पन्न भएको बताउँछन् । पूर्वनिर्धारित कार्यक्रमअनुसार शुक्रबार मनोनयन दर्ता गराउने तयारीमा रहेकाहरू निराश छन् । 'पार्टीको झन्डा बनाइसकेका थियौं । नोमिनेसनको तयारी पूरा भइसकेको थियो । जुलुसमा जान समर्थकहरू तयार थिए । निर्वाचन सरेको सूचनाले सबैलाई निराश बनायो,' मण्डलले भने । नगराइन नगरपालिकाका मेयर पदका आकांक्षी कांग्रेस क्षेत्रीय सभापति परमेश्वर यादव निर्वाचनको तयारी पूरा भएका बेला तिथि सारिएकामा आममतदाता दु:खी भएको बताउँछन् ।

सहिदनगर नगरपालिका-१ बालाबाखरका विश्वनाथ यादवले २ नम्बर प्रदेशमा बेग्लै निर्वाचन गराउँदा यहाँका मतदातामा हीनताबोध भएको बताए । स्थानीय तह निर्वाचनमा मतदान गर्न बहेराबेलाका कामेश्वर पूर्वे जेठ पहिलो साता गाउँ फर्केका थिए । यसैगरी क्षीरेश्वरनाथ नगरपालिका-१ का दीपेन्द्र साह पनि बहराइनबाट भोट हाल्न भनेर घर आएका थिए । निर्वाचनको तिथि पटक-पटक सरेपछि उनीहरू निराश भएर कार्यक्षेत्र फर्केका छन् । कान्तिपुरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
टोपबहादुर रायमाझिको नेतृत्वमा माओवादी केन्द्र सरकारमा जाने उपप्रधानमन्त्री सहित गृह रायमाझीलाई
प्रतिनिधिसभा र प्रदेशसभा २०७४: देशभर मतगणना जारी LIVE UPDATE
LIVE UPDATE:- प्रतिनिधिसभा र प्रदेशसभा २०७४: देशभर मतगणना जारी
प्रतिनिधिसभा र प्रदेशसभा २०७४: देशभर मतगणना जारी
पहिलो चरणको निर्वाचन भएका ३२ जिल्लाका मतगणना सुरु
पाल्पाको रामपुर दरैठाटीमा मतदान गरेलगत्तै ८० वर्षीय वृद्धको मृत्यु
निर्वाचन बिरोधी गतिविधि गरेको आरोपमा सीके राउत पक्राउ
प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा उत्साहजनक मतदान
आज प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन हुँदै
निर्वाचनसम्पन्न भएको एक साताभित्रै सबै परिणाम आउने
मौन अवधि सुरु, आजबाट प्रचारमा रोक –आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेज
प्रदेशबाट अर्घाखाँचीका बाम गठबन्धन प्रदेश १ का उम्मेदवार चेतनारायणलाई पत्र
पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न
आज प्रतिनिधिसभा र प्रदेशसभाको लागि पहिलो चरणको मतदान हुँदै
पेरिस डाँडामा प्रकाश दाहाललाई श्रद्धाञ्जली (फोटो फिचर)
रामविरको घोषणा : भष्ट्राचार गर्नुपरे राजनिति बाटै सन्यांस लिन्छु
पूर्व डिआईजी सिलवाल एमालेमा प्रवेश
एमालेले दुई नम्बर प्रदेशका स्थानीय तहमा उम्मेद्वार छनोट कार्य तीव्र बनायो
एउटा गाउँपालिका जित्न चार/पाँच करोड खर्च भएको छ : दाहाल
एमालेद्वारा वीरगन्ज महानगरमा उम्मेदवार घोषणा
http://go.oclaserver.com/afu.php?zoneid=1465736